बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । मंगलबार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजनामा भएको तालिममा ९० जना बढीको उपस्थिति रहेकोे थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकको सभाध्यतामा भएको कार्यक्रमा वडा नम्बर २ का वडा सदस्य अट्वारी चौधरी ,कलावती ढुंगाना, मोहन चौधरी ,धौली देवि विक अथिती रहनुभएको भएको थियो ।
तालिममा सहभागीलाई वरिष्ठ अधिवक्ता ,कानुनबिद गणेश कडायत्ले प्रशिक्षण दिएका थिए । ९० जना बढी प्रशिक्षार्थी सम्मिलित तालिममा विशेष गरी नेपालमा महिलामाथि हुने विभेद, यातना र हिंसा न्यूनिकरण र कानुनी प्रक्रियाको विषयमा जानकारी गराइएको थियो ।
तालिमा सहभागीलाई समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिताको अबस्था, समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवम् अंगहरुका साथै महिला, दलित, गरिब वा पछाडि परेका वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागी गराउने कार्य, समावेशीकरण ,विभेद न्यूनीकरण ,घरेलु तथा सामाजिक हिंसा र विभेद ,यसको न्यूनीकरण र कानुनी अबस्थाका बारेमा समेत जानकारी गराइएको थियो ।