काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।
आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ । रासस
बर्दगोरिया ४,५ र ६ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उदघाटन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४,५ र ६ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) अन्तर्गतका सम्पर्क कार्यालय उदघाटन तथा संयुक्त चुनावी कार्यक्रम सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गरिएको हो ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २( ख) बाट सुदुरपश्चिम प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) को प्रमुख आथित्यमा कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडूवाल, नेपाली कांग्रेस महासमिति सदस्य हेम बहादुर रावल लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा गठबन्धनका साझा उम्मेदवारलाई भारी मतका साथ बिजयी गराउन सबैले आ-आफ्नो तह र तप्काबाट सक्रियताका साथ चुनावी अभियानमा लाग्नुपर्ने कार्यक्रममा सहभागी नेता कार्यकर्ताले बताए ।
कार्यक्रमबाट मंसिर ४ गते हुने प्रतिनिती सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारलाई निर्वाचित गराउन पार्टीका नेता तथा कार्यक्रमलाई विभिन्न जिम्मेवारी समेत दिइएको छ ।
बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।
मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए ।
शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।
उद्घाटन कार्यक्रम प्रमुख अथितिको आसनबाट बोल्दै साउदले यो निर्वाचन भनेको एक देश र संविधानको रक्षाको लडाइ भएको बताए । उनले भने प्रतिगामीका विरुद्ध लोकतान्त्रिक बाम गठबन्धन एक चट्टानका रुपमा उभिनु पर्ने बेला आएको बताउदै आउदो निर्वाचनमा देशभर बाट साझा गठबन्धनका उम्मेदवार लाई जुनसुकै अवस्थामा पनि विजयी गराउनु पर्ने बताए ।
सोहि क्रममा उनले भने सबै जनाले आ-आफ्नो स्थानबाट गठबन्धनका उम्मेदवारलाई जिताउन र प्रतिगामी पार्टीले गरेका हर्कत हरुबारे पनि प्रष्ट रुपमा जानकारी गराउन जरुरी रहेको बताए ।
पार्टी सम्पर्क कार्यालय वडा नम्बर १ को कट्टीपुर चोक र वडा नम्बर २ को होटेल प्याराडाईजको पुर्व पट्टी खोलिएको छ ।
बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) मा उक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई कसरी विजयी गराउने बिषयमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का संयोजक राम कृष्ण डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीका अगुवा नेता गणहरुले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा गठबन्धनका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शा, क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) एकीकृत समाजवादीका राजेश मयाल (अग्निशिका), एकीकृत समाजवादी तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बसन्ती कुमारी डगौरा, नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर २ (ख) समानुपातिक तर्फ बाट प्रदेश सभा सदस्य पुजा बुढा मगर, एकीकृत समाजवादीका कर्ण जैशी, नेपाली काङ्ग्रेसका हेम बहादुर रावल, नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य बिमला शाहा लगाएका नेता कार्यकर्ताले भनाई राखेका थिए ।
पार्टी र चुनाव चिन्हमा संकोच नमानी बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन कमल शाहको निर्देशन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका आयोजित गठबन्धनका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शाहले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निस्वार्थपुर्ण निर्वाचित गराउन नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई निर्देश दिएका छन ।
सोमवार बर्दगोरिया गाउँपालिकामा आयोजित बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाहले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहले अहिलेको चुनावी लडाइँ बाध्यात्मक रहेको बताउदै नेपाली काङ्ग्रेसका क्रियाशील नेता कार्यकर्ताले जुनसुकै अवस्थामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।
उनले भने – हिजो के भयो ? त्यसमा कसैले पनि मनमुटाव नराखी पार्टीको निर्देशन र अहिले देशको अवस्थालाई मुल्यांकन गर्दै कुनै पार्टी वा त्यस्को चुनाव चिन्नमा संकोच नगरी बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन र बाम लोकतान्त्रिक गठबन्धनको मेरुदण्डको रुपमा काम गर्न पार्टीका अगुवा नेता कार्यकर्तालाई निर्देश दिएका हुन ।
पहिले पनि देशको राजनीतिलाई नयाँ बाटो देखाउदै देश र देशका जनताको निकासका निम्ति नेपाली काङ्ग्रेस र नेकपा माओवादीले काधमा काध राखी अगाडि बढेको कुरा स्मरण गराउदै अहिले पनि देशको संविधान रक्षा, आर्थिक क्रान्तिका निम्ति नेपाली काङ्ग्रेसले बाम गठबन्धन सहित देशको नेतृत्व समाल्नको निम्ति लागि परेकोले यसमा कुनै संकोच नमानी गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गाराउन लाग्नु पर्ने बताए ।
उनले भने- अहिले केहि व्यक्तिहरु पार्टीको नीति निर्देशन, देशको आवस्यकता लाई ख्याल नगरी स्वार्थ पुर्ण व्यवहार देखाउदै पार्टी प्रती विभिन्न प्रकारका लान्छना लगाउदै स्वतन्त्र उम्मेदवार दिएका छन । त्यस्ता व्यक्ति पार्टी र संगठन भनेको के हो ? भन्ने कुराको स्मरण गराउन पनि आजको आवश्यकता रहेको बताए ।
राजनीतिको नाममा खुद्रा पार्टी खोलेर व्यवसाय गर्नेहरु मङ्सिर ४ पछि बढारिन्छन – साउद
बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बढार्ने बताएका छन ।
सोमबार कैलालीको बर्दगोरियामा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनको सयुक्त क्षेत्रीय अगुवा कार्यकर्या भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रिय पार्टीहरु समेत गठबन्धन गरि चुनावी मैदानमा उत्रिएको बेला केही स-साना क्षेत्रीय पार्टीहरुले चुनाव जित्छौ र आफ्नो सरकार बनाउछौ भन्ने कुरा दिवा सपना मात्रै भएको बताए ।
यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका साउदले नेपाली जनताको अधिकार स्थापित गर्नका लागि थुप्रै आरोह अबरोह पारगरी आएका पार्टीहरुलाई चुनौती दिने दिन अझैपनी कुनै शक्तिको हातमा नआएको भन्दै त्यस्ता तत्व,शक्ति र पार्टीलाई गठबन्धनले मङ्सिर ४ गतेहुने चुनावबाट देशैभरीबाट बढार्ने बताए ।
निवर्तमान सुदुरपश्चिम प्रदेश साङ्सद समेत रहेका साउदले भोटको आधारलाई मात्रै गणना गर्ने हो भनेपनि आफ्नो र बाम गठबन्धनको जित ७० प्रतिशत भइसकेको बताए । जित हाम्रो सुनिश्चित भइसकेको छ, उनले भने – सबै साथीहरूले इमानदारीता तोड्नु हुनेछैन, अनुशासन र नैतिकताको हिसाबले पनि गठबन्धनमै भोट हाल्नु जरुरी देखिन्छ ।
प्रदेश सभा सदस्य उम्मेदवार साउदले भने – यतिबेला देश चुनावी माहोलमा होमिएको छ, सदियौदेखि उत्पीडित वर्ग समुदायको हक अधिकार स्थापित गर्ने पार्टीबिच गठबन्धन भैइ चुनावी मैदानमा उभिएको बेला ,जनतालाई झुक्याउने ,मनोबैज्ञानिक हिसाबले ब्ल्याक मेल गर्ने शक्तिहरु सक्रिय भएका छ्न त्यसैले मेरो पार्टी अरुको पार्टी नभनि सबैले आफ्नो साझा उम्मेदवारलाई भोट हाल्न आवश्यक छ ।
एक अर्को प्रसङ्गमा साउदले भने आफू यसअघि पनि जनताको माया र भोटले साङ्सद बनिसकेको भन्दै हरेक जनताको घर-घरमा योजना ,विकासका एजेन्डा पुराउन नसकेपनि हरेक वडा वडामा कुनै न कुनै योजना पुर्याएको दावी गरे । उनले बाकी रहेका थुप्रै योजना र अधुरा काम पूरा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट आफू उम्मेदवार बनेको भन्दै सम्पुर्ण नेता ,कार्यकर्ता र आम निर्वाचन क्षेत्र नम्बर २ (ख) का बासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीलाई चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न आग्रह गरे ।
हामीलाई नैतिक दवाबमा पारी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराइयो,हामी एमालेमै छौ ; कविराज र पदमराज
बर्दगोरिया । तीन दिन अघिमात्र नेकपा (माओवादी केन्द्र ) परित्याग गरि एमाले प्रवेश गरेका कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बस्ने कविराज तिरुवा र पदमराज तिरुवाले आफुहरु एमालेमै रहेको बताएका छ्न ।
बौनियामा आइतबार राती पत्रकार सम्मेलको आयोजना गरि उनीहरू दुबैजनाले नेकपा (माओवादी केन्द्र) भित्रको राजनीतिक यात्रा आफुहरुलाई चित्त नबुझेको भन्दै नेकपा एमाले प्रवेश गरेको जानकारी सहित आफुहरु एमालेमै रहेको बताएका हुन । माओवादी भित्रको राजनीतिक वितृष्णा मन नपरी हामी एमाले प्रवेश गरेका हौ, उनीहरूले पत्रकार सम्मेलनमा भने – हामी एमालेमै छौ ,पुनः माओवादी प्रवेश गरेको भन्नेकुरा सत्य होइन ।
नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश जेष्ठ कम्युनिस्ट मन्चका सदस्य कविराज तिरुवा र सुदुरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य पदम तिरुवा असोज २७ गतेमात्र माओवादी परित्याग गरि एमाले प्रवेश गरेका थिए । तर त्यसको तिनदिनमै आफुहरुलाई माओवादी केन्द्रका साथीहरूले नैतिक दवाब पारी जबर्जस्त पुनः माओवादी मै केन्द्रमा प्रवेश गराएको आरोप लगाएका छ्न।
आइतबार दिउँसो मात्रै उनीहरू नेकपा माओवादी पार्टी भित्रको ससानो तिक्तता र मन मुटावले आफुहरु पार्टी छोडेर एमाले गएको तर ती सबैकुरा भुलेर पुनः माओवादी केन्द्रमै फर्किएको कुरा बिज्ञप्तिमार्फत जनाएका थिए । उनीहरू दुबैजनालाई पुनः पार्टी मै फर्काइएको नेकपा माओवादी केन्द्र बर्दगोरियाले जनाएको थियो । सोही समाचारले चुनाबि माहोलले तातेको बर्दगोरियाको राजनीतिमा तरङ्ग पैदा भएको थियो ।
एमाले प्रवेश गरेको तीन दिनदिन पछि पुनः माओवादी केन्द्रमा फर्किए कविराज र पदम
बर्दगोरिया । नेकपा (माओवादी केन्द्र ) बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का जेष्ठ कम्युनिस्ट सुदुरपश्चिम प्रदेश सदस्य कविराज तिरुवा र सुदुरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य पदम तिरुवाले आफू माओवादी केन्द्रमै भएको जानकारी दिएका छन ।
उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको जानकारी दिएका हुन ।
विज्ञप्तीमा भनिएको छ- आफुहरु केहि आन्तरिक मन मुटाबका कारण यहि असोज २७ गतेका दिन आफुहरु नेकपा माओवादी केन्द्र बाट परित्याग गरि नेकपा एमाले पार्टीमा प्रदेश गरेको भएपनि आज मिति २०७९ साल असोज ३० गते बाट पुन आफुहरु माओवादी केन्द्रमा नै प्रदेश गरेको जानकारी गराईन्छ ।
कैलाली । सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट हटाएको छ ।
एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्कासन गरेका हुन् ।
पाठकले केन्द्रको निर्देशनअनुसार उनीहरूलाई हटाएको बुझिएको छ । सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क)साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।
बर्दगोरियामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा, जीत सुनिश्चित रहेको दावी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) कैलालीले शुक्रबार बिजया दशमी शुभ दिपायली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संयुक्त चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) ले सो कार्यक्रम गरेको हो ।
कार्यक्रम भर्खरै सम्पन्न भएको हिन्दु नेपालीहरुको महान चाड वडा दशै तथा आउदैन गरेको शुभ दिपावली तथा छ्ट पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य र क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी रहेका उम्मेद्वारलाई कसरी निर्वाचित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा गठबन्धनका साझा उम्मेदवारलाई भारी मतका साथ बिजयी गराउन सबैले आ-आफ्नो तह र तप्काबाट सक्रियताका साथ चुनावी अभियानमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले आफ्नो जित सुनिश्चित भएको दावी गरे । उनले भने हामी गठबन्धनका साथ चुनावी मैदानमा छौ, अङ्ग गणितीय हिसाबले समेत हाम्रो भोट सङ्ख्या सबैभन्दा बढी छ, त्यसैले जित सुनिश्चित भएको हुँदा कसैले पनि अन्तरघात नगरी चुनावमा सघाउन आवश्यक छ । उनले यसअघि आफुले यहाँको विकास र समृद्धिका लागि थुप्रै योजना अघि सारेको, थुप्रै काम पूरा गरेको र बाकी रहेका काम पुरागर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
कार्यक्रममा सहभागी अन्य बक्ताहरुले भने- हामी गठवन्धनका साथ यहाँको विकास ,समृद्धिका लागि चुनावी मैदानमा छौ । गठबन्धनका उम्मेदवार नै साझा उम्मेदवार भएको हुँदा आम कार्यकर्ता, नेता, बुद्धिजीवी सबैले भोट हाल्न आवश्यक रहेको बताए । गठबन्धनको उम्मेदवारको पराजय हुनु सबै साझा चुनावी मैदानमा होमिएका दलहरुको हार हुने र यसबाट जनताको माझमा गरिएका बाचा, प्रतिबद्धता र अधुरा कामहरु प्रभावित हुने भएको हुँदा सबैले सचेत रहन आग्रह गरे ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का संयोजक रामकृष्ण डगौरा (थारु)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य (माओवाद केन्द्र) का बर्दगोरिया गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष भेखुराम चौधरीले राखेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कमिटी सभापति कृष्ण बिष्ट, नेपाली काङ्ग्रेसका ब्रीजेश रावल, नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य नवीन पुनमगर, एकीकृत समाजवादीका दिल बहादुर बिक, जनमोर्चा कि रुपा आले, नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य तथा बर्दगोरिया गाउँपालिका इन्चार्ज रुपक सुनार, नेपाली काङ्ग्रेस कैलालीको क्षेत्र नम्बर २ का सभापति विष्णु ढकाल, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य लाल बहादुर सोडारी, नेपाली काङ्ग्रेस पुर्व महासमिति सदस्री राम नारायण थारु लगाएका नेता कार्यक्रताले आगामी निर्वाचनमा उम्मेद्वार लाई कसरी निर्वाचित गर्ने भन्ने बिषमा आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमबाट मंसिर ४ गते हुने प्रतिनिती सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारलाई निर्वाचित गराउन पार्टीका नेता तथा कार्यक्रमलाई विभिन्न जिम्मेवारी समेत दिइएको छ ।