बागलुङ, ३० जेठ २०७८ ।
बागलुङमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । आइतबार बसेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएसी)को बसेको बैठकले एकहप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर नघटेपछि निषेधाज्ञालाई केहि खुकुलाे बनाउँदै निरन्तरता दिइएकाे प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयाे ।
सात दिन थप भएकाे निषेधाज्ञामा वैंक तथा वित्तिय संस्थाहरु आइतबार, मंगलबार, बुधबार र शुक्रबार हप्ताकाे चार दिन विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने छ ।
बागलुङमा बैशाख २१ गतेबाट सुरू भएकाे निषेधाज्ञा जिल्लाभर जेठ ३१ गतेसम्मकाे लागि थपिएकाे थियाे । आइतबारकाे निर्णय अनुसार बागलुङमा आगामी असार सात गतेसम्म निषेधाज्ञा जारी रहने छ ।