बौनिया(कैलाली)। चाडपर्व नजिँदै जाँदा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ,कैलालीले विशेष सुरक्षा रणनीति अपनाएको छ। मुख्यगरी नेपालीहरुको महान चाड दशै, तिहारको समयमा हुन सक्ने चोरी,डकैटी तथा लुटपाट लगायतका विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँका प्रहरी निरीक्षक लिलाराम आचार्यले चाडबाडमा अवाक्षनीय अपराधिक गतिविधि, चोरी, तथा लुटपाट र सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको हो । उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो । उहाँले मर्यादित, अनुशासित ,व्यवस्थित र सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो ।
उहाँकाअनुसार चाडपर्वलाई मध्यनजर गरि सडकपुर बौनियाँमा यात्रु सहायता कक्ष पनि संचालनमा ल्याएको जानकारी दिनुभयो । चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, मदिरा सेवन, झै – झगडा ,जुवातास खेल्ने खेलाउने ,एवं अपराध नियन्त्रण रोक्न चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार आवश्यक मात्रामा प्रहरी टोलि परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइनेछ ।यसैगरी बौनियाँ बजारमा संचालन गरिएको यात्रु सहायता कक्षबाट नागरिकलाई आवश्यक पर्ने सहयोग ,सल्लाह, व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, यातायातको सहज उपलब्धताको लागि सहयोगको व्यवस्था गरिएको छ ।
उहाँले सवारी साधनमा यात्रा गर्दा अपरिचत व्यक्तिहरुले दिएको खाने कुरा नखान, र केही समस्या परे नजीकको प्रहरी कार्यालय र टोल फ्री नम्बर १०० मा कल गर्न आग्रह गर्नुभयो ।
यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रममा बौनियाक ट्राफिक प्रहरी प्रमुख ,प्रहरी प्रमुख तथा वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक लगाएतको उपस्थिति थियो ।