निर्वाचनमा ३ दिन सार्वजनिक बिदाको सिफारिस
काठमाडौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर शनिबार पर्छ ।
केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।
अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । ‘तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुन्छ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘धेरै मतदान हुने आकलनका आधारमा पनि हामीले यस्तो सिफारिस गरेका हौँ ।’
निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगको सिफारिसअनुसार यसबारे सरकारबाट निर्णय भएपछि सार्वजनिक गर्नेछौँ ।’ त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।
उम्मेदवारसहित घरदैलोमा पुगि गठबन्धनको आवश्यकता र अपरिहार्यता बुझाउदै पुर्वमन्त्री राठौर
बर्दगोरिया । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौर पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन अहोरात्र खटिन थालेका छ्न ।
जनताको विकास र समृद्धि तथा संविधानको रक्षाको निम्ति देशमा पाँच दलिय गठबन्धनको जित आवश्यक रहेको भन्दै उनी गठबन्धनका साझा उम्मेदवार जिताउन चुनावी अभियानका साथै घरदैलो अभियानमा लागिपरेका छ्न । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित विभिन्न स्थानमा जनताको घरदैलोमै पुगि साझा उम्मेदवारलाई भारी मतले जिताउन उनले आग्रह गरे ।
घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल, प्रदेश सभा सदस्य नन्द बहादुर साउद, संगै लागिपरेका छ्न । सो क्रममा उनले यो पार्टी त्यो पार्टी नभनी गठबन्धनको सर्कुलर अनुसार ,अगाडि बढ्न र साझा उम्मेदवार जिताउन नेता कार्यकर्तालाई निर्देशन र जनतालाई गठबन्धनको मर्म, भावना ,आवश्यकता र अपरिहार्यताको बारेमा जानकारी दिदै हिडेका छ्न ।
आउदो मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको हो ।
आफू निर्वाचित भएपछि कैलाली क्षेत्र नम्बर २ लाई समृद्धिको मार्गमा अगाडि बढाउछु :साउद
बर्दगोरिया । लोकतान्त्रिक–वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ले यस क्षेत्रलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने बताएका छ्न ।
शनिबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा बर्दगोरियाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । पुर्व प्रदेश सभा सदस्य समेत रहेका उम्मेदवार साउदले यसअघि पनि आफुले यहाँका नागरिकको अमुल्य भोटबाट आफू प्रदेस साङ्सद भएको भन्दै यसपटक पनि यहाँका जनताको अमुल्य साथ पाउने बताए ।
यहाँको धार्मिक ,सास्कृती तथा सामाजिक क्षेत्रका हिसाबले यो क्षेत्र निकै अनुकरणीय ठाउँ भएको भन्दै उनले भने – आफू निर्वाचित भएपछि यसलाई मुख्य प्राथमिकतामा पारी काम गर्नेछु । उम्मेदवार साउदले आफू प्रदेश साङ्सद हुदा यहाँका हरेक घर टोलमा योजना कार्यान्वयन गर्न नसकेपनि सडक, शिक्षा ,खानेपानी ,विधुत,सिचाइ लगाएतका क्षेत्रमा काम गरेको बताए । उनले भने – मैले आफ्नो कार्यकालमा यहाँको लागि कृषि अनुदान ,सडकको ट्र्याक खोल्ने लगाएतका काम गरेको भन्दै बाकी अधुरो योजना पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याका बारेमा आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने बताए ।
साउँदले संविधानको कार्यान्वयनसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि पनि गठबन्धनको जित हुन आवश्यक रहेको बताए । उनले आफू प्रदेश साङ्सद रहादा यहाँका जनताको लागि थुप्रै विकास निर्माणका योजनाहरु पूरा गरेको बताउदै अब बाकी योजना र केही नयाँ कार्ययोजना पुरागर्न आफ्नो उम्मेदवारी रहेको हुँदा भोट दिन अपिल गरे ।
कैलाली । नेकपा(एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।शनिबार प्रेस बिज्ञप्ति निकाल्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
बिष्ट लामो समय देखि नेकपा एमालेमा रहि विभिन्न संगठन हुँदै हाल अनेरास्ववियु कैलाली जिल्ला सह-सचीव रहेका थिए । पार्टी परित्याग गरि मंसिर ४ गते हुने आम निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन लाग्ने जान बिष्टले बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।
उनले बिज्ञप्तिमा मार्फत भनेका छन नेकपा एमाले एक कम्युनिस्ट पार्टी भन्दा माथी एक प्रा.लि रुपमा सामुहिकता भन्दा ब्यक्तिबादी हुँदै बिधान र महाअदिवेशनले गरेका निर्णयहरुलाई उलंघन गर्दै ब्यक्तिबादी बढी हाबी हुँदै पार्टीलाई मनोमानी रुपमा संचालन भएकाले अब राष्ट्रियता,जनतन्त्र र जनजिविका को सवालमा नेकपा एमालेबाट केहि हुन नसक्ने देखिएका कारण एमाले पार्टी छोडेको हु । राष्ट्रिय राजनीतिकमा जनताका अपेक्षित सवाल,राष्ट्रियता,जनजिबिका र जनतन्त्रका सवालमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुबाट मात्र सम्भब हुने देखिएकाले आफ्नो सम्पुर्ण शक्ति गठबन्धनका साझ उम्मेदवारहरुलाई बिजय गराउन लाग्ने गरि पार्टी परित्याग गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका छन ।
बर्दगोरिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आउने भएका छ्न ।
मङ्सिर ४ गते हुने आम निर्वाचनलाई केन्द्रित गरि आयोजना गरिएको विशाल चुनावी सभालाई सम्बोधन गर्न ओली आइतबार कैलालीको लम्की आउन लागेका हुन ।
ओलीले आइतबार कैलालीको लम्कीमा हुन गैरहेको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछ्न । कार्यक्रम दिउँसो १ बजे लम्की स्थित टीकापुर रोडमा हुने नेकपा एमाले मुल निर्वाचन परिचालन चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
एमाले अध्यक्ष ओली शनिबार लम्की आउदै
बर्दगोरिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आउने भएका छ्न ।
मङ्सिर ४ गते हुने आम निर्वाचनलाई केन्द्रित गरि आयोजना गरिएको विशाल चुनावी सभालाई सम्बोधन गर्न ओली आइतबार कैलालीको लम्की आउन लागेका हुन ।
ओलीले आइतबार कैलालीको लम्कीमा हुन गैरहेको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछ्न । कार्यक्रम दिउँसो १ बजे लम्की स्थित टीकापुर रोडमा हुने नेकपा एमाले मुल निर्वाचन परिचालन चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
मोहन्याल ४ मा गठबन्धनको चुनावी सभा ,स्थानीयले राखे समस्याको चाङ, उम्मेदवारले गरे यस्तो प्रतिबद्धता
बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।
शुक्रबार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडी र पट्रेनी लगाएतका स्थानमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल र प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद(राजेन्द्र ) लगाएतको उपस्थिति रहेको थियो । चुनावी अभियानका क्रममा रहेका उम्मेदवारलाई भव्य स्वागत गरिएको थियो ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे । सो क्रममा यहाँका स्थानीय नागरिकले आफुले विगत लामोसमय देखि भोक्दै आएका शिक्षा ,स्वास्थ्य ,खानेपानी ,यातायात ,सिचाइलगाएतका समस्याहरु राखेका थिए ।
स्थानीयका समस्या सुनेपछि उम्मेदवारहरुले आफू निर्वाचित भएपछि ती कुरालाई प्रमुख प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।
बिहिवार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर २ पाण्डौमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल र प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद(राजेन्द्र ) लगाएतको उपस्थिति रहेको थियो । चुनावी अभियानका क्रममा रहेका उम्मेदवारलाई भव्य स्वागत गरिएको थियो ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे । सो क्रममा पाण्डौनबासीले आफ्ना समस्याहरु राखेका थिए ।
बर्दगोरिया ६ बास्कोटीमा एमालेको घरदैलो कार्यक्रम
मुडा । आउँदो मङ्सिर ४ गते हुन गईरहेको आम निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो अभियान तीब्र पारेको छ ।
बुधबार कैलालीको बर्दगोरिया ६ बास्कोटी लगार्तका विभिन्न स्थानमा प्रदेश सभा सदस्य उम्मेदवार डेजि पाण्डेसहितको टोलिले घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलो अभियानमा सुर्य चिन्हमा मतदान गर्न आव्हान गरिएको छ । घरदैलो अभियानमा सहभागी उम्मेदवार पाण्डेले यहाँको शिक्षा ,स्वास्थ्य र पुर्बाधारका क्षेत्रमा उल्लेखनीय बिकास गर्दै आफुले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन आफ्नो उम्मेदवारि रहेको बताए ।
एमाले मोहन्याल ३ का वडा कमिटी सचिबसहित १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश
मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट नेकपा एमाले परित्याग गर्दै १० जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।
प्रवेश गर्नेमा नेकपा एमालेका मोहन्याल गाउँपालिका वडा नम्बर-३ का वडा कमिटी सचीव कविराज थापाको नेतृत्वमा १० जना बढी नेकपा एमालेका नेताकार्यकर्ता (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन ।
बुधबार बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सङ्गै आयोजित कार्यक्रममा उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) का साझा उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले टिका माला लगएर स्वागत गरेका हुन ।
कार्यक्रममा स्वागत गर्दै बाम लोकतान्त्रिक साझा गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नन्द बहादुर साउदले अहिलेको यो गठबन्धन देशको आवश्यकता भएको बताए । साथै अहिले देश चुनावी मैदानमा रहेका बेला उनीहरुलाई पनि चुनाव प्रचार प्रसारमा एक जुट हुँदै गठबन्धनका साझा उम्मेदवार लाई निर्वाचित गराउन एकरुपताका साथ अघि बढन आग्रह गरेका हुन ।