४९२९ जनामा काेराेना संक्रमण,एकैदिन ३५ जनाकाे ज्यानगयाे, ज्यान गुमाउनेकाे संख्या बढ्दै
काठमाडौं, १६ बैशाख २०७८ ।
नेपालमा थप ४ हजार ९ सय २९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । देशभरीका बिभिन्न प्रयाेगशाला हरूमा कुल १२ हजार ५ सय ९७ नमुनाकाे पीसीआर परीक्षण गरीएकाेमा थप ४ हजार ८ सय ३१ जना साथै ९ सय ६३ नमुनाकाे एन्टिजेन परीक्षण गरीएकाेमा ९७ जना गरी कुल ४ हजार ९ सय २८ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
नयाँ सिंक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८८ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै संक्रमण निकाेहुनेकाे कुल संख्या २ लाख ८० हजार १ सय ६७ पुगेकाे छ ।
यसैगरी कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३ हजार २ सय ४६ पुगेको मन्त्रालयले जनाएकाे छ ।
काठमाडौँ, १६ बैशाख २०७८ ।
काठमाडाैँ उपत्यकामा निषेधाज्ञाकाे अवधिमा पनि पेट्राेल पम्प खुला रहने भएकाे छ ।
निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोल पम्प खुला रहने भएका हुन् ।
निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयाे ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि लागू हुने गरी कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार बिहानैदेखि राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।
सुर्खेत, १६ बैशाख २०७८ ।
कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार सहित प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएकाे छ ।
काेराेना भाइरसकाे दाेश्राे लहर शुरूभएसँगै कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार सहित प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएकाे हाे । छुट्याइएकाे बजेटकाे कुल रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयाे ।
त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको जनाइएकाे छ । चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको पनि मन्त्री केसीले बताउनुभयाे ।
कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केसीले प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको पनि जानकारी गराउनुभयाे ।
सांसद शाही प्रकरण: जनमाेर्चा भन्छ अस्पताल लगेर बन्दी बनाइयाे,शाही भन्छन् एक्कासी बेहाेस भएछु
बागलुङ, १६ बैशाख २०७८ ।
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाहीकाे विषयमा फरक फरक विज्ञप्ती सार्वजनिक भएका छन् । शाहीकाे पार्टी राष्ट्रिय जनमाेर्चा र शाहीकाे तर्फबाट विज्ञप्ती सार्वजनिक भएका हुन् ।
जनमाेर्चाले शाही अस्पताल हुनुलाइ संकास्पद भन्दै अस्पतालमा कसैलाइ भेट्न नदिएकाे प्रति टिप्पणी गरेकाे छ । यता शाहीले निकाल्नुभएकाे विज्ञप्तीमा अकस्मात बिरामी परेकाे र अस्पताल लाँदा बेहाेस भएकाे कुरा उल्लेख छ ।
सम्बन्धित समाचार
जनमोर्चाका एक सांसद बेपत्ता, जीवन रक्षा गर्न जनमोर्चाको माग, गण्डकी प्रदेश सभा बैठक स्थगित
लकडाउनमा पनि सबै बैंक तथा वित्तीय संस्थाहरू खुला रहने
काठमाडौँ, १६ बैशाख २०७८ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।
नेपाल बैंकर्स सङ्घका अनुसार निषेधाज्ञाको समयमा बैंकका साथै सबै वित्तीय संस्थाका शाखाहरू खुला हुने भएका हुन् । । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरीएकाे छ ।
बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न समेत आग्रह गर्नुभयो ।
सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
खुशीकाे खबर: जैमिनीका सबै बालबालिका खोपको पहुँचमा, पूर्णखोप सुनिश्चित नगरपालिका कायमै
बागलुङ, १६ बैशाख २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाका सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेका छन् । बुधबार जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा कार्यक्रममा सो जानकारी गराइएको हो ।
पूर्ण खोप समन्वय समितिका संयोजक तथा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले ३ सय ९६ जना बालबालिका रहेकोमा उनिहरु सबैले पूर्ण खोप पाएको जानकारी दिनुभयो । १६ देखि २३ महिनासम्म लगाउनुपर्ने सबै खोप बालबालिकाहरुले लगाएको तथ्यांक प्रस्तुत गर्दै संयोजक आचार्यले जैमिनीमा कोहि पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको बताउनुभयो ।
सबैभन्दा धेरै वडा नं १० राङ्खानीमा ५२ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम वडा नं ६ अर्जेवामा २६ जनालाई खोप लगाइएको छ ।
मनकाे देवता पाथिभरा माताकाे दर्शनले साेचेकाे कुरा पुग्छ, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
नेपाल स्काउटले अब देशका सबै पालिका हुँदै त्यहाँका विद्यालयमा स्काउट संरचना निर्माण गर्ने
काठमाडौं, १५ बैशाख २०७८ ।
नेपाल स्काउटले अब देशका ७ सय ५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ ।
नेपाल स्काउटले आज पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयाे ।
परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचनासँगै समयको मागअनुसार गतिशील हुने अवसर पाएको उहाँको भनाइ थियो । संयोजक भण्डारीले भन्नुभयाे, ‘विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै स्काउट गतिविधि बढेको पनि छ, परिणामस्वरुप विगत लामो समयदेखि निष्क्रिय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’
स्थानीय संरचना अन्तर्गत हरेक विद्यालयमा कम्तीमा एक स्काउट समिति बन्नेछ । ती समितिमार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्नेछन् । स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको संयोजक भण्डारीले जानकारी दिनुभयाे ।
नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र युवा तथा खेलकुदमन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ । प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकासमन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ । स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । यसबाट सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक विद्यालयमा स्काउट युनिटहरू सञ्चालन गर्ने स्काउटको योजना छ ।
कर्मचारीमा काेराेना सङ्क्रमण देखिएपछि नेपाल दूरसञ्चार प्राधिकरणका सबै सेवा अब अनलाइनमार्फत
काठमाडौँ, १५ बैशाख २०७७ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा अब अनलाइनमार्फत हुने भएको छ ।
प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताउँनुहुन्छ । “हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
“प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो ”, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उहाँले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताउनुभयो । कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्नेछ ।
जनमोर्चाका एक सांसद बेपत्ता, जीवन रक्षा गर्न जनमोर्चाको माग, गण्डकी प्रदेश सभा बैठक स्थगित
कास्की, १५ बैशाख २०७८ ।
राष्ट्रिय जनमोर्चाका एक जना सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुन सकेको छैन ।
प्रदेश सभा सचिवालयले बुधवार (आज) चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि मतदान सुरु हुन सकेको छैन । शाहीलाई बारम्बार फोन गर्ने प्रयास गर्दा फोन पनि नलागेको माओवादी केन्द्रका एक सांसदले बताएका छन् ।
गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेको छ, जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् ।
चार दल मिलेर ३१ जना पुगेपछि नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
यता गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वासको प्रस्तावको मतदान हुने समयमा बैठक स्थगित गरिएको हो ।
सोमबारबाट सुरु भएको विशेष अधिवेशन मङ्गलबार नेकपा एमालेले सबै सांसदहरुको पीसीआर परीक्षणको माग गर्दै संसद अवरुद्ध गराएको थियो । बुधबार दिउँसोसम्म सबै सदस्यहरुको पीसीआर परीक्षण गरी बैठक सुरु गरिएको थियो । आजै अविश्वासको प्रस्तावका विषयमा छलफल गर्ने र निर्णायक मतदान गर्ने कार्यसूची रहेपनि राष्ट्रिय जनमोर्चाका एक सदस्य बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ ।
राष्ट्रिय जनोर्चाका संसदीय दलका सचेतक पियारी थापाले आफ्ना सांसद खिमबिक्रम शाही सम्पर्कमा नआएको भन्दै बैठक स्थगित गर्न संसद सचिवालयमा निवेदन दर्ता गराउँनुभएको थियो । संसद सचिवालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि संसद अधिवेशन स्थगित गरिएको जनाएको छ ।