बर्दगोरिया । बर्दगोरियामा पालिका स्तरीय पोषण कार्यक्रमको योजना तर्जुमा गोष्ठी बिहिवार सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, ६ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य , र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्वास्थ्य क्षेत्रमा कुनै कसर बाकी नराख्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन गरे । उनले भने जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै औषधि नपुग भए पालिका किन्छ , तपाईं जनताको सेवामा लाग्नुहोस ।
पालिका अध्यक्ष कुँवरले ५ बर्ष मुनिका बालबालिका र सुत्केरी महिलाहरुलाई पोषणमा कमि न आउन दिन उनिहरुलाई स्वास्थ्य संस्थासम्म पुगाउने बाताबरण सिर्जना गरि प्रोत्साहन स्वरुप पुरस्करको व्यवस्था गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए ।
पालिका अध्यक्ष कुँवरले शिक्षा स्वास्थ्य ,भुमी र खानेपानीका क्षेत्रमा कहि कतै बजेट कमि भए पालिकाले यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता जनाए ।
सोहि कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले स्वास्थ्यकर्मीहरुले तालिममात्र नभनी जनताको सेवामा लाग्नु पर्ने बताए ।
पालिका उपाध्यक्ष गणेश राज गिरिले स्वास्थ्यकर्मीहरुलाई सुझाव दिदै भने स्वास्थ्य संस्थासम्म न आउने सुत्केरी महिला र बच्चाहरुलाई आफै घर/ घर गएर चेकजाँच गर्ने बाताबरण बनाउनु पर्ने बताए ।
कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले अर्धबार्षिक समिक्षा प्रस्तुत गर्दै हाल सम्म सुत्केरी र बच्चाको स्वास्थ्य संस्थासम्म आउने प्रतिशत राम्रो भएको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले बच्चा र सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्था सम्म ल्याउन स्वास्थ्यकर्मीहरुले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताए ।
कार्यक्रममा ६ वटै वडाका अध्यक्ष ,कार्यपालिका सदस्य विभिन्न स्वास्थ्य इकाईका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।