‘मानवीय सेवा हुनु त यस्तो पो’ आफ्नो व्यवसाय नै सेवामा, चन्द्रागिरिका युवाबाट केहि सिक्ने कि ?
काठमाडौँ, ३ वैशाख २०७८ ।
विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् ।
उहाँहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा डायलोसिस लगयत अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेका छन् । कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पु¥याउन सो सेवा शुरु गरेका बताइएको छ । गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश घिमिरे (९८५१०२२१८९) ,रामनारायण घिमिरे (९८५१० ८८१९९) ,माधवप्रसाद अधिकारी (९८५१०८१४४१), विदुरप्रसाद अधिकारी( ९८५१०९५०२६) देवेन्द्र प्रधान (९८५१०४४८३३) र पूर्णप्रसाद श्रेष्ठले( ९८५११७१२३७) ले आजदेखि सेवा सञ्चालनमा ल्याउनुभएको हो ।
समाजसेवी राजेशले सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवाग्राहीले ती फोनमा सम्र्पक गरी सेवा लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य मापदण्ड अनुसार ती सवारी साधन तयारी गरिएको छ र सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन् । बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।”कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा ती व्यवसायीले नगरपालिकाद्वारा स्थापित विपद्कोषमा रु एकलाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गर्नुभएको थियो । नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताउनुभयो । उहाँले भन्नुभयो“विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा दिन सेवा शुरुआत गरेका हौँ । हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ । ”
नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गाैलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका बिरामी, तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ । “गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गाैला, क्यान्सर , मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पु¥याँउन धेरै समस्या भयो । कयौ बिरामीले गाडि मिलाइदिनु प¥यो भनेर सम्पर्क गरे । यसपटकको निषेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क यातायातको व्यवस्था मिलाएका हौँ।” भेहिकलका सञ्चालक माधव अधिकारीले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने जानकारी दिनुभयो ।
आज साेमबार: भगवान शिवकाे दर्शनले साेचेका सबै कुरा पुरा हुन्छ, दर्शन गर्दै राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत: सावधानी अपनाउनु नै उपयुक्त होला ।
वृष
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।
मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
कर्कट
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह
आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।
कन्या
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
तुला
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृश्चिक
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
धनु
कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मकर
शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
मीन
आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
बागलुङ, २ जेठ २०७८ ।
दमेकमा चार दिनदेखि विद्युत अवरुद्ध हुँदा गाउँ नै अन्धकारमा बस्न बाध्य भएका छन् । ट्रान्सर्फमर बिग्रिँदा बागलुङको जैमिनी नगरपालिका २ दमेक गौँडाका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
साविक दमेक गा.वि.स वडा नं. २ मा रहेको सामुदायिक विद्युतिकरणको केन्द्रिय लाइनको ट्रान्सर्फमर बिग्रिँदा ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको सामुदायिक विद्युतिकरणका अध्यक्ष श्यामलाल सुवेदीले जानकारी दिनुभयो ।
कोरोनाका कारण लकडाउन भएकाले समस्या समेत थाहा नभएको र तीन दिनसम्म प्राधिकरणका कर्मचारीहरु समेत आउन नसक्दा समस्या पहिचान भएको थिएन । शनिवार मात्र प्राधिकरणका कर्मचारीहरुले हेरेपछि ट्रान्सर्फमर जलेको थाहा भएको उहाँको भनाई छ ।
अहिलेसम्म चार पटक ट्रान्सफर्मर जलिसकेको जानकारी दिँदै अध्यक्ष सुवेदीले अझै केहिदिन विद्युत मर्मत गर्न नसकिने बताउनुभयो ।
समितिमा प्रयाप्त पैसा समेत नभएको र आर्थिक श्रोत जुटाउनेदेखि नयाँ ट्रान्सफर्मर किन्नेसम्मको प्रक्रिया गर्दा अझै चार पाँच दिन लाग्न सक्ने उहाँको आाकलन छ ।
यता स्थानीयहरुले भने समितिले वेवास्ता गर्दा पटक पटक यस्ता समस्या झेल्नुपरेको गुनासो गर्दै आएका छन् । विद्युत अवरुद्ध हुँदा कुटानी पिसानी जस्ता अत्यावश्यक कामहरु ठप्प भएको छ भने गाउँबाट टाढा जानुपर्ने समस्या आइपरेको छ ।
विद्युत नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा आफन्तसागको सम्पर्क समेत टुटेको र पछिल्ला सूचनाहरुबाट समेत वञ्चित हुन परेको स्थानीयको गुनासो छ ।
कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि कुश्मिसेरामा अक्सिजन, स्वास्थ्यमा सुधार
बागलुङ, २ जेठ २०७८ ।
कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार मध्यराति कुश्मिसेरा ल्याइएको छ । बागलुङको जैमिनी नगरपालिका ५ विनामारेका एकजना कोरोना संक्रमितलाई अक्सिजनको आवश्यकता भएपछि जैमिनी कोभिड १९ अस्थाई अस्पताल कुश्मिसेरामा राखेर अक्सिजन दिइएको हो ।
मध्यराति २ बजे उद्दार गरी कुश्मिसेरामा अक्सिजन दिएर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको थियो ।
विरामीले थप उपचारको लागि पोखरा जाने भनेपछि जैमिनी नगरपालिकाले सञ्चालन गरेको डेडिकेटेड एम्बुलेन्समा पोखरा लगिएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
३८ बर्षीय ती पुरुषमा गत २७ गते कोरोना पुष्टि भएपछि होम आइशोलेसनमा बस्दा एक्कासी समस्या देखिएको थियो ।
बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
साप्ताहिक राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि राम्रो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। कृषि, व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। भोगविलासको मानसिकताले प्रगतिमा बाधा पुग्नेछ। ज्वरो तथा टाउको वा घाँटीकाे समस्याले स्वास्थ्य कमजाेर रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुनेछ। तर, बलियाे शक्तिकाे आडमा काम गर्दा धाेका हुन सक्छ। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। साथीभाइलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। आसन्न यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ। महिनाकाे तेस्राे सातापछि भौतिक साधन प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। समाजमा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार, कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मान पाइनेछ। तर बेसुरको यात्राले समस्या निम्त्याउन सक्छ। खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिएकाले हतियार तथा सवारी उपयोग गर्दा होसियार रहनुहोला। बलजफ्ती गर्ने बानीले शुभचिन्तकहरू टाढिन सक्छन्।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्य लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भूमि तथा वाहनका लागि रकम जुटाउने समय छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गरी फाइदा उठाउने माैका छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश तथा पदाेन्नति हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले सफलताकाे उचाइमा पुर्याउनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सम्पादित कामले कीर्तिमानी दिलाउन सक्छ। नोकरी वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा उठाउने समय छ। परोपकारी काम गर्नाले समाजमा ख्याति बढ्नेछ। व्यवसायले मनग्य फाइदा दिनेछ। बहुमूल्य वस्तु हातलागी हुन सक्छ। पुरस्कार, मानसम्मान आदि प्राप्त हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। प्रतिभा प्रदर्शन गरेरै शुभचिन्तकहरू बढाउन सकिनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। भूमि तथा वाहन प्राप्तिकाे याेग रहेकाे छ। पैत्रिक सम्पत्तिकाे उपयाेगबाट मनग्य लाभ उठाउन सकिनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही अवसर प्राप्त भए पनि व्यावहारिक कठिनाइ सामना गर्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। अरूकाे भरपर्दा काममा धोका हुन सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई बुझेर अघि बढ्दा विशेष लाभ उठाउन सकिनेछ। केही जाेखिम उठाउनुपरे पनि आँटले काम लिनेहरूलाई भाग्यले साथ दिनेछ। तेस्रो सातादेखि शुभचिन्तकहरूकाे साथ जुट्नाले परिस्थिति अनुकूल बन्नेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर आए पनि भोगविलासको मानसिकताले काममा पछि परिनेछ। व्यवसाय तथा आयमूलक काममा मन्दी आउनाले अर्थअभाव देखापर्न सक्छ। खराब व्यक्तिको विश्वास गर्नाले काममा धोका पाइनेछ। सामाजिक हिसाबले पनि अलि कमजोर भइनेछ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। तेस्राे सातादेखि स्थितिमा सुधार आउनेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सकिनेछ। सुखद समाचारले आनन्द पाइएला। प्रतिस्पर्धीहरूले हात झिक्नेछन् भने काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ। आफ्ना काममा अरूले अधिकार जमाउन खोज्नेछन्। प्रेममा धाेका हुनेछ। महिनाको अन्त्यतिर पतिपत्नीबीच असमझदारी बढ्न सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो काममा जग बसाउने समय छ। भौतिक साधनहरू पनि सजिलै जुट्नेछन्। दोस्रो सातासम्म स्थिति अनुकूल रहनेछ। तेस्राे सातापछि साझेदारीमा समस्या र सगोलको सम्पत्तिमा विवाद आउन सक्छ। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। आफ्नो उपलब्धि जोगाउन व्यवहारमा पनि सजग रहनुपर्ला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। बलजफ्तीले पारिवारिक असमझदारी बढाउन सक्छ। एकसाथ अनेक काम सुरु भए पनि धेरै काम अधुरै रहनेछन्। कीर्ति राख्ने महत्त्वाकांक्षाले उल्टै क्षति हुन सक्छ, सजग रहनुहोला। माता-पिताको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लगानी गर्दा बेफाइदा हुन सक्छ। तर, तेस्राे सातादेखि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले व्यवसायमा लाभ उठाउन सकिनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर समेत प्राप्त हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। दाजुभाइको सम्बन्ध प्रगाढ हुनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बन्न सक्छ। तापनि प्रयत्न गर्दा अप्ठ्यारै काम समेत सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। केही आरोप लागे पनि मेहनत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
वृष
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।
मिथुन
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
कर्कट
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।
सिंह
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
तुला
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृश्चिक
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।
धनु
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।
मकर
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।
मीन
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।
बागलुङ, ३१ वैशाख २०७८ ।
बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।
अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।
बागलुङ, ३१ बैशाख २०७८ ।
बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो ।
बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । ज्यान जानेमा पनि बिहेभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार ज्यान गुमाउनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि ज्यान गएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।
काठमाडाै, ३० बैशाख २०७८ ,
सिईडिबि हाइड्रोपावरकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण गर्दा २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएकाे छ । १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदन मध्ये बाँकी ४ जनाले थप १ कित्ता शेयर पाएका छन् भने बाँकी १४ लाख ३ हजार ४६४ आवेदककाे हात खाली भएकाे छ ।
कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
त्यस मध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो । आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु भने रद्ध भएकाे छ ।