कोटातुल्सीपुर । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा लागु पदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ । पछिल्लो समय समाजमा युवापुस्ताहरु लागू पदार्थको लतमा फस्नेक्रम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरण गर्ने उदेश्यले सचेतना जगाउन वडा नम्बर ६ को आयोजनामा बिहिवार सो कार्यक्रम सप्पन्न भएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) को सभाध्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य हिक्मत कठायत, वडा सदस्य अमर सिंह डगौरा, नेहा चौधरी ,दलित महिला सदस्य धनसरा विक (सुनार) विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक ,विभिन्न आमा समुह ,भल्मन्सा, मेलमिलाप कर्ता, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी ,युवा क्ल्वमा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षकका रूपमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक महेश विक्रम शाहीले प्रशिक्षण दिएका थिए । सो क्रममा उनले लागु औषध ,लागू पर्दाथ भनेको के हो ? यसको लतबाट कसरी बच्ने ? यसको सेवन तथा ओसारपसारले पार्ने असर र कानुनि कारबाहीका बारेमा जानकारी दिए ।
प्रशिक्षणका क्रममा उनले जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन र संलग्न हुनपुगेको स्थितिका बारेमा समेत चर्चा गरे । पछिल्लो समय राष्ट्र निर्माणको शक्ति युवापुस्ता नै यस्ता दुव्यर्सनको सिकार बन्नु राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको बताए ।
उनले जीवनसँग हरेस खाएर, साथिको गलत संगतको कारण तथा मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागूपदार्थको लतमा लाग्ने युवाहरूको सङ्ख्या बढ्दै गएको भन्दै सबै सचेत हुनुपर्ने बेला आएको बताए । उनले यसको दुर्व्यसनीले व्यक्तिको शारीरिक ,मानसिक ,शैक्षिक तथा सामाजिक हिसाबमा समेत नकारात्मक असरपर्ने भएको हुदा लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट आफै जोगिन सक्नुपर्ने बताए । उनले कतिपय बालबालिका विद्यार्थीहरु साथी सङ्गिको लहलहैमा लागेर पनि दुर्व्यसनीको बाटोमा लाग्ने गरेको हुँदा यो कुरामा समेत गम्भीरतापर्ूवक सोच्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले आजका विद्यार्थी तथा युवापिढी भोलिका कर्णधार भएको भन्दै लागू पदार्थ दुर्व्यसनी सेवन जस्तो गलत दिशामा लाग्न नहुने भन्दै सचेत रहन सुझाव दिए । उनले गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँने हुदा यस्तो खराव कार्यमा लाग्न नहुने भन्दै यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी समाजसेवी बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिले समाज रुपान्तरणको अभियानमा युवापुस्ता र विद्यार्थीको निकै महत्त्वपूर्ण भुमिका आवश्यक रहेको हुदा लागू पदार्थ दुर्व्यशनी जस्ता नकारात्मक प्रवृत्ति न्यूनीकरणमा जुट्नुपर्ने बताएका थिए ।