बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो या त्यो पार्टी नभनी सिङ्गो रूपमा गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भन्ने बारेमा रणनीतिक योजनासहित चुनाव केन्दित कार्यक्रममा सक्रिय हुन सुझाव दिए ।
कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले यसअघि पनि यहाँका जनताको अमुल्य साथ सहयोगबाट आफू निर्वाचित भएको बताउदै फेरि पनि जनताको विकास र समृद्धिका लागि अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धतासहित भोटको अपिल गरे ।
नेपाली काङ्ग्रेस वडा नम्बर १ का सभापति दिपेन्द्र बमको स्वागत मन्तव्य मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन धिरज शाहीले गरेका थिए ।
काठमाडौँ । आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।
देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने ।
उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने जनाइएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ ।
नेकपा माओवादी समाजवादीका सुदुरपश्चिम प्रदेस अध्यक्षसहित २६ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश
लम्कीचुहा । कैलालीको लम्कीचुहा नगरपालिकाबाट २६ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छ्न । पार्टी प्रवेश गर्नेमा नेकपा माओवादी समाजवादीका कार्यकर्ता हुन ।
यसअघि उनीहरु नेकपा (माओवादी केन्द्र) बाट समाजवादीमा प्रवेश गरेका थिए । मङ्सिर ४ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै गर्दा उनीहरू पुनः नेकपा (माओवादी केन्द्र) मै फर्किएका हुन ।
पार्टी प्रवेश गर्नेमा नेकपा माओवादी समाजवादीका सुदुरपश्चिम प्रदेसका अध्यक्ष धुर्ब सन्ज्यालसहित २६ जना छ्न । उनीहरू सबैलाई बिहिवार कैलालीको लम्कीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा उमेरवार रहेका भगत बहादुर बडुवाल ( मुक्ति )र नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य लाल बहादुर सोडारीले स्वागत गरेका थिए ।
बर्दगोरिया २ बासीद्वारा गठबन्धनका उम्मेदवार साउदलाई फुलमालासहित स्वागत(तस्बिरमा )
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।
यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलोको क्रममा गठबन्धनका साझा उम्मेदवार साउदलाई नागरिकले फुल माला र टीकाले स्वागत गरेका थिए ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले बताए ।
उनले यसअघि पनि यहाँका जनताको अमुल्य साथ सहयोगबाट आफू निर्वाचित भएको बताउदै फेरि पनि जनताको विकास र समृद्धिका लागि अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धता गरे ।
बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छ्न ।
बिहीबार बर्दगोरिया २ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साझा उम्मेदवार साउदले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले बर्दगोरिया २ मा रहेको बर्दगोरिया धाम र पिरुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई यहाँको विकास र समृद्धिको मार्गचित्र कोर्न सकिने बताए ।
बर्दगोरिया धाम धार्मिक तथा सास्कृतिक हिसाबले जतिसुकै चिरपरिचित छ, सोही अनुसार यसको विकास गरि आन्तरिक तथा बार्ह्य पर्यटको रोजाइ र पिरुवालाई पिक्निक स्पोर्ट्सका रूपमा बिकास गर्ने प्रतिबद्धता जनाए । यसैगरी उनले बर्दगोरिया २ मा सिचाइको व्यवस्था ,शिक्षाको पुर्वाधार ,सडक कालोपत्रे लगाएतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।
निवर्तमान सुदुरपश्चिम प्रदेश साङ्सद समेत रहेका साउदले भने – हरेक जनताको घर-घरमा योजना ,विकासका एजेन्डा पुराउन नसकेपनि हरेक वडा वडामा कुनै न कुनै योजना पुर्याएको दावी गरे । उनले बाकी रहेका थुप्रै योजना र अधुरा काम पूरा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट आफू उम्मेदवार बनेको भन्दै सम्पुर्ण नेता ,कार्यकर्ता र आम निर्वाचन क्षेत्र नम्बर २ (ख) का बासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीलाई चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न आग्रह गरे ।
बर्दगोरिया २ मा गठबन्धनको घरदैलो कार्यक्रम,उम्मेदवार साउद भन्छन् जनताको उत्साहजनक अपेक्षा पाए
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।
यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले बताए ।
उनले यसअघि पनि यहाँका जनताको अमुल्य साथ सहयोगबाट आफू निर्वाचित भएको बताउदै फेरि पनि जनताको विकास र समृद्धिका लागि अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धता गरे ।
एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष डम्बर बि.क.सहितको टोलि नेकपा (माओवादी केन्द्र) मा प्रवेश
बर्दगोरिया । नेकपा एमाले बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का टोल कमिटी अध्यक्ष डम्बर बि.क नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैलेनी टोल कमिटी अध्यक्ष बि.क ले बुधबार नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन ।
बि.क कै नेतृत्वमा अन्य १० जना नेता कार्यकर्ता एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद ने टिका माला लगाएर स्वागत गरेका हुन।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।
यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर ३ को रानिकुण्टा, बुटकौवा र खैरेनीमा घरदैलो कार्यक्रम गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको हो ।
घरदैलो कार्यक्रममव संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले आफ्ना बाकी रहेका तथा अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धता सहित जिताउन अपिल गरे । घरदैलो अभियानमक क्रममा वडा नम्बर ३ बासीले आफ्नो ठाउँमा मुख्य गरि नदी कटानको समस्या रहेको बताएका थिए ।
घरदैलोको क्रममा स्थानीय नागरिकले उठाएका समस्या आफुले जसरी पनि पुरागर्ने साउदले प्रतिबद्धता जनाएका थिए ।
बिहिवारदेखि पार्टी र उम्मेदवारले आमसभा गर्न पाउने
काठमाडौँ । राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गते बिहीबारबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो ।
‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।’
उनले आयोगले निर्वाचन आचारसंहिता पालना भएनभएकोबारे सूक्ष्म अनुसन्धान गरिरहेको तथा उम्मेदवारहरूले निर्वाचनमा गर्न पाउने खर्चबारे सीमा तोकेको भन्दै सोही अनुसार गर्न आग्रह गरे । यसअघि आयोगले कात्तिक १६ सम्म २५ जना भन्दा बढीको समूहमा घरदैलो समेत गर्न नपाउने आचारसंहिता बनाएको थियो ।
निर्वाचनको निष्ठालाई जोगाउन सबै क्षेत्रबाट सहयोग गर्न पनि निर्वाचन आयोगले विशेष आग्रह गरेको छ । आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको बताए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुरमा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले घरदैलो कार्यक्रम गरेको हो ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको हो ।
घरदैलो कार्यक्रममव संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले आफ्ना बाकी रहेका तथा अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धता सहित जिताउन अपिल गरे । घरदैलो अभियानमक क्रममा सुन्दरपुरबासीले आफ्नो ठाउँमा मुख्य गरि नदी कटानको समस्या रहेको बताएका थिए ।
घरदैलोको क्रममा स्थानीय नागरिकले उठाएका समस्या आफुले जसरी पनि पुरागर्ने साउदले प्रतिबद्धता जनाएका थिए ।