बर्दगोरिया । आर्थिक वर्ष सकिन करीब तीन महिना बाँकी छँदै कैलालीको बर्दगोरिया गाउँपालिकामा विकास निर्माणको काम सक्ने चटारो सुरु भइसकेको छ। विकास आयोजनाको भुक्तानी समयमै लिन ठेकेदार कम्पनीदेखि उपभोक्ता समिति समेत लागि परेका छन्।
संघीय संरचनाअनुसार अधिकार सम्पन्न स्थानीय सरकार आएसँगै विकासे योजनामा लाखौं रकम विनियोजन गरिएको छ। विगतका वर्षभन्दा करिव दोब्बर लागतमा चालु आर्थिक वर्षका विकासे योजनाहरू निर्माण थालिएका छन्। भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकताका साथ यहाँको स्थानीय सरकारबाट बजेट विनियोजन गरिएको छ। यहाँका सबै वडाहरूमा सडक निर्माण, खानेपानी आयोजना, सिचाई कुलो, पुलपुलेसा ,विद्यालयका भवन मर्मतलगायतका विकास योजनामा करोडौं बजेट खर्चिन लागिएको छ ।
योसंगै विकास निर्माणका योजनाहरु मापदणडअनुसार बनिरहेका छन वा छैन्न भनी निरन्तर अनुगमन र निरीक्षण थालिएको छ । पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज (लालदिप) ले आर्थिक मसान्त सकिन लाग्दै गर्दा विकास आयोजना निर्माण बजेट फ्रिज हुने भन्दापनि काम कसरी समयमा सक्ने र रकम कुम्ल्याउने भन्ने योजनामा उपभोक्ता समितिहरू लाग्ने परिपाटीले काम गुणस्तरीय र प्रभावकारी नहुनेहुँदा अनुगमनको पाटो फराकिलो पारिएको बताउनुभयो ।
आर्थिक मसान्तको समयमा हतारमा रातारात आयोजना निर्माण सक्ने र रकम निकासा लिने प्रचलनको अन्त्य गर्नका लागि अनुगमनलाई तिब्र पारिएको हो ।
उपाध्यक्ष गिरिसगितको टोलीले आईतवार नव निर्मित १५ शैया दोदोधरा अस्पताल , रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भइ रहेका महुन्याल मावि बास्कोटिको ४ कोठे पक्की भवर र श्री मावि कोटातुल्सीपुरको पक्की भवन, झगडापुरदेखि रानिकुण्डा हुँदै खैरेनीसम्म निर्माण भइरहेको पानी पिच बाटो,वडा नम्बर २ को बर्दगोरिया धार्मिक क्षेत्रमा निर्माण भइ रहेको २ कोठे आवास सहित पथरैया नदिमा तटबन्ध, वडा नम्बर २ को निर्माणाधीन भवन,आधारभुत स्वास्थ्य ईकाई लगायतका बिकास निर्माणहरुको अनुगमन गरेको छ ।
अनुगमनमा उपाध्यक्ष गिरि संगै वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक र वडा सदस्य अतवारी चौधरीको पनि सहभागिता रहेको थियो ।