Breaking News: जैमिनी सहित बागलुङमा थप ३३ जनामा काेराेना संक्रमण, २ बर्षीय बालिका पनि संक्रमित
बागलुङ, २२ बैशाख २०७८ ।
बागलुङमा थप ३३ जना काेराेना संक्रमित थपिएका छन् । धाैलागिरी अस्पतालबाट ३२ र क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा १ गरी ३३ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना देखिएकामध्ये जैमिनी नगरपालिका ६ अर्जेवाकी २४ बर्षीय १ जना महिलाकाे क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ । बाँकी ३२ जना धाैलागिरी अस्पताल बागलुङमा परिक्षणकाे क्रममा संक्रमण पुष्टि भएका हुन् ।
काेराेना संक्रमण पुष्टि हुनेहरूमा काठेखाेला गाउँपालिका वडा नं ६ का २६ बर्षीय महिला र ताराखाेला गाउँपालिका ३ का ३१ बर्षीय पुरूष रहेका छन् ।
यस्तै बागलुङ नगरपालिका वडा नं १ का ३३ र ५८ बर्षीय महिला र ३५, ४५ र ६२ बर्षीय पुरूष गरी ५ जना, वडा नं २ मा २ बर्षीय बालिका सहित ४२, ६०, ४०, ३० र २५ बर्षीय महिला र ६९ र २५ बर्षीय पुरूष गरी ८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
बागलुङ नगरपालिकाकै वडा नं ३ मा २३ बर्षीय एकजना पुरूष, वडा नं ४ मा ४५ बर्षीय एकजना पुरूष, वडा नं ६ मा ६६ बर्षीय एकजना पुरूष र वडा नं १३ मा ७ बर्षीय बालिका काेराेना संक्रमित भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । यस्तै बागलुङ नगरपालिका वडा नं १२ मा एकैपटक १३ जनामा काेराेना देखिएकाे छ । २३, ३५, ३३ ६२, ५० र १३ बर्षका २ जना गरी सात जना महिला र ५०, ३६, ६१, ४५, ३० र ३८ बर्षका ६ जना पुरूषमा काेराेना देखिएकाे छ ।
रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु
रूपन्देही, २२ बैशाख २०७८ ।
रूपन्देहीमा काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु भएकाे छ ।
काेराेना संक्रमणका कारण उपचाररत ३ महिला र १ पुरुष गरी थप ४ जनाकाे मृत्यु भएकाे हाे । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकाे फिबर क्लिनिकमा मंगलवा राती र बुधवार बिहान गरी उपचा गराइरहेका थप चार जना काेराेना संक्रमितको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।
बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरूषकाे मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे ।
साथै बैशाख १९ गते संक्रमण पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पताले जनाएकाे छ ।
बुटवल ९-कि ५४ वर्षीया महिलाकाे पनि बुधबार बिहान मृत्यु भएको छ । बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाइ सोही दिन अस्पताल भर्ना गरीएकाे थियाे । यस्तै १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाकाे मृत्यु भएकाे छ । २१ गते अस्पताल भर्ना भएकाेमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयाे । दुवैजनाकाे बुधबार बिहान करीब साँढे छ बजेकाे हाराहारीमा मृत्युभएकाे बताइएकाे छ ।
शुक्रबारसम्म हावाहुरी,चट्याङसहित वर्षाको सम्भावनाःआज र भाेलि बिभिन्न ठाउँमा भारीवर्षा हुने
काठमाडाैँ, २२ बैशाख २०७८ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।
अहिले प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि भारी वर्षा भैरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि काठमाडाैँ सहित देशभर पानी परेको थियो । माैसम पुर्रवानुमान महाशाखाकी मौसमविद् मञ्जू बासीले काठमाडाैँ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको जानकारी दिनुभयो ।
अबकाे तीन दिन कस्ताे रहन्छ माैसमी अवश्था ?
बुधबारः दिउँसो,देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहिबारः दिउँसो, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबारः दिउँसो, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती, देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छभने देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
यस्तै अबकाे २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्ममा मन जानेछ ।
वृष
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मिथुन
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।
कर्कट
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
सिंह
वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ ।
कन्या
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
तुला
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।
वृश्चिक
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
धनु
सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
मकर
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कुम्भ
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।
मीन
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा बाधा आउला ।
बागलुङ, २१ बैशाख २०७८ ।
कोरोना भाइरसका कारण ताराखोला गाउँपालिकाकी ३० बर्षीय महिलाको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङको ताराखोला गाउँपालिकाकी कार्यपालिका सदस्य ३० वर्षिया तेजुमाया भण्डारी परियारको मृत्यु भएको हो ।
१८ गते कोरोना संक्रमण पुष्टि भई सोमबार राति धौलागिरी अस्पतालमा भर्ना हुनुभएकी परियारको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो । अवस्था गम्भिर भएपछि अस्पताल आउनुभएकी परियारको अक्सिजनको मात्रा निकै कम देखिएको अस्पतालले जनाएको छ ।
नेपाल सरकारले प्रदान गरेको कोरोना विरुद्धको दुवै चरणको खोप लगाएपनि उहाँको मृत्यु भएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले जानकारी दिनुभयो ।
काेराेना संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढ्दै, ४५ जिल्लामा निषेधाज्ञा
काठमाडाैँ, २१ बैशाख २०७८ ।
नेपालमा काेराेना भाइरस संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढ्दै गएकाे छ ।
आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएसँगै काेराेना भाइरस संक्रमण बाट अति प्रभावित जिल्लाकाे संख्या बढेकाे हाे । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । हालसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।
निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा सुरु हुँदै छ ।
मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।
पत्रकार महासंघ बागलुङको ‘एक पत्रकार एक ल्यापटप’ कार्यक्रम, प्रेस स्वतन्त्रता दिवसमा शुभारम्भ
बागलुङ, २१ बैशाख २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङमा ‘एक पत्रकार एक ल्यापटप’ अभियानको शुभारम्भ भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघ बागलुङ शाखाले अघि सारेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानको सोमबार शुभारम्भ गरिएको हो ।
‘घर पछिको रहर: सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएकै दिन करिब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने आर्थिक संकलन भएको र थप २० जनाले ल्यापटप खरिदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
“नयाँ नेतृत्वले ल्याएको ‘एक पत्रकार एक ल्यापटप’ अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभारम्भ गरी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना दिवसको अवसरमा असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ” अध्यक्ष कँडेलले भन्नुभयो “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशिलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्ष सम्म चलाईने महासंघ बागलुङ शाखाले जनाएको छ भने अभियानको कुल खर्च रु. ७० लाख रहेको छ ।
पत्रकार महासंघले यसअघि ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।
कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान पूर्वक प्रविधिको प्रयोग गर्दा सहज हुँने भएकाले एक पत्रकार एक ल्यापटप अभियान चलाइएको छ । अभियानको सुरुवातमै नेपाल पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हरिनारयाण गौतमले ५० हजार, नेपाल पत्रकार महासंघ धौलागिरीका पूर्व उपाध्यक्ष दिपक गौतमले ५० हजार, प्रेस युनियनका केन्द्रिय पार्षद श्रीधर कँडेलले ५० हजार, अध्यक्ष नरेश कँडेलले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
नुवाकाेट, २० बैशाख २०७८ ।
नुवाकाेट आदर्श बहुमुखी क्याम्पसले लकडाउनका कारण अनलाइन कक्षा स्थगित गर्ने सूचना निकालेपछि चाैतर्फी आलाेचना भएकाे छ । क्याम्पसका कायम मूकायम क्याम्पस प्रमुख भाेला प्रसाद पाण्डेले साेमबार प्रशासनले निशेधाज्ञा लगाएपछि अनलाइन कक्षा स्थगन गरिएकाे सूचना निकालेपछि यसकाे चाैतर्फी आलाेचना भएकाे हाे ।
क्याम्पसले गत बैशाख १६ गते अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेपनि लकडाउनका कारण पूर्व निर्धारित अनलाइन कक्षा स्थगित गरिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।
निशेधाज्ञा पछि बिकल्पकाे रूपमा अनलाइन कक्षालाइ लिइने भएपनि नुवाकाेटकाे बट्टार बजारमा रहेकाे जिल्लाकाे एकमात्र स्नातकाेत्तर तहसमम अध्यापन गराउने क्याम्पसले अनलाइन कक्षा स्थगित गर्नुलाइ लज्जास्पदकाे रूपमा हेरिएकाे छ ।
काेराेना संक्रमण बढेसँगै अक्सिजन अभावःसहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन
काठमाडौँ, २० बैशाख २०७८ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
उहाँले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गर्नुभएको छ । साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आग्रह गरेको छ ।
नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।
उहाँका अनुसार अहिले अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ ।
थप हेर्नुहाेस्