बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित उत्तर मुडा गाउँमा आइतबार चट्याङ लागेर १० जना घाइते भएका छ्न ।घाइते हुनेमा उत्तरमुडा बस्ने बर्ष ५० की फिरिया देबि चौधरी, बर्ष ३५ की रित देबि चौधरी, बर्ष ३२ की माया चौधरी, बर्ष ४५ की कमलापती चौधरी, बर्ष ३२ की किरन चौधरी रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यसैगरी सोही ठाउँ निवासी बर्ष ३८ कि उर्मिला डगौरा ,बर्ष ४० की पार्बती चौधरी, बर्ष ५० की फुलकुमारी चौधरी,बर्ष ३५ की निर्मला देबि थारु, र घोडाघोडी नगरपालिका ३ ढुसर बस्ने बर्ष ३० की ममता थारु रहेको प्रहरीले जनाएको छ ।घाइते भएका सबैको बौनिया स्थित बर्दगोरिया अस्पतालमा सामान्य उपचार पश्चात् स्थानीय दोदोधरा अस्पताल उपचार भइरहेको छ । चट्याङ परी घाइते भएका सबैको स्थानीय बर्दगोरिया गाउँपालिकाले उपचारको जिम्मा लिएको छ । विपतजन्य घडिमा परेका नागरिकको उद्दार र उनीहरूलाई राहात तथा उनीहरूलाई सहयोग गर्नु सरकारको मुख्य भुमिका हुने भन्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले घाइतेको नियमानुसार उपचारको जिम्मा लिएको जनाए ।
आइतबार दिउँसो सवा तीन बजेतिर बर्दगोरिया १ स्थित उत्तर मुडा बस्ने भिम बहादुर चौधरीको घरमा मानिसको मृत्यु भई १३ दिनेको पुण्य तिथिमा उनीहरू सहभागी बनेका थिए । सो क्रममा घरको अघाडी अमट्टाको रूख मुनि टेन्ट हालि खाना पकाउने क्रममा अचानक चट्याङ पर्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।घटना पश्चात् ईलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी निरीक्षक लिलाराम आचार्यसहित ६ जना र स्थानीयको सक्रियतामा घाइते भएकालाई अस्पताल पुर्याइएको थियो ।