बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलनको कार्य सुरु गरिएको छ ।
बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले अनलाइन बाट राजस्व संकलन पोर्टलको उद्घाटन भएको घोषणा गरेका हुन ।
यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । पालिकाले राजस्व संक्लनको कार्यलाई छिटो छरितो र सरल बनाउन डिजिटल प्रविधिको माध्यम अपनाएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।
गाउँपालिकामा बिहिवार आयोजित करदाता पोर्टलको उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले पालिकाका जनतालाई सहजहोस भन्ने उद्देश्यका साथ घरमै बसेर कर तिर्न सकिने व्यवस्था मिलाएको बताए ।
गाउँपालिकालाई नमुना र समृद्ध कसरी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान गएको बताउदै अध्यक्ष कुँवरले यश पालिकाका जनतालाई स्वास्थ ,शिक्षा ,खानेपानी संगै सूचना प्रणालीमा छिटो छरितो गर्न यो अनलाइन पोर्टल जारी गरिएको बताए ।
सम्पती कर संगै अन्य कर अनलाईन भुक्तानी प्रणाली संचालन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले बताए । बर्दगोरियामा अब उपरान्त विस्वका जुनसुकै कुनाबाट पनि इसेवा (esewa ) मार्फत कर भुक्तानी गर्न सकने जनाएको छ ।
करदाता पोर्टल लिङ्क: https://eservice.bardgoriyamun.gov.np/
लगइन तथा प्रयोगकर्ता बनाउनको लागी नमुना भिडियो लिङ्क : https://bit.ly/video_demo_tax_eservice
कर भुक्तान गर्नका लागि माथि उल्लेखित तीन वटा पोर्टल प्रयोग गर्न सकिनेछ ।
पालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।
कर तिर्न लाइन बस्नैपर्ने र कार्यालय धाउनुपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने अपेक्षा गरिएको छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक छिटो र सहज तरिकाले राजस्व संकलनको आँकडा थाहा हुनेछ ।