छ गुणाबढी भाडा लिने सवारी साधन कारवाहीमा
काभ्रेपलाञ्चोक, २४ वैशाख २०७८ ।।
कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।”
शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ, दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
२०२० मा १६ करोडले गम्भीर भोकमरीकाे सामना गरे, अब त्योभन्दा खराब परिस्थिति आउन सक्छ
काठमाडाैँ, २३ बैशाख २०७८ ।
सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
राष्ट्र सङ्घसमेतका १६ संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ । त्यस प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ देशलाई केन्द्रित गरेको राष्ट्र सङ्घको भनाइ छ । प्रतिवेदनले गएकाे वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाइ खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औल्याएको छ ।
सन् २०१९ मा झन्डै दुई करोड मानिसले खाद्य सङ्कट बेहोर्नुपरे पनि सन् २०२० मा झन्डै १६ करोड मानिसले सङ्कट, आपत्काल वा भोकमरीको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० देशका झन्डै दुई तिहाइ नागरिकले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, दक्षिण सुडान, जिम्बाब्वे हाइटी रहेका छन् । बुर्किना फासो, दक्षिण सुडान र यमनका झन्डै एक लाख ३३ हजार मानिस भोकमरीबाट अतिशय पीडामा छन् ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन सय सात पृष्ठको ‘ग्लोबल रिपोर्ट अन फूड क्राइसिस’ अर्थात् विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भन्नुभएको छ, ‘चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको सङ्ख्या बढ्दो क्रममा छ ।’ उहाँले भन्नुभएको छ, ‘अकाल र भोकमरीको एक्काइसौँ शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुवैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।’
विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य सङ्कट निम्तिनुमा प्रमुख रूपमा द्वन्द्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गएकाे वर्ष विश्वका २३ राष्ट्रका झन्डै १० करोड मानिसले खाद्य सङ्कट बेहाेरेकाे जानकारी दिनुभयो । ‘हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको सङ्ख्यामा कुनै कमी आउने देखिन्न’ उहाँले भन्नुभयो ।
Breaking News: बागलुङमा फेरिपनि काेराेना संक्रमित थपिए, पछिल्लाे समय २६ जनामा संक्रमण
बागलुङ, २३ बैशाख २०७८ ।
बागलुङमा फेरिपनि काेराेना संक्रमित थपिएका छन् । धाैलागिरी अस्पताल बागलुङमा परिक्षण गरेकामध्ये पछिल्लाे समय २६ जनामा संक्रमण देखिएकाे हाे । काेराेना देखिनेहरू बागलुङ र गलकाेट नगरपालिका र बडीगाड गाउँपालिकाका रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरूमा बडीगाड गाउँपालिका वडा नं ४ का ४९ बर्षीय पुरुष र बागलुङ नगरपालिका वडा नं १ का ४३ बर्षीय पुरुष वडा नं २ का ७८ बर्षीय महिला र ६० बर्षीय पुरुष वडा न नं ४ का २९ बर्षीय महिला र ३५ बर्षीय पुरुष गरि बागलुङ नगरपालिकामा ६ जना रहेका छन् ।
यस्तै गलकोट नगरपालिका वडा नं २ का ३६, ५२, ६२, ३३ बर्षीय ४ जना महिला त्यस्तै ५२, ५४ र ४२ बर्षीय ३ जना पुरुष वडा नं ३ का ४२, २५, ४० बर्षीय ३ जना महिला र ३६ बर्षीय पुरुष वडा नं ५ का २३ बर्षीय १ जना महिला र ३९ बर्षीय १ जना पुरुष वडा नं ६ का २६ बर्षीय १ जना महिला र ३५ बर्षीय पुरुष वडा नं ७ का २६ बर्षीय महिला र २६ बर्षीय पुरुष र वडा नं ८ का ३१ र ४२ बर्षीय महिला र २८ बर्षीय पुरुष गरी गलकोट नगरपालिकाका २० जना रहेका छन् ।
बागलुङ, २३ बैशाख २०७८ ।
जैमिनीमा एकैदिन ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । धाैलागिरी अस्पताल बागलुङ र क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा जैमिनीका ४ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा जैमिनी नगरपालिका वडा नं १ की २० बर्षीय महिला, जैमिनी २ का ५० बर्षीय महिला र जैमिनी ५ का ३६ र ४१ बर्षीय पुरूष रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । याे संगै बागलुङ जिल्लाभर एकैदिन ३२ जनामा काेराेना पुष्टि भएकाे छ ।
उपत्यकामा निषेधाज्ञामा थप कडाइः बिहान ९ बजेसम्म मात्र पसल खुल्ने,के-के गर्न पाइन्छ? विस्तृतमा
काठमाडौँ, २३ बैशाख २०७८ ।
काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ । यसपालि भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ । आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस चाहिने भएको छ ।
आदेशामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन । सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायतका कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरिएको पास र परिचयपत्रको आधारमा आवतजावत गर्न पाइने छ । सार्वजनिक संस्थाको हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ । विकास निर्माणका सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्यरूपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने र निर्माण सामग्री ढुवानीमा राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र आवतजावत गर्न पाइने छ ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । माथि उल्लिखितबाहेकका अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्यरूपमा उपस्थिति हुनुपर्नेको हक) मा सवारी साधान प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति पास लिनुपर्ने जनाइएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धीका पसल जुनसुकै समयमा निर्वाधरूपमा सञ्चालन गर्न पाइने छ । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ । त्यसका लागि ब्यानर राखेको दुई वटा गाडी प्रयोग गर्न सकिने छ । नित्य पूजाबाहेकका सबै धार्मिक, सांस्कृतिक, गतिविधि सञ्चालन गर्न पाइने छैन ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ । सूचना विभागको प्रेस पास नभएको अवस्थामा सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ । नीलो प्लेटका सवारी साधनका हकमा भने परिचयबाहक पदाधिकारी र कर्मचारीलाई सवारी पास नपर्ने जनाइएको छ । प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी, तथा औषधि आपूर्ति गर्ने परिचयपत्र बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमतिपत्र भए सवारी पास चाहिने छैन । मृत्यु संसकारका लागि जान आउन मृत्यु दर्ताको प्रमाणपत्र वा सम्वन्धित वडाको सिफारिस र परिचयपत्र खुल्ने कागजात पेश गरी पास लिनुपर्ने छ । बिरामी र कुरुवाका हकमा काठमाडौँ उपत्यकाभित्र भए भर्ना कार्ड वा रिपोर्ट कार्ड देखाएर जान सकिने तर काठमाडौँबाहिर जानुपर्ने भएमा ती कार्डसहित परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डका हकमा परिचयपत्रसहित पोशाक लगाएर कार्य क्षेत्रमा जान सकिने छ ।
काठमाडाैँ, २३ बैशाख २०७७ ।
पछिल्लाे समय काेराेना संक्रमणकाे जाेखिम चुलिँदै गएकाे छ । आजदेखि ५६ जिल्लामा निषेधाज्ञा लागू भएको छ । थपिएका जिल्ला मध्ये बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी-सिपाघाट मेलम्ची-हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच-पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।
अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको मा ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ ।
मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।
कुन-कुन जिल्लामा पुर्ण रूपमा निषेधाज्ञा ? विवरण हेर्नुहाेस् ।
सर्वशिद्धधाम पञ्चकाेटकाे दर्शनले तपाईका हर चाहना पुरा हुन्छ, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवेश रमाइलाे देखिए पनि चिन्ताले मन पिराेलिनेछ। मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारले फजुल खर्च निम्त्याउला। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तार्किक क्षमता बढ्नेछ। प्रयत्न गर्दागर्दै पनि केही कमजोरी फेला पर्नेछ। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। अपेक्षित लाभ नभए पनि पछिका लागि लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। तत्कालको मात्र फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ। नाम, दाम र इनाम हातलागी हुनेछ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले फाइदा दिलाउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
बागलुङ, २२ बैशाख २०७८ ।
जैमिनीमा १२ शैयाको कोरोना अस्पताल तयारी अवस्थामा राखिएको छ । गत बर्ष नै कोरोना संक्रमितको उपचार गरेको जैमिनी अस्थाई कोभिड १९ अस्पताल कुश्मिसेरालाई पुनः तयारी बनाइएको हो ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो क्वार्टरमा सञ्चालित आइशोलेसनमा १२ बेड क्षमता रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन विदुर शर्माले जानकारी दिनुभयो । तत्काल कोरोनाका बिरामी देखिए कुश्मिसेरामा नै भर्ना गरेर राख्न सकिनेगरी अस्पताल तयार भएको उहाँको भनाई छ ।
अहिले चौतर्फी समस्याको रुपमा रहेको अक्सिजन भने यहाँपनि अभाव देखिएको छ । एक बेड एक अक्सिजन सिलिण्डर हुनुपर्ने भएपनि यहाँ पाँच वटा मात्र सिलिण्डर रहेको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आपतकालिन अक्सिजन आवश्यक पर्ने हुँदा अहिलेको अक्सिजन प्रयाप्त नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । तत्काल भरेर ल्याइहाल्ने सम्भव नहुने हुँदा कम्तिमा पनि प्रत्येक बेडमा पुग्नेगरी अक्सिजन हुनुपर्ने उनिहरुको भनाई छ ।
Breaking News: जैमिनी नगरपालिकामा सात दिन निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द
बागलुङ, २२ बैशाख २०७८ ।
जैमिनी नगरपालिकामा सात दिन निषेधाज्ञा हुने भएको छ । बुधबार राती १२ बजेदेखि बागलुङको जैमिनी नगरपालिकामा निषेधाज्ञा लगाइने भएको हो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र जैमिनी पनि जोखिममा रहेकाले जैमिनी नगरपालिका आर आर टि को बैठकले अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेगरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञा लागू भएपछि नेपाल सरकारले अत्यावश्यक सुचिमा राखेका बाहेक सबै गतिविधि बन्द हुनेछ । अत्यावश्यकका पसलहरु बिहान ७ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने नगरपालिकाले जनाएको छ । बन्दाबन्दीको पूर्ण पालना गर्न जैमिनी नगरपालिकाले सबै नगरवासीहरुमा अनुरोध गरेको छ ।
यसअघि गत २० गतेदेखि जैमिनी नगरपालिकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।