लाचारी सरकारका भेडा जनता- नराम्राेकाे विराेध र राम्राकाे समर्थन गर्न कहिले सिक्ने ?
सुजन प्रेमी
अहिले कोरोना महामारीले विश्व नै आक्रान्त बनेको छ । विश्वको महामारी नेपालमा नआउला भनेर त कल्पना पनि नगर्दा हुन्छ किनकि यहाँ न बिधि छ न पद्धति । सावधानी र चेतना भन्ने शुन्य जस्तै भएको नेपालमा वीर नेपाली बस्छन् अनि यिनिहरुले अरुलाई टेर्छन् ? कोरोनाको यो महामारी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर विश्व नै चिन्तित बनेको छ । सन् २०१९ को अन्त्यतिर चिनबाट सुरु भएको कोरोना २०२० को आधाआधिमा चिनले करिबकरिब नियन्त्रणमा लियो ।
विश्व घुमिरहेको कोरोनालाई नियन्त्रण त के सावधानीको अभ्यास सम्म भएको पाइदैन नेपालमा । अन्तरास्ट्रिय उडान र खुल्ला सिमानामा उचित सुरक्षा अपनाउन नसक्दा अपत्यारिलो रूपमा कोरोना नेपाल भित्रियो । कोरोना आएको सुरुवाती चरणमा सरकारले तदारुकता देखाएझैँ गर्यो । लकडाउन गर्नेदेखि उपचार गर्नेसम्मका काम प्रभावकारी देखिएपनी एकदुई महिना मै सरकार सुस्तायो अनि जनताले पनि सरकारलाई टेर्न छोडे । टेरुन् पनि कसरी ? कहिलै विधि र बिधानमा चल्ने बानी भएपो?
५ सयको रक्सी खाएर दश रुपैयाँको मास्क सरकारले दिएन भनेर सडकमा बिरोध गर्ने हामी नागरिकलाई चै किन लाज नलागेको होला है??
महामारी भुसमा आगो फैलिएझैँ फैलियो । तर चेतनाहिन जनताले सुरक्षा अपनाउनै मानेनन् । आदेश पालन गर्दै गरेनन् । अलिकति चेतना भएका भनौदा राजनीतिक दलहरूले भटाभट मान्छे ओसारपसार गर्न थाले । त्यसपछि त नेपालमा कोरोनाको अवस्था भयावह हुँदै गयो । हप्ताको एकजना संक्रमित देखिएको नेपालमा दिनहुुँ ४/५ हजारको हाराहारीमा कोरोना संक्रमित देखिए । जब महामारी फैलिदै गयो तब सरकार सत्ता जोगाउन लागि पर्यो, प्रतिपक्षी सरकार ढाल्न लागि परे, अरु राजनीतिक दल मै चोखो भन्दै नारा लाउन थाले अनि भेडा जनता तिनैको पछि दगुर्न थाले ।
सरकारकाे अहिलेकाे ब्राण्ड भने कै मास्कमा कमिसन, भ्याक्सिनमा कमिसन, पाइला पाइलामा कमिसन, ठेक्का लागाउँदा नि कमिसन, सामान ल्याउँदा नि कमिसन । अहिलेको सरकारको उदाङ्गो चरित्र यहि बनिसकेको छ ।
यो महामारी हो यसले हामी कसैलाई छोड्दैन भन्ने चेतना नेपालीहरुमा कहिले आउँछ ? यस्तो महामारीमा बिहे नगरे हुँदैन ? भोज नगरे हुँदैन ? रमिता नगरे हुँदैन ? अहँ हुदै हुदैन यो त गर्नैपर्छ बरु मर्न तयार तर अरुलाई टेर्ने, अरुको कुरा सुन्ने, मनन् गर्ने भन्ने त स्वाभिमानी नेपालीले जान्दै जान्दैन । हो यहि घमण्डले न हामी अघि गयौं न देश । जनताको यहि भेडोपनले कोरोना संक्रमण झन बढिरहेको छ । सरकारले त केही गर्दै गर्दैन । यो सरकार सत्तालाई कसरी टिकाउने भन्ने मात्रै सोचिरहेको छ । जनताको आवश्यकता के हो? भन्ने सरकारलाई के थाहा ? अनेकथरी नारा र आश्वासन मात्रै दिन जानेको सरकार यति लाचारी भैसकेको छ कि अब महामारीमा पनि कमिसन र भ्रस्टाचारमा लिप्त हुन थालेको छ ।
सरकारकाे अहिलेकाे ब्राण्ड भने कै मास्कमा कमिसन, भ्याक्सिनमा कमिसन, पाइला पाइलामा कमिसन, ठेक्का लागाउँदा नि कमिसन, सामान ल्याउँदा नि कमिसन । अहिलेको सरकारको उदाङ्गो चरित्र यहि बनिसकेको छ । सरकारले त गरेन गरेन तर नागरिक चै किन जिम्मेवार नबनेको ? सरकारको कमजोरीको फाइदा उठाएर बिरोध मात्रै गर्ने अनि आफू कोरोना रोकथाममा उदासीन बन्ने चरित्र हामी नेपालीको पहिचान हो । आफुले जे गरेनी ठिक ठान्ने भेडो सोचले हामी कहिले उँभो लाग्ने? कमसेकम आफ्नो दायित्व पूरा गरौं ।
५ सयको रक्सी खाएर दश रुपैयाँको मास्क सरकारले दिएन भनेर सडकमा बिरोध गर्ने हामी नागरिकलाई चै किन लाज नलागेको होला है?? मियो बिनाको दाइ भनेको यहि त होला जुन अहिले भोगिरहेका छौँ । जिम्मेवारी भन्ने हामीले किन बुज्दैनौ? सरकार र जनताले आ आफ्नो जिम्मेवारी बोध गर्दिने हो भने कत्ति सुन्दर हुन्थ्यो होला मेरो देश? म यहि कल्पनामा डुबिरहेको छु । कोरोनाबाट आफु बाचौँ, अरुलाई पनि बचाउँ ।
कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार दिइने, कर्मचारीलाई प्रोत्साहन भत्ता
तनहुँ, ८ जेठ २०७८ ।
तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।
नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
कर्मचारीलाई प्रोत्साहन भत्ता
नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।
निषेधाज्ञामा आकस्मिक रक्तदान
रगत अभावका कारण बिरामीलाई समस्या नहोस् भन्नका लागि तनहुँको शुक्लागण्डकीमा शुक्रबार आकस्मिक रक्तदानको कार्यक्रम गरिएको छ । शुक्लागण्डकी एफएम, युवा नेपाल समिति, लियो क्लब अफ दुलेगौडा खैरेनी सिटी र विश्व हिन्दू महासङ्घ शुक्लागण्डकीको संयुक्त आयोजनामा शुक्लागण्डकीका विभिन्न ठाउँमा रक्तदान गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकास्थित विपीचोक, बेलचौतारा, मिलडाँडा, वनकेवा चोक, ढोरफिर्दी, गाछेपानी, कवासेलगायतका ठाउँमा रक्तदान गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५७ जना रक्तदान गरिसकेका छन् । रगत अभाव हुँदा नियमितरूपमा डायलासिस गर्ने, रक्तअल्पतालगायतका बिरामी समस्यामा पर्ने गरेका छन् ।
बागलुङ, ८ जेठ २०७८ ।
जैमिनी नगरपालिकामा १ सय ९ जनाको स्वाव संकलन गरिएको छ । बागलुङको जैमिनी नगरपालिकाका विभिन्न वडाबाट १ सय ९ जनाको कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको हो ।
नगरपालिकाको वडा नं ८ छिस्तीका १० जना, वडा नं ७ जैदिका २७ जना, वडा नं ६ अर्जेवाका ३४ जना, वडा नं ५ विनामारेका २४ जना, वडा नं २ दमेकका ११ जना र वडा नं १ कुस्मिसेराका ३ जना गरी १ सय ९ जनाको स्वाव संकलन गरिएको जैमिनी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बिहिबार र शुक्रबार वडा वडामा नै पुगेर स्वाव संकलन गरेको थियो । उनिहरुमा कोरोना संक्रमण छ वा छैन भनेर परिक्षणको लागि धौलागिरी अस्पतालको प्रयोगशालामा पठाइएको छ ।
काठमाण्डाै, ८ जेठ २०७८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावकाे घोषणा गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो धारामा ‘धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ भन्ने उल्लेख छ ।
प्रतिनिधि सभा भङ्ग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गर्नुभएको थियो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेस गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेस गर्नुभएको थियो ।
देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दाबी गर्नुभएको थियो । यस्तै ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ सांसदले आफूलाई समर्थन गर्ने दाबी गर्नुभएको थियो । तर दुवैलाई समर्थन गर्ने भनिएका कतिपय सांसदहरु दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गर्नुभएको थियो ।
मध्यरातमा राष्ट्रपतिको यो निर्णयसँगै मन्त्रिपरिषद्को बैठक बसेर प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । लगत्तै मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्नुभएको हो ।
उज्यालाे अनलाइनबाट
काठमाडौँ, ७ जेठ २०७८ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।
खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ, दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
Breaking News: गृह मन्त्री थापालाई पछि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी
काठमाण्डौ, ६ जेठ २०७८ ।
वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा डाक्टर खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।
खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे थियाे भने निकटम प्रतिद्वन्दी रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएकाे थियाे । तीनजना उम्मेदवारमध्ये अर्का नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे छ ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिनुहुन्छ तर उहाँले नेपाल पक्षका एमाले सहित बिभिन्न दलकाे समर्थनमा स्वतन्त्र पक्षबाट उम्मेदवारी दिनुभएकाे थियाे ।
राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।
बागलुङ, ६ जेठ २०७८ ।
अर्जेवाका मृगौला पीडितलाई हाम्रो जैमिनी सस्थाले नगद सहयोग गरेको छ । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका मृगौला पीडित लिल बहादुर सार्कीलाई संस्थाले सहयोग गरेकोे हो ।
दुवै मृगौला खराव भएर पीडित बन्नुभएका सार्कीको आर्थिक अवस्था पनि कमजोर भएकाले नगद रकम २० हजार रुपैयाँ सहयोग गरिएको हाम्रो जैमिनि सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालीले जानकारी दिनुभयो ।
कोरोनाको महामारीले सिर्जना भएको असहज परिस्थितिमा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै जैमिनीमा तत्काल सहयोग गर्नुपर्ने चारवटा समस्या रहेको र सार्कीको सहयोग पछि तीनवटा समस्यालाई समाधान गरिने संस्थाले जनाएको छ ।
चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएः २५ जना निकाेभए, २ जनाकाे ज्यान गयाे
काठमाडाैँ, ५ जेठ २०७८ ।
काठमाडाैँकाे चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
पछिल्लाे २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् । नगर भित्रका १५ वटा वडा मध्ये १४ वटा वडामा मात्रै ७७ जना नयाँ काेराेना संक्रमित थपिएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ । नगर भित्रका ९ नं वडा बाहेकका सबै वडाहरूमा नयाँ काेराेना संक्रमित थपिएका छन् ।
वडानं १ देखि वडानं ८ सम्म क्रमशः २,३,८,४,४,५,३,७, जना र वडानं १० देखि १५ सम्म क्रमशः ६,५,८,७,११,४ जनामा संक्रमण पुष्टि भएकाे छ । नगर भित्र १४ नं वडामा सबैभन्दा धेरै ११ जना संक्रमित थपिएकाछन् । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमितकाे कुल संख्या ३ हजार ६ सय ५१ पुगेकाे छ ।
साथै पछिल्लाे २४ घण्टामा २५ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ हजार ४ सय ६७ पुगेकाे छ । याे संख्या निकाे हुने दरकाे ६८ प्रतिशत हाे ।
यस्तै पछिल्लाे २४ घणटामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३७ पुगेकाे छ । नगर भित्रका १,२,११ र १३ वडामा भने हाल सम्म कुनैपनि संक्रमितकाे मृत्यु भएकाे छैन । हाल सम्म १५ नं वडामा सबै भन्दा धेरै ८ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
थप हेर्नुहाेस् ।
निषेधाज्ञा वा बन्दाबन्दीको अवधिमा कर र जरिवाना नलिन सर्वोच्च अदालतकाे अन्तरिम आदेश
काठमाडौं, ५ जेठ २०७८ ।
सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको हाे । बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘सामान्य परिस्थितिमा सम्पूर्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।’
कोभिड-१९ को दोस्रो महामारीले करदातासमेत यस समस्याबाट अछुतो नरहेको समेत सर्वोच्चले उल्लेख गरेको छ ।