लम्की,कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९औ र राष्ट्रिय युवा संघ नेपालकाे ३४औ स्थापना दिवसको अवसरमा कैलालीको लम्कीमा संचालित एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
साेमबार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच युवा संघले विद्यालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा नगर कमिटी अध्यक्ष नकुल बमले जानकारी दिनुभयो ।
साे अवसरमा बाेल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् लम्कीबहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै पनि विद्यार्थीले गरिबीका कारणले मात्र शिक्षा हासिल गर्न नपाउने बाताबरणको अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि अब लम्कीचुहा नगर क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु एक भएर अगाडि बड्ने कुरामा जाेड दिनुभयो ।
साे अवसरमा कार्यक्रममा उपस्थित नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य युवा नेता राम बहादुर बाेगटीले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुकाे स्थापना दिवसको शुभकामना दिदै युवा र विद्यार्थीले गर्ने रचनात्मक कार्यमा आफू सधैं साथमा रहने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता कमल रावल लगायत लम्कीचुहा नगर कमिटीका राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थ युनियन (अनेरास्ववियु) का नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।