बौनिया,कैलाली । बालबाटिका फुटबल लिग २०७८ लाई कतारको दोहा बस्दै आएका तपन शर्माले आमा अन्जु देवि शर्मालाई उदृत गर्दै सहयोग गरेका छन । विद्यालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न चितवन निवासी हाल (कतारको दोहामा ) कर्म थलो बनाउदै आएका शर्मा ले आमालाई उदृत गर्दै सहयोग गरेका हुन ।
शर्माले बाल्यकाल प्रतियोगिता संयोजक मल्ल संगै लम्की चुहा ९ प्रतापपुरमा फुटबल खेल्दै बिताएका हुन । हाल कतारको दोहाबाट शर्मा भने आफ्नो बाल्यकालको साथिले विद्यालय स्तरमा छात्रा ,छात्र को मनोबल र हौसला बढाउन प्रतियोगिता आयोजना गरेकोमा सहयोग गरेको बताए । शर्माले भने आफु र साथि मल्लले संगै फुटबल खेल्ने गर्दथ्यौ । विद्यालय स्तरमा ठूलो धनराशिको फुटबल राखेको सुन्दा खुशी लागेर सहयोग गरेको शर्माले बताए ।
विद्यालय खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सहयोग गर्न पाउद खुशी लागेको उनले बताए । आफ्नो छोराको साथिले यति ठूलो प्रतियोगिता राखेको सुन्दा र सहयोग गर्न पाउँदा छोराको झल्को महशुस भएको अन्जु शर्माले बताईन । अन्जुले भनिन विद्यालय स्तरमा छात्राको हौसला बढाउन प्रतियोगिताले एकदमै महत्त्व राख्ने बताउदै छोरा सरह प्रमोदलाई प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरिन । आफू संगै बाल्यकालमा फुटबल खेलेको साथिले सहयोग गरेकोमा बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन ।
मल्लले भने साथी तपन फुटबल खेल राम्रो खेल्थे र आफुले राखेको प्रतियोगितालाई सहयोग गरेकोमा खुशी संगै हर्षित भएको बताए । बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।