रमेश बम, बौनिया(कैलाली) । आइतबारदेखिको बेमौसमी वर्षाका कारण कैलालीको बर्दगोरियामा सैयौ बिगाहमा लगाएको धानखेती नस्ट हुने अबस्थामा पुगेको छ । वर्षाका कारण किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएपछि सैयौ किसान प्रभावित बनेका छ्न ।
लगातारको वर्षाका कारण पालिका अन्तर्गतका ६ वटै वडाका किसानले लगाएको धानखेती नस्ट हुने अबस्थामा पुगेको कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका ६ वटै वडाका किसानले भित्राउनका लागि काटेर राखेको धान खेतमै वर्षाको पानीले डुबाएको छ भने यहाँका किसानले गरेको केराखेतिमा समेत असर पारेको छ । उहाँका अनुसार अझै पानी परे धान पुरै नस्ट हुने अबस्थामा पुगेको छ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको छ । कृषि विकास अधिकृत रावतकाअनुसार यहाँका २०-२५ प्रतिशत किसानले मात्रै धान भित्राएका छ्न भने ३५ प्रतीशत किसनले धान काट्न बाकी रहेको र अन्यले काटीसकेका छ्न । जुन केही दिनदेखिको वर्षाले डुवानमा पारिसकेको पाइएको छ ।
यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षतिपूराएको अनुमान छ । उहाँका अनुसार बर्दगोरियाको ३ हजार ३ सय ४४ विगाहा क्षेत्रफल मध्य २५ सय विगाहमा किसानले धान खेती गर्दै आएका छ्न । पालिकाले वडा नम्बर २ लाई नै मुख्यगरि धानखेतीको लागि पकेट क्षेत्र निर्धारण गरेको छ। तर लगातारको वर्षाले वडा नम्बर १ देखि ६ सम्मका किसानको धानबालीमा ठूलो क्षति पुर्याएको पाइएको छ ।
वर्षाका कारण किसानको धानखेतीको अबस्था बुझ्न मंगलबार बर्दगोरिया गाउँपालिकाको टोलि अनुगमनमा समेत गएको थियो । अनुगमनका क्रममा किसानले काटेर भित्राउनका लागि तयारी अबस्थामा राखेको थुप्रै धान खेतमै डुबानमा पारेको अबस्थामा भेटिएको अनुगमन समिति संयोजक भगवती देवि डगौराले बताउनुभयो । उहाँले लगातारको वर्षाले वडा नम्बर एकदेखि ६ सम्मका सवै किसान मारमा पारेको बताउनुभयो ।
अनुगमन समिति संयोजक डगौराको नेतृत्वमा कृषि विकास अधिकृतहरूको झङकर रावत,सहकारी शाखा प्रमुख सिताराम चौधरी, कृषि शाखा प्राविधिक वीरेन्द्र चौधरी ,रमेश देवकोटा, कृषि शाखा इकाई पृथ्वीपुरकि आशिका कुमारी कठरीया, ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख भिमदत्त जोशी लगाएतको टोलि सहभागी थियो । टोलिले मंगलबार वडा नम्बर १ र ६ मा अनुगमन गरेको हो,भने बुधबार अन्य वडामा अनुगमन गर्नेछ ।