आज साेमबार: पशुपतिनाथकाे दर्शनले साेचेका सबै कुरा पुरा हुन्छ, दर्शन गर्दै राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत: सावधानी अपनाउनु नै उपयुक्त होला ।
वृष
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।
मिथुन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
कर्कट
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह
आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।
कन्या
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
तुला
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृश्चिक
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
धनु
कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मकर
शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
मीन
आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
बागलुङ, ५ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको हो ।
सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।
बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान र परिचालन गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने भएकाले यसका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।
मानिसको सबै भन्दा ठुलो सम्पत्ती स्वास्थ्य हो, स्वास्थ्य अवस्थालाई व्यवस्थित गराउनका लागि घरेलु स्रोतहरुको अधिकतम उपयोग गर्नु पर्छ, कार्यालय प्रमुख रायले भन्नुभयो– ‘रोग लागि सकेपछि उपचारका लागि दौडनु भन्दा रोग नै लाग्न नदिनका लागि खानपानमा घरेलु जडिबुडीको प्रयोगमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ ।’
हाम्रो क्षेत्रमा खेर गैरहेका औषधीजन्य जडिबुडीहरुको प्रयोगले रोग लाग्न नदिन र रोग लागिसकेपछि उपचारका लागि दीगो समाधान दिने भए पनि चेतनाको अभावले धेरै औषधीजन्य जडिबुटी त्यसै खेर गैरहेको उहाँको भनाइ छ । स्थानीय औषधीजन्य जडिबुटीहरुको पहिचान, उपयोग र परिचालनका विषयमा रायले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले सदस्यहरुको आर्थिक विकासका लागि स्वास्थ्य सतर्कता आवश्यक रहेको बताउनुभयो । सहकारीले पूँजि परिचालनसंगै स्वास्थ्य सचेतना र उपचारमा समेत प्रभावकारी काम गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा सहकारीहरुको ध्यान पुग्नु पर्नेमा उहाँको जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले सहकारीमार्फत स्थानीय उत्पादन बढाउन, स्थानीय वस्तुहरुको उपयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।
शेयर सदस्यहरुको तर्फबाट बोल्दै समाजसेवी शेर बहादुर खनालले आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार, वचत तथा ऋणसंगै सदस्यहरुको नेतृत्व विकास, क्षमता विकास लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको र पछिल्लो समय स्वास्थ्य सचेतना र स्थानीय स्रोतको परिचालनका लागि सञ्चालन गरेको अभियानबाट आफु प्रभावित भएको भन्दै संस्थाको उन्नती प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
Breaking News: बागलुङमा एकैपटक १० जनामा काेराेना संक्रमण पुष्टि, नारायणस्थानका धेरै
बागलुङ, ५ बैशाख २०७८ ।
बागलुङमा एकैपटक १० जना काेराेना संक्रमित फेला परेका छन् । आइतबार बागलुङ नगरपालिका र बडीगाड गाउँपालिकाका १० जनामा काेराेना पुष्टि भएकाे हाे ।
काेराेना संक्रमण हुनेहरूमा बागलुङ नगरपालिका ३ र ५ का एक एक जना रहेका छन् भने बागलुङ नगरपालिका १४ नारायणस्थानका ७ जनामा काेराेना पुष्टि भएकाे छ । यस्तै बडीगाड गाउँपालिका ५ का एक जनामा पनि काेराेना देखिएकाे छ ।
बागलुङ कालिकाकाे दर्शन गर्दा मनाेकांक्षा पुरा हुन्छ, दर्शन सहित हप्ताभरीकाे राशिफल हेर्नुहाेस्
साप्ताहिक राशिफल
मेष
तो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग रातो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन
यो सातामा चोरबाट भय रहनेछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्न । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनसक्छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कर्कट
यो साता शुभारम्भको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
सिंह
यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । काम गर्ने जोशजाँगर र हिम्मत बढ्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । कार्य सम्पादनमा समस्या आउला । यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला
यो साता सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । सहकर्मीबाट विरोध आउला । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ । यो साताका लागि शुभ अङ्क १, ६ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु
यो हप्ता दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । समाजसेवामा मन लाग्नेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १, ९ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर
यो हप्तामा लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग सिन्दुरे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ
यो साता मध्यम छ, रोकिएका काम पुनः सुरु हुन सक्छन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । घरमा अतिथीको आगमन हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ४, ६ र शुभ रङ्ग आकासे नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
मीन
यो साता नयाँ राम्रो अवसरहरू प्राप्त हुनेछन् । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ५, ७ र शुभ रङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
पत्रकार महासंघ बागलुङ शाखाको पदस्थापन, उपहारमा ‘एक ल्यापटप पत्रकारका साथ’ याेजना
बागलुङ, ४ बैशाख २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधीकारी, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुको शनिवार पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष दिल शिरिषले नव निर्वाचित अध्यक्ष नरेश कँडेललाई सपथ खुवाइदै पदभार ग्रहण गराउनुभएको थियो भने अन्य निर्वाचित पदाधीकारीहरुलाई नव निर्वाचित अध्यक्ष कँडेलले सपथ खुवाउनुभएकाे थियाे ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाकाे हित र निश्पक्ष पत्रकारितालाई सँधै शिराेपर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नव निर्वाचित जिल्ला कार्य समिति सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषदहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेकाे थियाे ।
अध्यक्ष कँडेलले महासंघकाे पदस्थापना पछि बाेल्दै पहिलाे अभियानमा पत्रकारहरूलाई सवलिकरण गर्नका लागि एक ल्यापटप पत्रकारका साथ अभियान चलाउने याेजनाबारे जानकारी गराउनुभएकाे थियाे ।
यस्तै पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पुर्याएर सहि सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सहि सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बागलुङ, ३ बैशाख २०७७ ।
चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको हाे ।
गोठमा भैँसी दुहुँदै गर्दा कँडेल चट्याङ लागेर घाइते हुनुभएकाे थियाे । घाइते उहाँकाे धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएकाे छ । कँडेलकाे घरमा पनि क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ,दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशि
आफन्तसङ्ग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खनपिनमा सचेत रहनु नै उचित हुनेछ ।
वृष राशि
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मिथुन राशि
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कर्कट राशि
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।
शिंह राशि
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
कन्या राशि
धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
तुला राशि
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।
वृश्चिक राशि
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
धनु राशि
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर राशि
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ राशि
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन राशि
आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । ईष्टमित्रहरूसित भेटघाट हुनेछ ।
राशिफलले जे जस्ताे भनेपनि तपाइँकाे दिन शुभ बिताेस्ः
सम्झौता युवा क्लव नेपानेको ९औँ बार्षिकोत्सव सम्पन्न, खेलकुद सहित कलाकारहरूकाे बेजाेड प्रस्तुति
बागलुङ, २ बैशाख २०७८ ।
सम्झौता युवा क्लव नेपानेको ९ औँ बार्षिकोत्सव तथा साँस्कृतीक मेला सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ३ मा अवस्थित क्लवले ९ औँ बार्षिकोत्सवको अवसरमा नेपानेमा साँस्कृतीक मेला आयोजना गरेको हो ।
विभिन्न खेलहरुको आयोजना गरिएको कार्यक्रममा भलिवल खेलको उपाधी बरेङ गाउँपालिका २ बराहकोटले जितेको छ । बराहकोटसँग हारेको सयपत्री युवा क्लव देवलधाराले उप विजेताको रुपमा चित्त बुझाएको छ । यस्तै तृतीय कालापाताल युवा क्लव र सान्वना नेपाने बनेको छ ।
बार्षिकोत्सवको अवसरमा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, ‘बि’ लेभलको डबल ब्याटमिन्टन प्रतियोगिता, तारा खेल (धनुषवाण) प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, लठो तान्ने प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सूर्यबहादुर पुनले जानकारी दिनुभयो ।
पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वित्तीय हुनेले २० हजार, तृतीय हुनेले १२ हजार र उपविजेताले ८ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्वित्तीय हुनेले ८ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोक तथा दोहोरी कलाकार खेम सेन्चुरी, जुना श्रीस, शर्मिला गुरुङ, प्रेम पौडेल, दुर्गा विरही, कमल जिएम, हास्य कलाकार दिलिप पर्तेल लगाएतले आफ्नो प्रस्तुति दिएका थिए ।
मनकाे देवता पाथिभरा माताकाे दर्शनले साेचेकाे कुरा पुग्छ, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धनमा रमाउने समय पनि छ ।
वृष
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मिथुन
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।
कर्कट
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख पनि मिल्नेछ ।
सिंह
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
कन्या
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
तुला
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृश्चिक
विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । आधुरा कामसमेत सम्पादन हुनसक्छ ।
धनु
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मकर
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्न सक्छ ।
कुम्भ
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
काठमाडौ, १ बैशाख २०७८ ।
आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ बर्षको दिन नयाँ संकल्प सहित मनाउने गरिएको छ ।
नयाँ वर्षको पहिलो दिन मन्दिरहरुमा पूजा गरे वा गंगा स्नान गरे लाभ प्राप्ति हुने भएकाले मन्दिर र नदी तलाउहरुमा गंगा स्नान र पुजाआजा गर्नेहरुको ठुलै भिड लाग्ने गर्दछ ।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।