बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा किसानलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरिएको छ । सोमबारदेखि पालिकाको कृषि शाखा र वडा नम्बर ६ मा रहेको कृषि सेवा इकाईमार्फत ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको वर्षे धानको बीउ वितरणको काम सुरु भएको हो ।
पालिकाको कृषि शाखाको आयोजना पालिकाभित्रका किसानलाई उन्नत जातको वर्षे धान वितरण गर्ने कार्य थालिएको हो । सोमबार कृषि शाखामा आयोजित एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्ण बहादुर कुवर र वडा नम्बर ६ मा रहेको कृषि इकाइमार्फत वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले धानको बीउ वितरणको उद्घाटन गरेका छ्न ।
पालिकामा धानबाली प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र पालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ बितरण गरिएको कृषि शाखा प्रमुख झङ्कर बहादुर रावतले बताउनुभयो ।
गतवर्ष कृषकलाई उन्नत जातको धानको बीउ बितरण गर्दा पालिकामा धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरि किसानलाई बीउ वितरण गरिएको उनले बताए ।