धनगढी । कैलालीमा प्रहरीले वन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ का ३० वर्षिय नारायण साउदलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जिल्ला अदालतले ०७२।०३।२८ गते उनलाई वन मुद्धामा रु १,०१,३४६जरिमाना तोकेको थियो। तर, उनी फरार भएका थिए।
फरार रहेका उनलाई आज ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ गरेर कारवाहीका कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराईएको बताईएको छ।