रूपन्देही/बाँके २९ बैशाख २०७८ ।
रूपन्देही र बाँकेमा गरी थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
मंगलबार साँझ देखि बुधबार बिहान सम्ममा थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । रूपन्देहीकाे बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सी कक्षमै ज्यान गएको हो ।
रूपन्देहीकाे सैनामैना-७ का ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे र मंगलबार इमर्जेन्सीमा भर्ना भएका पाल्पाकाे तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, मृत्यु भएको छभने, मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र बैशाख २४ गते देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।
यसैगरी बाँकेमा उपचाररत १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म विभिन्न अस्पतालमा उपचाररत १४ जना काेराेना संक्रमितको मृत्यु भएको हाे । मृत्यु भएका मध्ये ७ जना बाँके, ४ जना बर्दिया र एक-एक जना सल्यान, कैलाली र दाङ्ग जिल्लाका रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयाे ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर-५ का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे, नेपालगन्ज उपमहानगर-१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८: ३० बजे, मृत्यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९: ३० बजे, कोहलपुर-१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १: ३० बजे, कोहलपुर-११ का ४१ वर्षीय पुरूषको बुधबार बिहान ४ बजे र कोहलपुर-१४ की ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्यु भएको छ । साथै गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको बुधबार ८: ३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार बिहान ४: ४५ बजे मृत्यु भएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामै बासगढी ९ बर्दियाका ६४ वर्षिय पुरुष, नेपालगञ्ज ७ का ६६ वर्षिय पुरुष र दाङ्ग तुल्सीपुरका ६६ वर्षिय पुरुषकाे मृत्यु भएकाे छ ।
बागलुङ, २९ बैशाख २०७८ ।
जैमिनीका बिद्यालय तहका सबै परिक्षा स्थगित भएको छ । बुधबार बसेको बैठकले बागलुङको जैमिनी नगरपालिका स्थित सबै बिद्यालयको परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
जेठ २ गतेदेखि तय भएको कक्षा ८ को नगरस्तरीय बार्षिक परिक्षा सहित सबै तहको बार्षिक परिक्षा स्थगित गरिएको जैमिनी नगरपालिका शिक्षा शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
यो संगै अब जैमिनीका सबै बिद्यालयको बार्षिक परिक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाे छ ।
निषेधाज्ञाकाे दुई साताः बिज्ञ भन्छन काठमाडाैँमा संक्रमण घट्न अझै एक महिना लाग्न सक्छ !
काठमाडौँ, २९ बैशाख २०७८ ।
कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेकाे छैन ।
उपत्यकामा सङ्क्रमण दर नघट्दा र यहाँबाट देशभर अझै पनि आवतजावत भइरहँदा समग्रमा देशभर पनि सङ्क्रमण घट्न सकेको छैन । जनस्वास्थ्यविद्हरूले स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताउँदै आएका छन् । सङ्क्रमण अत्यधिक बढेको भारतसँग बाक्लाे रूपमै आवतजावत भइरहेका कारण उपत्यकाको सङ्क्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने उनीहरूको निष्कर्ष छ । सङ्क्रमितको सङ्ख्या नघटेपछि फेरि दुई साताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । आउँदो निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णयसमेत भएको छ ।
काठमाडौँ उपत्यकामा बैशाख ९ गते बिहीबार नयाँ सङ्क्रमित एक हजार १७४ फेला परेकामा बैशाख १५ गते बुधबार दुई हजार ४७ जना थपिएका थिए । बैशाख १६ गते बिहीबार एक साताका लागि निषेधाज्ञा जारी भयो । त्यो दिन एक हजार ५६१ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने बैशाख २२ गते बुधबार तीन हजार ८२५ जना थपिए । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या उपत्यकामा बैशाख २८ गते बुधबार तीन हजार ९२७ जना पुग्यो । बैशाख २६ गते आइतबार अहिलेसम्मकै सबभन्दा बढी चार हजार १९८ जना नयाँ सङ्क्रमित फेला परेका थिए । निषेधाज्ञा भएको दुई साता भएको छ, तर दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । निषेधाज्ञा जारी भएको दिन बैशाख १६ देखि २८ गते मङ्गलबारको अवधिमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या डेढ गुणाले बढेको छ । मङ्गलबार मुलुकभर नौ हजार ४८३ जना सङ्क्रमित थपिएकामध्ये तीन हजार ९२७ जना अर्थात् ४१ प्रतिशत काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा अहिले ४० हजार २२२ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक सातामा झन्डै एक चौथाइले सक्रिय सङ्क्रमित बढेका हुन् ।
समस्या चेन ब्रेकको
वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्न अझै एक महिना लाग्ने बताउनुभयो । उहाँले नागरिकले स्वास्थ्य मापदण्ड पालनामा गम्भीरता नदेखाएको र पर्याप्त आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमित एउटै परिवारसँग बसेकाले सङ्क्रमण फैलिरहेको बताउनुभयो ।
डा. पाण्डेले अहिले पनि भारतसँग आवतजावत भइरहेका कारण भारतमा सङ्क्रमण नघटेसम्म नेपालमा घट्न नसक्ने दाबी गर्नुभयो । “कोरोना नभएको देशमा हवाई उडान बन्द गरिएको छ तर भारतबाट हवाई र गाडीबाट पनि मानिस सहजै आइरहेका छन्”, पाण्डेले भन्नुभयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाहिरी ‘चेन’भन्दा भित्री ‘चेन’ तोड्न कठिन भएको बताउनुभयो । उहाँले भित्री ‘चेन ब्रेक’ गर्न समस्या भएकाले अझै केही समय काठमाडौँ उपत्यकाको सङ्क्रमण नियन्त्रणमा नआउने बताउनुभयो ।
मृत्युदर उच्च
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट १३९ जना सङ्क्रमितको मृत्यु भएको थियो । मङ्गलबार देशभर थप नौ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप पाँच हजार २२५ जना सङ्क्रमित निको भएका छन् । योसहित निको हुनेको सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ । निको हुनेको सङ्ख्या पनि हालसम्मकै धेरै हो । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार आठ रहेको छ भने क्वारेन्टाइनमा ४४८ जना छन् ।
बुधबार बटुक भैरवकाे दर्शन गरे कयाैँ संकटहरू टरेर जान्छ, दर्शन गर्दै भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वृष
मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।
मिथुन
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । सिंह
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । कन्या
आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।
तुला
आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ । वृश्चिक
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । धनु
अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर
आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ । कुम्भ
आज घरपरिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
राशिफलले जेजस्ता बताए पनि तपाइकाे दिन शुभबिताेस् ।
काेराेना संक्रमण भयावहः मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लागु, बिवरण सहित
काठमाडाैँ, २८ बैशाख २०७८ ।
नेपालमा काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे छ ।
देशभरीका बिभिन्न जिल्लामा निषेधाज्ञा लगाइए पनि काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे हाे । पछिल्लाे समय काेराेना संक्रमण झन् भयावह बन्दै गएकाे तथ्यांकले देखाएकाे छ । निषेधाज्ञा जारी गरीएका जिल्लाकाे संख्या बढ्दै गएपनि काेराेना संक्रमणद भने घटेकाे छैन । अझ काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या बढिरहेकाे छ । मंगलबार २२५ जनाकाे ज्यान गएकाे छभने ९४८३ जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे छ । काेराेना संक्रमण तिब्रगतिमा फैलिरहेका बेला संक्रमण राेकथाम र नियन्त्रणका लागि मंगलबार सम्म ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
अहिले ७२ जिल्ला मध्ये ७ जिल्लामा आंशिक रूपमा र ६५ जिल्लामा पुर्ण रूपमा निषेधाज्ञा जारी गरीएकाे छ । काभ्रेपलाञ्चाेक, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चाेक, सप्तरी र धनकुटामा आंशिकरूपमा निषेधाज्ञा लगाइएकाे छ । नेपालका ५ जिल्ला बाहेकका सबै जिल्लामा आंशिक तथा पुर्ण रूपमा निषेधाज्ञा लागु भएकाे छ ।
निषेधाज्ञाकाे पुरा बिवरण हेर्नुहाेस्ः
एकैदिन २२५ जनाकाे ज्यान गयाेः मृत्यु हुने ४ हजार नाघे,थप ९४८३ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडाैँ, २८ बैशाख २०७८ ।
काेराेना संक्रमणका कारण एकै दिनमा २ सय २५ जनाको मृत्यु भएको छ ।
पछिल्लाे २४ घण्टामा २ सय २५ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे । नेपाली सेनाले २ सय २५ जना कोराेना संक्रमितकाे शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लाे समय काेराेना संक्रमितकाे मृत्युदर बढ्दै गएकाे छ । काेराेना संक्रमणबाट मृत्युकाे बढ्दाे ग्राफ हेर्रनुहाेस् ।
साथै पछिल्लो २४ घण्टामा थप ९ हजा ४ सय ८३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशभरीका बिभिन्न प्रयाेगशालामा २१ हजार ३ सय १६ नमुनाकाे परीक्षणमा ९ हजार ३ सय १७ र ७ सय २० नमुनाकाे एन्टिजेन परीक्षणमा १ सय ६६ गरी थप ९ हजा ४ सय ८३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ४ लफाख १३ हजार १ सय ११ पुगेकाे छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख १२ हजार १९ पुगेकाे मन्त्रालयले जनाएकाे छ । काेराेना संक्रमण तिब्रगतिमा फैलिरहँदा काेराेना संक्रमण निकाेहुने दर ७५.५ प्रतिशतमा झरेकाे छ ।
प्राधिकरणलाई सीसीएमसीकाे निर्देशनःअक्सिजन उद्योगमा२४ सै घण्टा विद्युत् आपुर्ति गराउनु
काठमाडाैँ, २८ बैशाख २०७८ ।
कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको सिसिएमसिको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयास बारे जानकारी गराउनु भएकाे थियाे । उहाँले काठमाडाैँ उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरि विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने,उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताउनुभयाे । यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्युनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संकलन गरि उद्योगमा फिर्ता गर्ने प्रयास भईरहेको समेत बताइएकाे छ ।
सिसिएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । काठमाडाैँ उपत्याका र काभ्रेका उद्योग समेतमा गरि दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको सिसिएमसिले जनाएको छ ।
तर अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिण्डर उत्पादन हुने गरेको बताईसकेको छ । संघले तत्काल बैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारीक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराईरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जानकारी गराएकाे छ ।
काठमाडाैँमा जेठ १३ सम्म निषेधाज्ञाः अब दिउसोमा निर्माण सामग्री समेत ल्याउन नपाइने
काठमाडौं, २८ बैशाख २०७८ ।
काठमाडाैँमा जेठ १३ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे छ ।
काेराेना संक्रमण दर बढेसँगै काठमाडाैँमा जेठ १३ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे हाे । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा अब १५ दिनका लागि थपिएको छ ।
मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्मका लागि थप भएको बताइएकाे छ ।
त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । साथै विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छभने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय समेत बैठकले गरेकाे छ ।
बागलुङ, २८ बैशाख २०७८ र
चट्याङबाट गम्भिर घाइते विन्दु घर्तीको उपचारको लागि सहयोग प्राप्त भएको छ । बागलुङको जैमिनी नगरपालिका ९ साओलीकी घर्तीलाई सहयोग रकम प्राप्त भएको हो ।
चट्याङबाट गम्भिर घाइते विन्दु घर्तीको उपचारमा सहयोगको लागि जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियार, राङ्खानी स्वास्थ्य चौकीका इन्चार्ज टुकनाथ शर्मा र समाजसेवी नरेश सप्लाङ्गीको पहलमा थालिएको अभियानमा संकलन भएको ८७ हजार पाच सय रुपैयाँ घर्तीको घरमै पुगेर हस्तान्तरण गरिएको सहयोगी लाल बहादुर परियारले जानकारी दिनुभयो ।
सहयोग प्रति धन्यवाद दिँदै घर्तीका श्रीमान् लेख बहादुर जिसीले घर्तीको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको जानकारी गराउनुभएको छ ।