बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का मा संचालित बालकन्या माध्यमिक विद्यालयमा आइतबारदेखि पुर्ण निशुल्क विद्यार्थी भर्ना अभियान सुरु भएको छ । समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान` भन्ने मुल नारासहित सुरु भएको विद्यार्थी भर्ना अभियान कार्यक्रमको वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले उद्घाटन गरेका छ्न ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य चक्र बहादुर विष्टको सभाध्यतामा भएको कार्यक्रमका प्रमुख अथिती रहेका वडा अध्यक्ष गौतमले आफ्नो छोरालाई कक्षा ९ मा भर्ना गरि विद्यार्थी भर्ना अभियानको सुरु गरे ।
पछिल्लो समय नेता तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालय नभैइ संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको आरोप चुलिरहेका बेला त्यसको चिरफार गर्न आफुले आफ्नो छोरालाई पुनः सामुदायिक विद्यालयमै भर्ना गराएको वडा अध्यक्ष गौतमले बताए ।
छोराको भर्नासँगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक वितरण गरीएको थियो । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला वडा अध्यक्ष गौतमले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।
सो क्रममा वडा अध्यक्ष गौतमले सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगरेसम्म शिक्षाको गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरू अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न हुन उनले अनुरोध समेत गरे ।
वडा अध्यक्ष गौतम यसअघि बालकन्या माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा उनले विद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार विकासमा ठूलो योगदान पुर्याएका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मनोज विटालु,शिक्षक अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालयका प्रधानाध्यापक भुमी प्रसाद जैशी लगाएतले विद्यार्थीलाई पाठ्यपुस्तक हस्तान्तरण गरेका थिए ।
विद्यालयमा विद्यार्थी भर्नासंगै पाठ्यपुस्तक वितरण तथा नियमित पठनपाठनको कार्यक्रम समेत सुरु भएको विद्यालयमा प्रधानाध्यापक भुमी प्रसाद जैशीले बताए ।