बौनिया,कैलाली । बर्दगोरियामा पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका,पञ्जिकरण शाखाको आयोजनामा भएको कार्यक्रममा ब्यत्तिगत घटना दर्ता प्रणाली, सुदृढीकरण र सामाजिक सुरक्षाका सवालमा जानकारी गराइएको थियो ।
कार्यक्रममा व्यत्तिगत घटना दर्ता अन्तर्गतका जन्म ,मृत्यु ,विवाह , सम्वन्ध विच्छेद र बसाइसराइ कसरी गर्ने , दर्ता गर्दा अाइपर्ने व्यावहारीक समाधान तथा एम .अाइ .एस मा समाधान गर्नकाे लागि पञ्जिकरण शाखा प्रमुख मदन जोशीले प्रकाश पारेका थिए ।
उनले सामाजिक सुरक्षाकाे लागि नयाँ दर्ता कसरी गर्ने , नविकरण ,लगतकट्टा ,दर्ता प्रमाणीकरण लगाएत सिस्टमकाे बारेमा प्रष्ट पारेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुको सभा-अध्यक्षता र उपाध्यक्ष भगवती देवि डगौरा थारुको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।