बर्दगोरिया । कैलालीको बर्दगोरिया र जोशीपुर गाउँपालिका जोड्ने सडकमा रहेको कल्भर्ट जिर्ण अबस्थामा पुगेको छ । दैनिक सैयौको सङ्ख्यामा सवारीसाधन आवातजावत गर्ने सडकमा रहेको सो कल्भर्ट जिर्ण बनेपछि दुर्घटनाको खतरा बढेको देखिन्छ ।
बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ र जोशीपुर गाउँपालिकाको ६ नम्बर जोड्ने उक्त कल्भर्ट दुई पालिकाको सीमा निर्धारण गर्दछ । कल्भर्ट बनेको लामो समय बितिसक्दा पनि मर्मत नहुदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउछ्न । सो कल्भर्टको मुनिबाट चिनिएका ढुङ्गाहरु खस्किदै गएपछि बर्षातमा कल्भर्ट नै भासिने खतरा बढेको छ ।
तर कल्भर्टको अबस्था दयनीय बनिसक्दा पनि दुबै पालिकाको ध्यान अहिलेसम्म जान नसकेको स्थानीय बताउछ्न । कैलालीको बर्दगोरियादेखि जोशीपुर गाउँपालिका हुँदै भजनी नगरपालिका जोड्ने मुख्य सडकमै कल्भर्टको अबस्था नाजुक बनेपनि कसैको ध्यान जान सकेको छैन । सो सडकमा दैनिक सैयौ सवारी र मालबाहक सवारी गुड्ने गर्दछ्न ।
कल्भर्टको मुनिबाट भत्किदै गएपछि ठूलो दुर्घटनाको जोखिम बढेको हो ।