Breaking News: काेराेनाका कारण राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित
काठमाण्डाै, २० बैशाख २०७८ ।
राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम काेराेनाका कारण तत्कालका लागि स्थगित हाे ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा २०७८ सालमा जनगणना हुँदैछ ।
कैलाली/मकवानपुर, २० बैशाख २०७८ ।
कैलाली र मकवानपुरमा गरी थप छ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।
कैलालीमा ४ जना र मकवानपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जनाकाे मृत्युभएकाे छ । लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुषकाे आज बिहान साढे १ बजे र लम्किचुहा –१० की ३५ वर्षीया महिलाकाे बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयाे ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय पुरुषको अज बिहान ५ बजे र कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको छ ।
यसैगरी मकवानपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेका २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयाे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुषको मृत्युभएकाे हेटौँडा अस्पतालले पुष्टि गरेको छ । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डा. श्रेष्ठकाे भनाइ छ ।
मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास प्रश्वासमा समस्या आएपछि उनिहरूलाई भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको थियो ।
काेराेना संक्रमण बढ्दाेः४१ जिल्ला अति प्रभावित,कतै आंशिक कतै पुर्णरूपमा निषेधाज्ञा,विस्तृतमा
काठमाडाैँ, २० बैशाख २०७८ ।
काेराेना संक्रमण बढ्दै जाँदा नेपालकाे ४१ जिल्लामा धेरै प्रभाव देखिएकाे छ ।
काेराेना संक्रमणकाे दाेस्राेलहर शुरू भएसँगै नेपालकाे ४१ जिल्लामा संक्रमणकाे धेरै प्रभाव देखिएकाे हाे । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । अति प्रभावित ४१ जिल्ला मध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएकाे छ ।
काठमाडाैँ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा जारीछ भने अरु २७ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । काठमाडाैँ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । साथै यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएकाे छ ।
बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि सवारीमा जोरबिजोर प्रणालि लागु गरीएकाे छ ।
कपिलवस्तु, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले उल्लेख गरेकाे छ । यस्तै बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको जनाइएकाे छ ।
सरकारले कोरोना संक्रमण सङ्ख्या काठमाडाैँ उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइसकेकाे छ ।
Breaking News: जैमिनीमा जोर विजोर लागु, कार्यलयको सेवा पनि वडा अनुसार पालैपालो गरिने
सुजन प्रेमी
बागलुङ, २० बैशाख २०७८ ।
बागलुङको जैमिनीमा जोर विजोर प्रणाली लागु भएको छ । जैमिनी नगरपालिका आर आर टी टिमको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार जैमिनीमा सोमबारदेखि जोर विजोर प्रणाली लागु भएको हो ।
तिब्र गतिमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरिएण्ट सहितको संक्रमण जैमिनीमा पनि फैलिन सक्ने भन्दै सोमबारदेखि जोर गते जोर नम्बरका गाडी र विजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्नेगरी जोर बिजोर प्रणाली लागु भएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
बिभिन्न खालका कार्यक्रमहरु, विवाह, ब्रतबन्ध जस्ता कार्यहरुमा १५ जनाभन्दा बढि उपस्थित हुन नपाइने, व्यापार गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य लागु गर्नेपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, बैंक तथा बित्तिय संस्थाहरुले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपर्ने निर्णय गरिएको उहाँको भनाई छ ।
बैठकले जैमिनी नगरपालिकाबाट प्रदान गरीने सेवा पनि समय तालिकाबाट गर्ने भएको छ । वडा नं १,२ र ३ का सेवाग्राहीहरुको लागि सोमबार, वडा नं ४,९ र १० का सेवाग्राहीहरुको लागि मंगलबार, वडा नं ६,७ र८ का लागि बुधबार र वडा नं ५ सहित अन्य नगर स्तरीय योजनाहरुको काम गर्न बिहिबार समय दिइएको नगरपालिकाले जनाएको छ ।
आज साेमबार: भगवान शिवकाे दर्शनले साेचेका सबै कुरा पुरा हुन्छ, दर्शन गर्दै राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत: सावधानी अपनाउनु नै उपयुक्त होला ।
वृष
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।
मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
कर्कट
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह
आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।
कन्या
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
तुला
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृश्चिक
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
धनु
कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मकर
शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
मीन
आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
बागलुङ, १९ बैशाख २०७८ ।
काेराेना संक्रमणका कारण पर्वतकाे एक सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका प्रेस विज्ञप्ती अनुसार ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे ।
मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ बर्षिय पुरुष रहेका छन् जसकाे शुक्रबार दिउँसो होम आईसोलेसनमा मृत्यु भएको निर्देशनालयले जनाएकाे छ । यस्तै पोखरा–२६ का ५८ बर्षिय कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा, पर्वको कुश्मा नगरपालिका–५ की ७६ बर्षिय महिला र दाङको राप्ती गाउँपालिका–५ का ४३ बर्षिय पुरुषको शुक्रबार नै गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयाे ।
यता पोखरा–१६ का ७३ बर्षिय पुरुष र पोखरा–१० की एक महिलाको शुक्रबार नै मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पोखरा–१९ का ५४ बर्षिय पुरुषको शुक्रबार गण्डकी मेडिकल कलेजमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ बर्षिय पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विवरणमा उल्लेख छ । अध्यावधिक विवरण अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।
बुटवल, १९ बैशाख २०७८ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुझाउनुभएको राजीनामा स्वीकृत भइसकेको छ ।
आजै प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँको राजिनामा स्विकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिईएको प्रदेश प्रमुख कार्यलयका प्रबक्ता चिरञ्जिबी पौडेलले जनाउनु भएको छ ।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस,माओबादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अबिश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुंदै थियो । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । बैशाख ६ मा उनी विरुद्ध कांग्रेस माओवादी सहितका दलले अविश्वाशको प्रस्ताव ल्याएका थिए ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निश्काशनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वाशको मत लिन ४१ मत आवश्यक पर्छ । जुन एमालेको थियो । तर, २ जना प्रदेश सभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरुको भुमिका के हुने थियो भन्ने कुरा एमालेभित्र संशय रहेको एमाले स्राेत जनाएको छ ।
अबको कार्यदिशा बारे छलफल गर्न संसदीय एमाले संसदीय दलको बैठक बुटवलमा सुरु भएको छ ।
माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।
नुवाकाेट भैरवीकाे दर्शनले साेचेका कुरा पुरा हुन्छ, दर्शन गर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
बागलुङ, १८ बैशाख २०७८ ।
कोरोना संक्रमणबाट जैमिनीका एक युवाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारेका २८ वर्षीय युवाको शुक्रबार राती मृत्यु भएको हो ।
बैशाख १० गते कोरोना संक्रमण पुष्टि भई वैशाख १४ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएका उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
भतपुर अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि होम आशोलेसनमा बसेर अवस्था जटिल बन्दै गएपछि अस्पताल गएका मृतक युवालाई स्वासप्रस्वासमा समस्या रहेको थियो ।
उहाँ जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारे निवासी भएपनि चितवनमा बस्दै आउनुभएको थियो ।