बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाको १२ औ गाउँ सभामा विवाद हुँदा अध्यक्ष देविदत्त उपाध्याय ,उपाध्यक्ष कमल साउद, वडा नम्बर ७ का अध्यक्ष नवराज कठायत ,वडा नम्बर २ का अध्यक्ष जय प्रकाश मल्ल ,वडा नम्बर ५ का अध्यक्ष लगाएत महिला सदस्य माथी आइतबार साझ आक्रमण भएको छ।
गाउँपालिकाको कार्यलय खिमडी बाट वडा नम्बर १ को भकुन्डे सार्ने बहुमत बाट पारित हुन खोज्दा वडा नम्बर ४ का अध्यक्ष बम बहादुर बुढा मगरले असहमति जनाएपछि स्थानीय आक्रोशित हुँदै आक्रमण गरेको अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए ।
आक्रोशित भएका स्थानीयले ढुङ्गा ,मुडा हान्दा मोहन्याल गाउपालिकाको नवनिर्मित भवन र प्रहरी चौकिमा समेत क्ष्यती भएको छ ।
गाउँ सभामा नीति तथा कार्यक्रम सहित ४६ करोड बजेट प्रस्तुत भएको छ । गाउँ सभा अधुरो रहेकोछ । नयाँ भवन आइतबार सुदूरपश्चिम प्रदेशका उद्योग ,पर्यटन , वन तथा बाताबरण मन्त्री रमेश कुमार धामिले उदघाटन गर्नु भएको थियो ।