बर्दगोरिया । सशस्त्र प्रहरी बेस क्याम्प बौनियामा कार्यरत डिएसपी वीरेन्द्र पाललाई सम्मानसहित विदाई गरिएको छ । बर्दगोरिया गाउँपालिकामा ६ महिने कार्यकाल सकेर भर्खरै कैलालीको अत्तरिया सरुवा भएका डिएसपी पाललाई शुक्रबार बर्दगोरिया गाउँपालिकाको आयोजनामा सम्मानसहित विदाई गरिएको हो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले डीएसपी पालले आफ्नो ६ महिने कार्यकालमा बर्दगोरिया गाउँपालिकाबासीको शान्ती सुरक्षामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै टीका ,खादा ओढाएर सम्मानसहित बिदाई गरेका छ्न ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी ,कार्यपालिका सदस्य सरस्वती विक लगाएतले टीका लगाई डिएसपी पालको सम्मान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिदै बिदाई गरे ।