काठमाडौ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
दुई टोलीबीचको खेल हाङ्झाउस्थित झेजियाङ विश्वविद्यालय एवं टेक्नोलोजी क्रिकेट फिल्डमा दिउँसो पौने १२ बजे शुरु हुनेछ।
शुक्रबार भएको सेमिफाइनलमा भारत बङ्गलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतसँगको भेट पक्का गरेको हो।
त्यसअघि कास्य पदकका लागि लागि पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान पौने ७ बजे सोही मैदानमा हुँदैछ।