बौनिया(कैलाली) । बेमौसमी वर्षाका कारण कैलालीको बर्दगोरियामा ७५ प्रतिशत किसानको धानखेतीमा क्षति पुर्याएको आकलन गरिएको छ । गत आइतबारदेखि मंगलबारसम्म परेको बेमौसमी वर्षा र बाढीको डुबानले पालिकाका ६ वटै वडामा रहेका किसानले भित्राउन ठिक्क पारेको धानमा क्षति पुर्याएको हो ।
वर्षाका कारण यहाँका ७५ प्रतिशत किसानले भित्राउनका लागि काटेको धान खेतमै तैरिएको पाइएको पालिकाका आर्थिक विकास समिति संयोजक भेखु चौधरीले जानकारी दिए । यसपटकको बेमौसमी वर्षा र डुबानले यहाँका सैयौ किसान प्रभावित बनेको चौधरीले जानकारी दिए ।
वर्षा र डुबानले यहाँका किसानलाई पारेको क्षतिबारे ६ वटै वडामा गरिएको अनुगमनका क्रममा किसानको अबस्था दयनीय पाइएको उनले बताए । उनले भने – हामीले यहाँका ६ वटै वडामा अनुगमन गर्यौ, जसबाट किसानले भित्राउनका लागि काटेको ७५ प्रतिशत धान खेतमै तैरिएको पाएको छौ । यसबाट किसान नराम्ररी प्रभावित भएका छ्न, किसानलाई उचित राहतको व्यवस्थापनका लागि पहल थाल्दैछौ ।
संयोजक चौधरीकाअनुसार बेमौसमी वर्षाले सबैभन्दा बढी वडा नम्बर ६,५,२, ४ ,१ र ३ मा पारेको छ । वर्षाले किसानलाई पारेको समस्या समाधान र राहत कसरी प्रदान गर्न सकिन्छ भन्ने बारेमा बिहीबार पालिकाको आर्थिक विकास समितिको बैठक समेत बसेको थियो । बैठकले किसानलाई उचित राहात प्रदान गर्नका लागि के – कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरेको संयोजक चौधरीले बताए । उनकाअनुसार अब पालिकाले मातहतका सवै वडाहरु मार्फत तथ्यांक संक्लनको काम गर्नेछ ।
किसानको मुख्य खाद्य बालिका रूपमा पर्ने धान वर्षाले खेतमै तैरिएपछि यसपालि भोकमरी पर्नेहोकी भन्ने यहाँका किसानलाई चिन्ता छाएको पालिकाका कृषि विकास अधिकृतहरूको झङ्कर बहादुर रावतले बताए ।
उनले यसवर्ष बर्दगोरियामा १० देखि १५ प्रतिशतले धान उत्पादन वृद्धि हुने आकलन गरिएको भएपनि धान भित्राउने बेला आएको बेमौसमी वर्षाले ठूलो क्षति पूराएको छ ।