बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२औं गाउँसभा अधिवेशनको समापन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकालाई समृद्ध र नमुना बनाउन सबैको साथ सहयोग चाहिने बताए ।
अध्यक्ष कुँवरले भने सबैको साथ सहयोगले बर्दगोरियाको नाम जिल्ला सम्म परिचित छ ,आगामी दिनमा अझै पालिकालाई देशभरी चिनाउन यहाँका वडा सदस्यदेखि वडा अध्यक्ष ,उपाध्यक्ष सबैले यसैगगी साथ दिनुपर्छ । अध्यक्ष कुँवरले केही प्राबिधिक समस्याले अहिले बर्दगोरियाका सबै सडक संजाललाई व्यवस्थित गर्न सकिएन, आउदो असोजदेखि बर्दगोरियाका मुख्य तथा भित्रै सबै सडकलाई पानी पिच गर्ने बताए ।
![](https://sudurchitra.com/wp-content/uploads/2023/01/Green-Yellow-Modern-School-Admission-Open-Instagram-Post1.jpg)
साथै अहिले पानी पिच भएका सडकमा प्रदेश सरकार र संघीय सरकारले समेत कालोपत्र सडकका लागि बजेट बिनियोजित गरेको छ, बाकी रहेका अन्य सडकलाई पालिकाबाट बजेट बिनियोजित गरि कालोपत्रको कामलाई अगाडी बढाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष कुँवरले बताए ।
पालिकाले उज्यालो पालिका संगै निशुल्क शिक्षादेखि बर्दगोरिया गाउपालिकामा कलेज संचालन गर्न सम्पुर्ण तयारी पूरा गरेको बताउदै आगामी आर्थिक बर्षमा यश क्षेत्रमा जटिल समस्याको रुपमा रहेको नदि कटानलाई न्यूनीकरण गर्न सम्पुर्ण नदिहरुमा तटबन्धको काम समेत अगाडी बढाउने बताए ।
यसैगरि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसोबासिहरुलाई लालपुर्जा दिने उद्देश्यले पहिलो चरणमा वडा नम्बर ३ का केही व्यक्तिलाई बितरण गर्ने र त्यसपस्चात सम्पुर्ण गाउँपालिका बासिलाई बितरण गर्ने गरि हामिले तयारी गरिरहेको अध्यक्ष कुँवरले बताए ।