काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् ।
कतारको अल थुमामा रङ्गशालामा हुने आजको पहिलो खेलमा साबिक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स समूह ‘डी’ को विजेताको रूपमा र पोल्यान्ड समूह ‘सी’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।
यस्तै, आजको दोस्रो खेलमा राति १२स्४५ बजे इङ्गल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रङ्गशालामा हुनेछ ।