एकैदिन झण्डै ५ हजारमा काेराेना संक्रमणःकुल संख्या ३ लाख १२ हजार नाघ्याे,निको हुने दर घट्दै
काठमाडौं, १५ बैशाख २०७८ ।
नेपालमा थप ४ हजार ७ सय ७४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
देशभरीका बिभिन्न प्रयाेगशाला हरूमा गरीएकाे परीक्षणमा थप ४ हजार ७ सय ७४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । पछिल्लो चौबीस घण्टामा १३ हजार ८ सय ७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४ हजार ७ सय ७४ जनामा मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
गत चौबीस घण्टामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितकाे कुल संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ । संक्रमितकाे संख्यामा बृद्धि भएसँगै हाल काेराेना संक्रमित निकाे हुने दर समेत घट्दै गएकाे छ । नयाँ संक्रमित बढ्दै जाँदा र संक्रमण निको हुने कम हुँदा संक्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७ सय ७३ जना काेराेना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ ।
साथै काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा काेराेना संक्रमणकाे पुष्टि भएको छ । भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४ सय ६४ जनामा संक्रमण पाइएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो चौबीस घण्टामा ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गरिएको छ । जसमध्ये १ सय २३ मा पोजिटिभ पाइएको जनाइएकाे छ ।
मन्त्रालयले हाल ३ सय १७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेको जनाएको छ । अहिले ५४ जना क्वारेन्टाइनमा र ३० हजार २ सय ९ जना आइसोलेशनमा छन् ।
Breaking News: जैमिनीमा १० दिन विद्यालय बन्द, परिक्षा लगाएतका कार्यक्रमहरु पनि स्थगित
बागलुङ, १५ बैशाख २०७८ ।
कोरोना माहामारीका कारण जैमिनी नगरपालिकाले सम्पूर्ण शिक्षण सस्था १० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको नगर स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले सम्पूर्ण शिक्षण सस्था दश दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षण सस्था बन्द भएपनि बैकल्पिक माध्यमबाट अध्ययन गर्न विद्यार्थीलाई अनुरोध गरिएको नगर शिक्षा प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । पठनपाठन बन्द भएपनि शिक्षकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयमा भौतिक उपस्थिति जनाएर परिक्षा लगाएत आन्तरिक तयारी गर्नुपर्नेछ ।
विद्यालयहरु बुधबारदेखि बैशाख २४ गते १० दिनसम्म बन्द हुनेछन् । विद्यालयको अलवा ट्युसन/कोचिङ सेन्टरहरु र सम्पूर्ण परिक्षाका कार्यक्रमहरु पनि बन्द भएको प्रमुख आचार्यले बताउनुभयो ।
बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्ममा मन जानेछ ।
वृष
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मिथुन
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।
कर्कट
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
सिंह
वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ ।
कन्या
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
तुला
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।
वृश्चिक
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
धनु
सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
मकर
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कुम्भ
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।
मीन
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा बाधा आउला ।
काेराेना संक्रमण बढ्दाेःबिहीबारदेखि उपत्यका सहित देशका विभिन्न स्थानमा लकडाउन गर्ने निर्णय
काठमाडौँ, १४ वैशाख २०७८ ।
पछिल्लाे समय कोरोना संक्रमित बढ्न थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी लकडाउन गर्ने भएको छ ।
वैशाख १६ गते बिहान ६ बजेदेखि लागुहुनेगरी सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले काठमाडाैँ उपत्यकामा लकडाउन गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न संक्रमण बढी भएका ठाउँहरूमा अवश्था हेरी संक्रमित सङ्ख्याका आधारमा लकडाउन गर्ने निर्णय गरेको छ ।
उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी संक्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले बताउनुभयाे । पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी संक्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय समेत भएकाे जानकारी दिइएकाे छ ।
यसका साथै काठमाडौँ उपत्यका भित्रने सवारी साधन अावागमन बन्द गर्ने निर्णय समेत भएकाे छ ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि मन्त्री अर्यालले स्पष्ट पार्नुभयाे ।
एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको साथै बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताइएकाे छ ।
यसैगरी पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना जारी नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय समेत बैठकले गरेको छ ।
Breaking News: त्रिविका सबै तहकाे परीक्षा स्थगित, चलिरहेकाे परिक्षा पनि राेकियाे
काठमाण्डाै, १३ बैशाख २०७८ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको छ । साेमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति निकाल्दै देशका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।
यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको त्रिविले जनाएको छ ।
सबै तहका परीक्षा राेक्ने सिफारिस प्रति विद्यार्थी अलमलमा, स्नातक तहकाे परिक्षा अन्याेल
काठमाढाै, १३ बैशाख २०७८ ।
सबै तहका परीक्षा राेक्ने सिफारिसप्रति विद्यार्थी अलमलमा परेका छन् । सबै तहका परीक्षा राेक्न सीसीएमसीले सिफारिस गरेपछि हाल परिक्षा सञ्चालन भैरहेकाे स्नातक तह दाेस्राे बर्षका विद्यार्थी अन्याैलमा परेका हुन् ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न सिफारिस गरेपनि त्रिभुवन विश्वविद्यालयले कुनै जानकारी दिएकाे छैन ।
सिसिएमसीले परीक्षाका कारण काेराेना सङ्क्रमण झनै फैलिन सक्ने भन्दै सबै परीक्षा राेक्न सिफारिस गर्ने निर्णय गरेपनि परिक्षा राेकिने वा नराेकिने भन्ने पुष्टि नहुँदा विद्यार्थीहरू अलमलमा परेकाे उनिहरूकाे गुनासाे छ ।
Breaking News: सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस, काेराेनाकाे स्थिति भयावह
मुकुन्द गैरे
काठमाडौं, १२ बैशाख २०७८ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब अहिले वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ ।
सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ । विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् ।
विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयको भनाई छ । गाेरखापत्र अनलाइनबाट
सङ्क्रमितले अस्पतालका शैया भरिन थाले, नागरिकले वास्ता गर्दैनन्, सावधानी अपनाउन जरूरी
काठमाडौँ, ११ वैशाख २०७८ ।
कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका श्यया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् ।
दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उहाँको भनाइ छ । उहाँले अस्पतालमा सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिनुभयो । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, उहाँले भन्नुभयो, “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”
उहाँले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गर्नुभयो । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।
अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । उहाँले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफँै सचेत हुनुपर्ने भनाइ राख्नुभयो । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, उहाँले भन्नुभयो, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”
यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।
यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । उहाँले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताउनुभयो । उहाँले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिनुभयो ।
सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उहाँको भनाइ छ । त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उहाँले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताउनुभयो । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उहाँले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिनुभयो ।
शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । उहाँले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।
नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेका छन् । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।
बागलुङ, ११ बैशाख २०७८ ।
जैमिनीमा दलित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिसेरामा दलित सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
सम्पूर्ण दलित समूदायहरु एक होऔँ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दलितहरुको हक र अधिकारका लागि अब दलितहरु नै जागरुक हुनुपर्ने बताएका छन् ।
जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले दलित दलित बिचको बिभेदलाई अन्त्य गर्न सके पनि बिभेद धेरै कम हुने बताउनुभयो । अधिकार खोसेर लिनुपर्ने भन्दै उहाँले शिक्षा र राजनिति क्षेत्रमा दलितहरुले पूर्ण सहभागिता नजनाएसम्म आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्न कठिन हुने धारणा राख्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कानुनले नै बिभेद गर्नेलाई दण्डित गर्ने भएकाले अब कसैले बिभेद गर्न नहुने बताउनुभयो । कसैले बिभेद गरेमा दलितहरुले उजुरी गर्नुपर्ने भन्दै उहाँले मानिसहरु सबै बराबर भएकाले कसैले कसैलाई बिभेद गर्न नहुने उल्लेख गर्नुभयो ।
जैमिनी नगरपालिका कार्यपालिका सदस्य तथा कार्यक्रमका प्रशिक्षक लाल बहादुर परियारले दलितहरुलाई कम्तिमा पनि १३ प्रतिशत कोटा छुट्याउनुपर्ने माग राख्नुभएको छ । दलितहरुलाई बिना बिभेद उच्च तहमा जान पाउने अवसर दिनुपर्ने भन्दै उहाँले दलितहरुको लागि सम्बन्धीत निकायहरुले उचित बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक तथा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले दलितहकको लागि भएका कानुनी व्यवस्थाको बारेमा जानकारी दिनुभएको थियो । कसैले छुवाछुत र बिभेद गरे कानुनले नै दण्डित गर्ने भन्दै उहाँले उजुरी गर्ने निकाय र तरिकाको बारेमा जानकार हुनुपर्ने बताउनुभयो ।
जैमिनी नगरपालिका वडा नं ५ र ६ का वडा सचिव रुद्र विकले दलितहरु व्यक्तिगत घटनादर्तामा पछि रहेको भन्दै आफ्ना प्रमाणहरु बलियो बनाउन आग्रह गर्नुभयो । आफूसँग प्रमाण भए कतै झुक्नु नपर्ने भन्दै उहाँले भूमि र व्यक्तिगत घटना दर्ताको प्रमाण सुरक्षित राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका १० ओटै वडाका दलित महिला जनप्रतिनिधि सहित दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
वृष
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको
योग पनि रहेको छ ।
मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कर्कट
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
सिंह
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
तुला
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
वृश्चिक
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
धनु
आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर
आज विद्या र बुद्धिमा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
कुम्भ
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनसक्छ ।
मीन
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।