बौनिया(कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण पेसगर्न किसानहरूलाई आग्रह गरेको छ । गत असोज ३१ गतेदेखि परेको वर्षा,हावाहुरी ,डुवान, कटान, र बाढीका कारण खेतिजन्य बस्तुको विवरण पेस गर्न किसानलाई आग्रह गरेको हो ।
बिहीवार एक सूचना जारी गर्दै पालिकाले बेमौसमी वर्षाबाट भएको खेतिजन्य बस्तु धान, तोरी, आलु, तरकारी ,फलफूल आदिमा के- कति हानी नोक्सानी पुर्याएको हो ? त्यसको सत्यतथ्य विवरण ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा बुझाउन निर्देशन गरेको हो ।
विवरण बुझाउदा किसानले एकप्रति नेपाली नागरिकताको प्रतिलिपी, जग्गा धनी लालपुर्जा ,वा ठेक्कामा खेती गरिएको भए त्यसको सम्झौतापत्र, ऐलानी जग्गाको हकमा भए वडाको सिफारिस ,कर तिरेको रसिद वा अन्य कागजपत्र समेत बुझाउनुपर्ने छ ।
वर्षा र डुबानले गरेको क्षतिको एकिन तथ्यांक संकलन गरि तत्पश्चात उनीहरूलाई राहात सहयोगको काम थाल्ने पालिकाले जनाएको छ ।