फेरी बढ्याे सुन र चाँदीकाे मुल्य
काठमाडाैँ, १८ जेठ २०७८ ।
सुन र चाँदीकाे भाउ बढेकाे छ ।
मंगलबार पनि सुन र चाँदिकै भाउ उकालाे लागेकाे हाे । गत साता देखिनै सुनकाे भाउ बढिरहेकाे छ । साेमबार पनि सुन र चाँदीकै मुल्य वृद्धि भएर सुन प्रति ताेला ९४ हजार २ सय र चाँदी प्रति ताेला १ हजार ३ सय ६० रूपैयाँ कायम भएकाे थियाे ।
साेमबारकाे तुलनामा मंगलबार झण्डै दाेब्बर मुल्य वृद्धि भएकाे छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको छभने चाँदी १० रूपैयाँले बढेकाे छ ।
आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिको छभने चाँदीको भाउ १ हजार ३ सय ७० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मन्त्रिपरिषद्काे निर्णयः यस वर्ष पनि एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने
काठमाडौँ, १८ जेठ २०७८ ।
यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ ।
यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाे हाे । साेमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ ।
विद्यार्थीको समयको सदुपयोग हुने तथा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको निकास खोल्न लागिएको जनाइएकाे छ । कक्षा ११ को परीक्षा यसअघि नै विद्यालयलाई जिम्मा दिने निर्णय भइसकेको छ । यस अघिनै एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेकाे थियाे ।
परीक्षा सञ्चालनका लागि सरकारको अनुमति पाएलगत्तै प्रक्रिया सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न आफूहरूले प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो ।
पुरानो मोडलको तीन घण्टाको परीक्षा हुने सम्भावना लगभग टरेको अवस्थामा विभिन्न विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्ने प्रस्ताव सरकारलाई पठाइएको उहाँले बताउनुभयो । वैकल्पिक विधि भन्नाले विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको बताइएकाे छ । गत वर्षभन्दा फरक तरिकाको मूल्याङ्कन गर्ने मोडल आफूहरूले स्थापित गराउन चाहेको समेत पौडेलले जानकारी गराउनुभयाे ।
पश्चिमी,स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव,बिहिबार सम्म हावाहुरी सहित वर्षा हुने
काठमाडाैँ, १८ जेठ २०७८ ।
नेपालमा बिहिबार सम्म हावाहुरी सहित वर्षाकाे सम्भावना देखिएकाे छ ।
पश्चिमी,स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण बिहिबार सम्म हावाहुरी सहित वर्षाकाे सम्भावना देखिएकाे हाे । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
मंगलबार अर्थात आज दिउँसो, देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ । रातीमा भने प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का केहि स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाकाे सम्भावना देखिएकाे छ ।
बुधबार दिउँसो,प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीमा प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
बिहिबार दिउँसो, प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। रातीभने प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य प्रदेहका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ का थाेरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना देखिएकाे छ ।
आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले समयमै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
मंगलबार गणेश भगवानकाे दर्शन गरे धनकाे अभाव टरेर जान्छ,दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेषः मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।
बृषः राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
मिथुनः आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
कर्कटः आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।
सिहंः आज नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
कन्याः मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
तुलाः शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
बृश्चिकः आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।
धनुः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।
मकरः नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।
कुम्भः आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।
मीनः प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
Breaking News:चन्द्रागिरिमा काेराेना बाट ५४ जनाकाे मृत्यु ,कुल संक्रमित संख्या ४३४१ पुग्याे
काठमाडाैँ,१७ जेठ २०७८ ।
काठमाडाैँकाे चन्द्रागिरिमा काेराेना संक्रमणका कारण ५४ जनाकाे मृत्यु भएकाे छ ।
नगरपालिका भित्रका विभिन्न वडामा गरी हाल सम्म ५४ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे । नगर भिलका १५ वटा वडा मध्ये १३ वटा वडामा काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ । हाल सम्म ११ र १३ नं वडामा भने कुनै पनि काेराेना संक्रमितकाे मृत्यु भएकाे छैन । १५ वटा वडा मध्ये १२ नं वडामा सबै भन्दा धेरै ११ जना संक्रमितकाे मृत्यु भएकाे छ । मृतक ११ जना मध्ये ४ जनाकाे घरमा र ७ जनाकाे अस्पतालमा मृत्यु भएकाे हाे ।
यसैगरी चन्द्रागिरिमा हाल सम्म ४ हजार ३ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १५ वटा वडा मध्ये बढि भएका वडामा ५ सय २४ जना र कम संक्रमित भएका वडामा पनि १ सय १९ जनामा संक्रमण पुष्टि भैसकेकाे छ । सबैभन्दा धेरै सक्रमित भएकाे १४ नं वडा हाे भने सबै भन्दा थाेरै संक्रमित भएकाे वडा २ नं वडा हाे । गत २४ घण्टामा मात्रै ४८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । १० नं वडा बाहेकका सबै वडाहरूमा संक्रमित थपिएका छन् । २४ घण्टामा सबैभन्दा थाेरै वडानं ५ र ८ मा १/१ जना र सबैभन्दा धेरै वडानं २ मा ८ जना काेराेना संक्रमित थपिएका छन् ।
यस्तै ३ हजार भन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् । हाल सम्म ३ हजार ७ सय २ जना काेराेना संक्रमण निकाे भएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ । नगर भित्रका कुल संक्रमित मध्ये ८५ प्रतिशत संक्रमित निकाे भएका छन् । हाल सम्म वडानं १५ मा सबैभन्दा धेरै ४ सय ५५ जना र वडानं २ मा सबैभन्दा थाेरै ९३ जना संक्रमण मुक्त भएका छन् ।
हाल नगरपालिका भित्र कुल ५ सय ८५ जना हाे तथा संस्थागत आईसाेलेसनमा छन् ।
बागलुङ, १७ जेठ २०७८ ।
जैमिनीमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । बागलुङको जैमिनी नगरपालिकामा सोमबार प्राप्त भएको रिपोर्ट मध्ये १२ जनामा कोरोना देखिएको हो ।
७५ जनाको स्वाव संकलन गरी पठाइएकोमा १५ जनाको रिपोर्ट आएको र ती मध्ये ९ जनाको पोजेटिभ आएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । बाँकी तीनजना सोहिदिन स्वेच्छिक जचाएकाहरु रहेका छन् ।
पोजेटिभ देखिएका नौ जना जैमिनी नगरपालिका ६ अर्जेवाका रहेका छन् भने स्वेच्छिक जचाएका एकजना जैमिनी ७ जैदिका एकजना, जैमिनी २ दमेकका, अर्का जैमिनी ३ उपल्लो दमेकका र एकजना पैयुँथन्थापका रहेका छन् ।
आइतबार विनामारे र अर्जेवामा ७५ जनाको स्वाव संकलन गरी परिक्षणको लागि पठाइएकोमा १५ जनाको रिपोर्ट आएको छ भने ६० जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाले स्वेच्छिक परिक्षण गराएकोमा तीनजनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित भन्दा निकाे हुने धेरैः ६ हजार भन्दा धेरै निकाेभए,४७६२ मा संक्रमण,११४ काे मृत्यु
काठमाडाैँ, १७ जेठ २०७८ ।
थपिएका संक्रमित भन्दा धेरै काेराेना संक्रमित संक्रमण निकाे भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरै काेराेना संक्रमित निकाे भएका हुन् । कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै ६ हजार ४ सय ९१ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेकाे छ ।
यसैगरी थप ४ हजार ७ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । देशभरीका विभिन्न प्रयाेगशालामा १५ हजार ५५ नमुनाकाे पीसीआर परीक्षणमा ४ हजार १ सय ७८ र २ हजार २ सय २५ नमुनाकाे एन्टिजेन परीक्षणमा ५ सय ८४ जना गरी कुल ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ ।
यस्तै थप १ सय १४ जनाकाे काेराेना संक्रमणका कारण मृत्युभएकाे छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी थप १ सय १४ जनाकाे काेराेना संक्रमणका कारण मृत्युभएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ७ हजार ३ सय ८६ पुगेकाे छ ।
कोरोनाविरुद्धको खोप अभियानः चीनले दिएकाे खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने
काठमाडौं, १७ जेठ २०७७ ।
चीनले दिएकाे खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने भएकाे छ ।
चिन बाट अनुदानमा प्राप्त खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने भएकाे हाे । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन आज राति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ जाँदै छ ।
आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने छ ।
उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमले जानकारी दिनुभयाे । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने बताइएकाे छ ।
यहि जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरिकका लागि कोरोनाविरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन भर्न आग्रह गरेको थियो । काेराेनाविरुद्धको दोस्रो चरणको खोप अभियान सकिने वित्तिकै यो अभियान शुरु हुने र यसको लागि तयारी भइरहेको महाशाखा प्रमुख झलक गौतमले बताउनुभयो ।
कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ र फारम भर्ने अन्तिम मिति भने मन्त्रालयले ताेकेकाे थिएन । काेराेना भाइरस कोभिड १९ सङ्क्रमणविरुद्ध खोप लगाउन जोसुकै इच्छुक नेपाली नागरीककले आवेदन दिन सक्ने बताइएकाे छ ।
काठमाडौँ, १७ जेठ २०७८ ।
एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेकाे छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयले प्रस्ताव गरेकाे हाे । एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिनुभयाे । मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको बताइएकाे छ ।
गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।
मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो । समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।
सुन र चाँदीकै मुल्य बढ्याेः के काे मुल्य कती ?
काठमाडाैँ, १७ जेठ २०७८ ।
सुन र चाँदीकै मुल्य फेरी बढेकाे छ ।
साेमबार पनि सुन र चाँदीकै मुल्य बढेकाे हाे । गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएकाे सुनको मूल्य सोमबार पनि थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ प्रतिताेला पुगेको 5 ।
तेजाबी सुन भने प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीकाे पनि मुल्य बढेकाे छ । सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै चाँदिकाे मुल्य पतिताेला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।