बौनिया,कैलाली । नेपाली कांग्रेसका युवा नेता कमल बहादुर शाहले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ। लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरि शाहले कांग्रेसको आसन्न १४ औ महाधिवेशनका लागि आफ्नो केन्द्रिय सदस्यमा उम्मेदवारी रहेको घोषणा गर्नु भएको हो ।
कैलालीको क्षेत्र न.२ का शाह कैलालीमा युवा नेताका रूपमा चिरपरिचित तथा सामाजिक क्षेत्रमा समेत जनप्रिय नेताका रूपमा मानिन्छन् । कोरोना महामारीमा समेत जनताको चुल्हो बाल्न गाउँ गाउँमा अहोरात्र खटियर उहाँले सेवा गर्नुभएको थियो ।
नेपाली कांग्रेसको युवा संगठन,नेपाल तरुण दलको केन्द्रिय उपाध्यक्ष ,केन्द्रिय सचिव र केन्द्रिय कोषाध्यक्ष समेत भइसकेका शाह कांग्रेसका लोकप्रिय नेताका रुपमा उहाँ कैलालीमा परिचीत छन।
जनमुखी कांग्रेस ,व्यवस्थित कांग्रेस ,संगठित कांग्रेस र भ्रष्टाचार मुक्त नेपाली काङ्ग्रेस बनाउनका लागि आफ्नो केन्द्रिय सदस्यमा उम्मेदवारी रहेको शाहले पत्रकार सम्मेलनमा बताउनुभयो ।
आफुले केन्द्रिय सदस्यमा जिते कांग्रेसलाई जनमुखी,व्यवस्थित, संगठित र भ्रष्टाचार मुक्त बनाउन लागि पहल गर्ने शाहको धारणा थियो ।
पार्टीलाई बलियो र एक ढिक्का बनाउनका लागि आफुलाई केन्द्रिय सदस्यमा जिताउन सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुलाई र पार्टी का अग्रज नेता युवा पुस्तालाई नेता शाहले अपिल गर्नु भएको छ।
नेता शाहले सोमबार आफु निर्वाचित क्षेत्र,कैलाली क्षेत्र न.२ बाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको हो।