बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ जोड्ने काडा नदि स्थित (झोलुङ्गे पुल) परिसरमा तटबन्ध निर्माणको काम सकिएको छ । वर्षातको समय हुने बाढीका कारण झोलुङ्गे पुल जोखिममा पर्ने सम्भावना बढेपछि सो स्थानमा तटबन्ध निर्माण गरिएको हो ।
पालिका अध्यक्ष कर्ण बहादुर कुँवरका अनुसार वर्षातको बेला नदी कटानका कारण झुलुङ्गे पुल संकटमा नपरोस् भन्नका लागि पुल जोगाउन तटबन्ध निर्माण गरिएको हो । पालिकाबाट बिनियोजित करिब १० लाखको लागतमा उपभोक्ता समितिमार्फत सो तटबन्ध निर्माणको काम गरिएको हो ।
तटबन्ध निर्माण पश्चात् झुलुङ्गे पुलको संरक्षण हुने स्थानीयको भनाईछ । तटबन्ध निर्माणको काम पूरा भएपछि बुधबार पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरि (लालदीप) ले सो क्षेत्रमा पुगि अनुगमन समेत गर्नुभएको छ ।