Breaking News: जैमिनीको मौलाक्षमा चट्याङ पर्दा एक घरमा क्षति, मिटरवक्स जलेर नष्ट
बागलुङ, १८ बैशाख २०७८ ।
मौलाक्षमा चट्याङ पर्दा एक घरमा क्षति भएको छ । बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाको मौलाक्षमा चट्याङ पर्दा स्थानीय शिव प्रसाद पौडेलको घरमा सामान्य क्षति भएको हो ।
शनिवार दिउँसो ४ बजेतिर परेको चट्याङले पौडेलको घरको मान्छाकोठामा रहेको बिद्युतीय तार र मिटरवक्स जलेको प्रहरी चौकी कुश्मिसेराका ईन्चार्ज नवराज रिमालले जानकारी दिनुभयो ।
चट्याङका कारण अन्य पशु चौपाय र मानवीय क्षति भने भएकाे छैन । चट्याङका कारण के कति आर्थिक क्षति भयाे भन्ने विवरण आउन बाँकी छ ।
काेराेना कहर: जैमिनी १ मा बाहिरबाट आए अनिवार्य क्वारेनटाइन बस्नुपर्ने, मास्क बिना हिड्न रोक
बागलुङ, १८ बैशाख २०७८ ।
जैमिनी नगरपालिका १ नं वडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न निर्णय गरेको छ । वडा कार्यलय कुश्मिसेरामा शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले वडामा कोरोना जोखिम घटाउन बिभिन्न निर्णय गरेको हो ।
अन्य पालिका, जिल्ला र बाहिरबाट आउनेहरु अनिवार्य दश दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, वडा भित्र बिभिन्न धर्म संस्कारका कार्यहरु गर्न नपाइने जस्ता निर्णय गरिएको जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
बैठकले वडामा गठन भएका टोल निगरानी समितिहरुलाई सक्रिय बनाउने, कोरोना रोकथाम र नियनत्रणका लागि शिक्षकहरुलाई समेत खटाउने,सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने निर्णय पनि गरेको छ ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
वृष
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।
मिथुन
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
कर्कट
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।
सिंह
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
तुला
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
वृश्चिक
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।
धनु
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।
मकर
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।
मीन
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।
एकैदिन झण्डै छ हजारमा काेराेना संक्रमण पुष्टिः थप ३३ काे मृत्यु, सक्रिय संक्रमित संख्या बढ्दै
काठमाडौं, १७ बैशाख २०७८ ।
नेपालमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा देशभरीका बिभिन्न प्रयाेगशालाहरूमा गरीएकाे परीक्षणमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । शुक्रबार १५ हजार ३ सय ९१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षण गरीएकाेमा ७० जना गरी कुल ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । हाल नेपालमा कुल ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसनमा र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले उल्लेख गरेकाे छ ।
पछिल्लाे २४ घण्टामा ९ सय २८ जना कोरोना भाइरसकाे संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ लाख ८१ हजार ९५ पुगेकाे छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा थप ३३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
सरकार भन्छ: “धान्नै नसकिने गरी काेराेना बढ्याे, अस्पतालमा बेड उपलबध गराउन असमर्थ छाैँ”
काठमाण्डाै, १७ बैशाख २०७८ ।
धान्नै नसकिने गरी काेराेना बढेकाे भन्दै सरकारले ध्यानाकर्षण गराएकाे छ । कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताइएकाे हाे ।
स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको छ ।
मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले सङ्क्रमणका विरामीका लागि अस्पतालमा शैय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको जानकारी दिनुभएकाे छ । काेराेनाकाे जाेखिम डरलाग्दाे भएकाे भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।
Breaking News: बागलुङमा २३ जना काेराेना संक्रमित थपिए, अधिकांश बागलुङ नगरपालिकाका
बागलुङ, १७ बैशाख २०७८ ।
बागलुङमा २३ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार गरिएकाे परिक्षणमा बागलुङ नगरपालिका र ढाेरपाटन नगरपालिकाका २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा बागलुङ नगरपालिकाका २१ र ढाेरपाटन नगरपालिकाका २ जना गरी २३ जनामा काेराेना देखिएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ ।
शरीरमा १४र१६ भन्दाकम हिमोग्लोबिन भए प्रतिराेधि क्षमता कमजाेर,यसरी बढाउन सकिन्छ क्षमता
एजेन्सी
कोरोनाकालमा मानिसहरुले सम्भवतः सबैभन्दा बढी चर्चामा रहेको शब्द हो – इम्युनिटी । इम्युनिटी अर्थात् प्रतिरोधी क्षमता । सबै आफ्नो प्रतिरोधी क्षमताको स्तरबारे थाहा पाउन चाहन्छन् र यसलाई कसरी बढाउने भनेर चर्चा परिचर्चा गर्न थालेका छन् । यसै विषयमा एक भारतीय सञ्चार माध्यमले भारतको इन्द्रप्रस्थ अपालो अस्पतालको इन्टरनेल मेडिसिनमा सिनियर कन्सल्टेन्ट डा. तरुण साहनीसँग कुराकानी गरेर एउटा रिपोर्ट तयार पारेको छ । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
इम्युनिटी के हो ?
मानव शरीरमा विभिन्न प्रकारका भाइरस र ब्याक्टेरिया हुन्छन् । केही शरीरका लागि फाइदाजनक हुन्छन् भने कतिले हानी पनि गर्छन् । इम्युनिटी एउटा यस्तो तत्व हो जसले शरीरमा रोग प्रतिरोधी क्षमता विकसित गर्छ, शरीर भित्रको भाइरससँग लड्ने शक्ति पैदा गर्छ, त्यसैलाई इम्युनिटी भनिन्छ ।
व्यक्तिको इम्युनिटी स्तर थाहा पाउने केही तरिका
भिन्न रोगप्रति इम्युनिटी परीक्षणका लागि भिन्न–भिन्न परीक्षणको आवश्यकता हुन्छ । कोरोनाको केसमा आईजीजी एन्टीबडी टेस्टमार्फत् प्रतिरोधी क्षमताबारे थाहा हुन्छ । सामान्य रुपमा हिमोग्लोबिनको स्तरबाट प्रतिरोधीबारे पत्ता लगाउन सकिन्छ । हिमोग्लोबिनको आदर्श स्तर पुरुषमा १६ र महिलामा १४ हुने गर्छ । यदि पुरुषमा हिमोग्लोबिन १६ र महिलामा १४ भन्दा कम छ भने इम्युनिटी कमजोर छ भनेर बुझ्न सकिन्छ ।
के कुनै व्यक्तिको प्रतिरोधी क्षमता केही दिनमा नै बढाउन सकिन्छ ?
हुन्छ तर प्रतिरोधी बढाउने कृत्रिम तरिका स्थायी हुँदैन । औषधी र राम्रो खानपिनले केही दिनमा नै प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।
बच्चामा प्रतिरोधी क्षमता बढी हुन्छ भनिएको छ, के यो साँचो हो ? यदि हो भने यस्तो किन हुन्छ ?
बच्चामा प्रतिरोधी क्षमता बढी हुन्छ, यो साँचो हो । तर बच्चालाई संक्रमण हुँदैन भन्ने होइन । बच्चाले विभिन्न प्रकारको संक्रमण रिसिभ गर्न पाउँदैनन्, त्यसैले सुरक्षित रहन्छन् ।
बजारमा हरेक उत्पादनले इम्युनिटी बढाउने भनेर बेचिँदै छ, यसमा कत्तिको वास्तविकता छ ?
बजारमा यस्ता केही उत्पादन पक्कै पाइन्छ जुन फूड सप्लिमेन्टको रुपमा राम्रो हुन्छ र यसैमार्फत् इम्युनिटी बुस्ट पनि हुन्छ । तर सत्यता परीक्षण गर्नु निकै आवश्यक छ जुन हरेकपटक सम्भव हुँदैन । त्यसैले प्रतिरोधी क्षमता बढाउनका लागि चना, मुगी, दाल, हरियो सागसब्जी र दुधको सेवन नै बढी प्रभावकारी हुन्छ । प्रतिरोधी क्षमता बढाउनका लागि केरा र सिट्रस फ्रुट जस्तै सुन्तला, भुइँकटहर आदिको सेवन गर्नुपर्छ । तातो पानीसँग कागतीको रस पनि राम्रो हुन्छ । लसुनले पनि प्रतिरोधी क्षमता बढाउने काम गर्छ । ड्राइ फ्रुटमा बदाम, किसमिस र छोगडा खान सक्नुहुन्छ ।
खानपिनले मात्रै प्रतिरोधी क्षमता सुधार्न सकिन्छ ?
खानपिनले मात्रै प्रतिरोधी क्षमतामा सुधार हुँदैन । सकारात्मक सोच, नियमति व्यायाम, ७–८ घण्टाको गहिरो निद्रा लिनुपर्ने हुन्छ । तनाव घटाउनु पर्नेछ । यसका साथै पौष्टिक आहारले पनि प्रतिरोधी क्षमतामा सुधार आउँछ ।
टाेपराज शर्मा
रूपन्देही, १७ बैशाख २०७८ ।
रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको हाे । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न भनिएकाेमा जरीवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरीएकाे छ ।
कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयाे । निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको थापाकाे भनाइ छ ।
‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ थापाकाे भनाइ ।
कारागार चलान गरीएकाे प्रति प्रशासनको आलोचनाः
जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताउनु भएकाे छ । ‘निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो, ‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन,’ खनालकाे भनाइ’ ।
प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको पनि डीएसपी थापाले जानकारी गराउनुभयाे । कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा कडाइ गरिएकाले पालना गर्न जिल्ला प्रशासनले सबैसँग अपील समेत गरेको छ ।
कोरोनाको खोप सबैको पहुँचमा पुर्याउन ठुलाे चुनौति,८२ प्रतिशत खाेप धनि देशकाे कब्जामा
काठमाडाैँ, १७ बैशाख २०७८ ।
विश्वमा कोरोनाविरुद्धको खोप धनि देशकाे पहुँचमा रहेकाे डब्ल्यूएचओले बताएकाे छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गर्नु भएकाे हाे । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा जम्मा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओकाे भनाइ छ ।
एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिनुभएकाे हाे । उहाँका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको खाेपकाे डोज रहेकाे छ ।
ग्रेब्रेयससले भन्नुभयाे, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’
कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।