कोहलपुर। आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर-१२ ले ज्येष्ठ नागरिक सेवाको सुरुवात गरेको छ।
प्रत्येक तेस्रो महिनामा गरिने उक्त सेवा अन्तर्गत कोहलपुर-१२ भित्रका ज्येष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने गरिएको छ।
यसपटक वडा नं. १२ का रामजानकी, जानकी टोल, थारुगाउँमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर सामान्य स्वास्थ्य चेकजाँच, उपचार र परामर्श दिईएको सेवाकेन्द्र प्रमुख नरेन्द्र थापा क्षेत्रीले जानकारी दिए।
अझै केही दिन अन्य विभिन्न टोलहरूमा पुगेर सेवा दिने समेत क्षेत्रीले बताए।