दार्चुला। नेपाली कांग्रेस दार्चुला का प्रभावशाली युवा नेता १३ औं महाधिवेशन प्रतिनिधि उमेशसिंह खत्रीले नेपाली कांग्रेस दार्चुलाको आउँदै गरेको ७ औं अधिबेशनमा जिल्ला उपसभापतिमा उम्मेदवारी घोषणा गरेसंगै नेपाली कांग्रेस दार्चुलाका नेता कार्यकर्तामा खुसियाली छाएको छ।
३३ बर्षिय युवा नेता खत्री नेपाली कांग्रेस दार्चुलाका आश लाग्दा भविष्य बोकेका नेता हुन्। कांग्रेस दार्चुलामा यतिखेर युवा नेतृत्वको चर्चा चलिरहँदा खत्री चर्चाको शिखरमा छन्। निडर र साहसी अनि बौद्धिक नेताको छवि बनाएका खत्री यतिबेला पार्टी भित्र र बाहिर आकर्षणको केन्द्र बनेका छन्।
युवा नेता खत्रीले आफ्नो जीवनको १२ वर्षको उमेरदेखि राजनीतिको थालनी गरेको हुन्। नेता र कार्यकर्तासँगको भेटघाट र कुराकानीमा हसिलो र फुर्तिलो भएर आकर्षक किसिमले प्रस्तुत हुने खत्री नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सर्बाधिक मत सहित सबैभन्दा कम उमेरमै महाधिवेशन प्रतिनिधिमा बिजयी बनेका थिए। गाउँ, जिल्लादेखि केन्द्रसम्म नेता देखि कार्यकर्ताहरुको मनमुटुमा बसेका युवा नेता खत्री जनता र कार्यकर्ताको काममा न रात भन्छन्, न दिन भन्छन्, न थकाइ, न निद्रा। खत्री को राजनीतिक सक्रियता र काम गर्ने कौशलता देखेर दार्चुलाका युवाहरु पनि निकै उत्साहित छन्।
यो पटक खत्री को उम्मेदवारी देखेर आम दार्चुला कांग्रेसमा उत्साह छाएको छ। सुरुमा युवा नेता खत्रीको जिल्ला सभापतिमा भिड्ने चर्चा चलेपनि अन्तिममा नेता खत्रीले एक स्टेप पछि सरेर उपसभापति रोजेका छन्।कांग्रेस पार्टी ददार्चुलका सम्पुर्ण भातृ संस्थाहरुमा पुरै अहिले युवा नेता खत्रीको साथ र समर्थनमा लागिसकेका छन्। जिल्लामा २४ घण्टा पार्टीको काममा खट्ने भएकाले यो पटक नेता उमेश सिंह खत्रीको उपसभापति पदमा विजय निश्चित जस्तैः बनेको छ।