रमेश बम बौनिया,कैलाली । हामी जनप्रतिनिधि निर्वाचित भएर आउँदा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को विकास लगभग शून्य अवस्था थियो । धेरैजस्तो गाउँटोलमा राम्रोसँग बाटो नै पुगेको थिएन । वडा नम्बर ३ लाई पालिकाकै विकट मानिन्थ्यो । संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भएपछि अहिले गाउँ गाउँसम्म विकासले गति पाउदै गएको छ । बर्दगोरिया ३ का वडा अध्यक्ष करने सुनार भन्नुहुन्छ ,परिवर्तन विकासले ल्याउने हो, विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आएपछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तहसम्म सरकार पुगेकै कारण अहिले वडा हुँदै टोलसम्म क्रमिक रूपमा विकासले गति लिएको छ ।
स्थानीय नागरिकको स्वास्थ्य,शिक्षा ,कृषि तथा खानेपानीको निम्ति हामीले धेरै राम्रो काम गरेका छ्न ।भौतिक निर्माणको क्षेत्रमा समेत केही उल्लेखिय कार्य भएका छ्न । सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि हामीले राम्रो प्रगति गरेका छौ । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडी बढीरहेका छौ ,वडा अध्यक्ष सुनार भन्नुहुन्छ – यस वडामा विकासका प्रशस्त योजनाहरु आएका छन् । तीनओटै तहका सरकार मार्फत विभिन्न योजना अघि बढेका छन् ।
हामीले वडामै जनताको आधारभुत स्वास्थ्य सेवाका लागि स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएका छौ । सुविधायुक्त भवनबाट नागरिकले स्वास्थ्य सेवा लिइरहेका छ्न । खानेपानीको ठूलो योजना निर्माणाधीन चरणमा छ, हामीले वडाबासीका लागि सामुदायिक भवन बनाएका छौ । वडा अध्यक्ष सुनार भन्नुहुन्छ – बुटकवामा बौद्ध गुम्बा, राधाकृष्ण मन्दिर, न्युज ज्योति प्राविको भवन, काडा कुइरा नदीमा तटबन्ध ,कोलपुरचोकदेखि बुटकवासम्म ट्र्याक खोली बाटो बनाएका छौ । जनताको लागि डीप बोरिङ,दक्षिणतर्फ सेती लोकमार्गको बाटो हुँदै खैरेनीसम्म बाटोको ट्र्याक खोलेका छौ, आवश्यक कल्भर्ड, न्यु ज्योति प्राविको भवन बनाएका छौ भने जगदम्विके भगवती माविको भवन पनि बनाउदै छौ, जसको १२ कोठे पक्की भवन निर्माणाधीन अबस्थामा छ ।
कहिलेकाही चाहेर पनि धेरै कुरा गर्न नसकिने हुदो रहेछ । आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ । अध्यक्ष सुनार भन्नुहुन्छ ,राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोछ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो ।
अहिले पनि भाडाकै घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको छ । वडा कार्यालय बनाउन आवश्यक जग्गा भएन,त्यसैको लागि आफैले पहल गरे र दाता भेटाए । वडा कार्यालय निर्माणका लागि स्थानीय मनरिस आचार्य र ऋषिराज आचार्यले पाँच कठ्ठा जग्गा दान दिनुभयो ,अहिले त्यो जग्गा वडाको नाममा छ । वडा सरकार संचालनका लागि यतिठुलो सहयोग गर्ने जग्गादाता दुबै दाजुभाई प्रति आभारी र सम्मान गर्छु । अब बजेटको व्यवस्था गरि वडाको भवन बनाउने योजना पनि छ ।
हामीले वडामा दीर्घकालीनसम्म रहने, देखिने र सुबिधाका लागि विकासको काम गरिरहेका छौ । अध्यक्ष सुनार भन्नुहुन्छ – वडाका नागरिकलाई सहज यातायातको सुबिधाका लागि मुख्य राजमार्गसम्म जोड्ने बाटो कालोपत्रे गर्ने योजना अघि बढाएको छु । जगदम्बिके स्कुलदेखि बुटकुवासम्मको ७ सय मिटर लामो बाटो कालोपत्रे हुदैछ,जसको लागि ३० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छु । स्थानीय नागरिकको सेवाका लागि हामीले तीनवटा सामुदायिक पीपल चौतारी बनाएका छौ, थप दुई वटा अबको दुई महिनाभित्र नै बनिसक्ने छ्न । वडा नम्बर ३ लाई बर्दगोरिया धार्मिक क्षेत्र जोड्न झोलुङ्गे पुलको ठेक्का र वडा नम्बर ३ र ४ लाई जोड्न पनि झोलुङ्गे पुलको शिलान्यास भएका छ्न । बाटो छेउमा पक्की नाला, वडाका मुख्य र सहायक रोडहरु कालोपत्रे गर्न, सडक फराकिलो र चौडा, खानेपानीको ट्याङ्की निर्माणको काम पुरा, काडा कुइरा नदीमा पक्की पुल निर्माण लगाएतका काम बाकी नै छ्न । गाउँमा सञ्चालन हुने हरेक अभियानमा म जनताकै साथमा हुन्छु । वडा अध्यक्ष सुनारका अनुसार अब छिट्टै वडा कार्यालयको भवन निर्माणको थालनी हुनेछ ।