बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यहीँ असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यहीँ असोज १९ गते शुक्रबारका दिन एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुन लागेको हो ।
गाउँपालिका भित्रका आर्थिक अवस्था कमजोर भइ आँखा चेकजाँच गर्न नसक्ने स्थानीय वासीलाइ सहयोग होस भन्ने उद्देश्यका साथ आफुहरुले एक दिने नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए । उनले भने उक्त दिन आँखा चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि, चस्मा वितरण गरिने छ भने नि:शुल्क रुपमा आँखाको सल्यक्रिया समेत गरिने चौधरीले बताए ।
साथै उक्त दिन रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । पछिल्लो समयमा रक्त सञ्चार केन्द्रमा समेत रगतको अभाव भएको हुँदा रगत अभावको कारण कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको समेत आयोजना गरेको चौधरीले बताए ।
रगत दान जिवन दान भएको ले उक्त रक्तदान कार्यक्रम सहभागी भइ रगत दान जस्तो अमुल्य दान गर्न समेत सबै स्थानीय नागरिक हरुमा समेत चौधरीले अनुरोध गरे । उक्त कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुर स्थित कृषि हाटबजारमा बिहान ८:३० बजेदेखि साझ ३ बजे सम्म संचालन हुने भएको छ ।