रमेश बम, बौनिया(कैलाली) । शिक्षकहरुको आन्दोलनका कारण कैलालीको बर्दगोरिया गाउँपालिको सम्पुर्ण कामकाज प्रभावित बनेको छ । विभिन्न पाँच बुदे मागहरू अघि सार्दै आन्दोलित बनेका बर्दगिरियाका शिक्षकहरूले पालिकामा मङ्गलबार तालाबन्दी गरेपछि सेवा ठप्प बनेको हो ।
आन्दोलित शिक्षकहरुले विगत लामो समयदेखि बर्दगोरिया गाउँपालिकाले यहाँका निजि स्रोत शिक्षक,बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदान गरिदै आएको अनुदान रकम यसवर्ष निकाशा नभएको र बर्दगोरिया शिक्षक महासंघ तथा निजि स्रोत समितिद्वारा पेश गरिएका मागपत्रलाई व्यवास्ता गरिएको आरोप लगाएका छ्न ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका ,नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,अखिल नेपाल शिक्षक संगठन, बालविकास शिक्षकहरु लगाएत दर्जनौको उपस्थितिमा तालाबन्दी गरिएको हो ।
आन्दोलित शिक्षहरुले नेपालीहरुको महान पर्व विजया दशमी, तिहार तथा छटपर्वको मुखमा समेत पालिकाद्वारा शिक्षकहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै तत्काल सेवा सुविधा पाउनुपर्ने मागसहित यहाँका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेपाल शिक्षक महासंघको सयुक्त अगुवाईमा सहमति र एक्यवद्धताका साथ स्थानीय तहमा दवाबमुलक कार्यहरू गर्ने जनाएका छ्न ।
उनीहरूले बालविकास शिक्षकहरूलाई नेपाल सरकारले तोकेको तलबभत्ता पाउनुपर्ने ,नीजिस्रोत शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गरिने अनुदान रकम यथासिघ्र निकासा हुनुपर्ने ,विद्यालय कर्मचारीको पारिश्रमिक सेवा सुविधा तत्काल दिनुपर्ने ,शिक्षक कर्मचारीको तलब भत्ता मासिक रूपमा निकासा हुनुपर्ने र शिक्षक अनुदान ,शिक्षण सिकाई अनुदान प्राप्त गरेका विद्यालयलाई समयमा नै पत्राचार गरि शिक्षक नियुक्तिका लागि अनुमति दिनुपर्ने माग राखेका छ्न ।
सोमबार उल्लेखित मागहरू अघि सार्दै उनीहरूले बर्दगोरिया गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । उनीहरूले आफ्ना जाएज मागहरू तत्काल पुरागर्न दवाब दिनका लागि मंगलबार सम्पुर्ण विद्यालय बन्द गरि पालिकामा तालाबन्दी सहित धर्ना दिइरहेका छ्न ।
गाउँपालिका अन्तर्गतका १७ सामुदायिक विद्यालयमा लेखापाल र कार्यालय सहयोगी गरि ३७ जना कर्मचारी, मावि र निमावि तहको शिक्षण सहयोग अनुदानमा ७ जना शिक्षक कार्यरत छ्न त्यस्तै, नीजिस्रोतबाट तलबभत्ता सेवासुविधा लिइरहेका ७० जना शिक्षक कार्यरत छन् ।
यसअघि प्रावि तहमा १२ हजार, निमावि तहमा १३ हजार र मावि तहमा कार्यरत नीजिस्रोत शिक्षकले पालिकाबाट मासिक तलब बुझ्दै आएका थिए । त्यस्तै, बालविकास शिक्षक र विद्यालय कर्मचारीले नेपाल सरकारबाट निकासा हुने मासिक अनुदानमा ४ हजार थप तलब लिँदै आएका थिए ।