आमाको मुख हेर्ने पर्व: ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’, कोरोनाले मातातीर्थ मेला स्थगित
काठमाडौँ, २८ वैशाख २०७८ ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।
कोरोनाले मातातीर्थ मेला स्थगित
वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं।–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।
आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घर घरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ ।
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।
कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।
यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसी समेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ– ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमा समेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसकेपनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।
कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा बन्द
बागलुङ, २७ बैशाख २०७८ ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा बन्द भएको छ । सोमबार एक सूचना निकाल्दै स्वास्थ्य केन्द्रले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द भएको जानकारी दिएको हो ।
स्वास्थ्य केन्द्रमा कार्यरत एक ४२ बर्षीय महिला स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले थप जोखिम निम्तिन नदिन सबै सेवा बन्द गरिएको प्रशासन प्रमुख विदुर शर्माले जानकारी दिनुभयो ।
सूचना अनुसार २८ गतेदेखि अर्को सूचना नआउँदासम्म स्वास्थ्य केन्द्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछ ।
याे पनि पढ्नुहाेस् ।
जैमिनीमा काेराेनाकाे अवस्था भयावह, २२ जनाकाे परिक्षणमा १५ जना पाेजेटिभ
Breaking News: जैमिनीमा काेराेनाकाे अवस्था भयावह, २२ जनाकाे परिक्षणमा १५ जना पाेजेटिभ
बागलुङ, २७ बैशाख २०७८ ।
जैमिनीमा २२ जनाकाे परिक्षणमा १५ जनाकाे काेराेना रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । धाैलागिरी अस्पताल बागलुङमा गरिएकाे परिक्षणमा जैमिनीका १५ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना संक्रमण देखिएकाहरूमध्ये १२ जना वडा नं ५ बिनामारेका मात्रै रहेका छन् । बिनामारेका ५६, ३५, ६९ र ३७ बर्षीय ४ जना महिला र ३८, ६६, ५२, २७, २२, १४, १६ र ७८ बर्षीय ८ जना पुरूष गरी १२ जनामा काेराेना देखिएकाे छ । ४२ बर्षीय महिलाकाे विवरण वडा नं ५ मा परेपनि उनि वडा नं १ काे स्वास्थ्यकर्मी रहेकाे जैमिनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गाेविन्द प्रसाद आचार्यले जानकारी दिनुभयाे ।
यस्तै वडा नं १ का ५८ बर्षीय महिला र वडा नं २ का ३५ बर्षीय महिलामा पनि काेराेना देखिएकाे छ ।
परिक्षण गरेकाे दर हेर्दा जैमिनीमा काेराेनाकाे भयावह स्थिति सृजना भर्काे देखिएकाे छ । नागरिककाे लापरवाहीले गर्दापनि काेराेनाकाे जाेखिम उच्च बन्दै गएकाे जानकारहरूकाे भनाइ छ ।
काठमाडाैँ, २७ बैशाख २०७८ ।
एसईई र कक्षा १२ काे परीक्षा स्थगित भएकाे छ ।
साेमबार एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय भएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
यही जेठ १३ गते हुने भनिएकाे एसईई र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी दुबै परीक्षा स्थगित गरिएकाे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले जानकारी दिनुभयाे ।
अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको अध्यक्ष पौडेलले बताउनुभयाे ।
काेराेना संक्रमणकाे दाेस्राे लहरले पनि शिक्षा क्षेत्रमा निकै असर पारेकाे छ । कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले पनि परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताइएकाे छ ।
काेराेना संक्रमणकाे असरः ११ मा आंशिक र ५७ मा पुर्ण गरी ६८ जिल्लामा निषेधाज्ञा लागु
काठमाडाैँ, २७ बैशाख २०७८ ।
नेपालमा हाल सम्म ६८ जिल्लामा निषेधाज्ञा लागु भएकाे छ ।
काेराेना संक्रमण फैलिँदैगर्दा बुधबार बेलुका सम्म नेपालका ६८ जिल्लामा निषेधाज्ञा लागु भएकाे हाे ।
हाल काभ्रेपलाञ्चाेक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चाेक, धनकुटा र सप्तरी जिल्ला सहित ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएकाे गृहमन्त्रालयले जनाएकाे छ ।
६८ जिल्ला मध्ये बाँकि ५७ जिल्लाहरूमा जिल्लाभर पुर्णरूपमा निषेधाज्ञा जारी गरीएकाे छ ।
बागलुङ, २७ बैशाख २०७८ ।
धौलागिरी अस्पतालमा ४७ बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ का ४७ बर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
बिरामी भएपछि गत बैशाख २० गते धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि आएका ती पुरुषमा पीसिआर परिक्षण गर्दा २१ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । मृतक पुरुषमा अन्य दिर्घ रोग नरहेकोे उहाँले बताउनुभयो ।
बिमारले च्याप्दै गएपछि अन्य ठाउँबाट पनि औषधि खाएका ती पुरुष अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पताल बागलुङमा परिक्षणका लागि आएका थिए ।
कैलाली र कञ्चनपुरका गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना संक्रमितकाे मृत्यु
कैलाली, २६ बैशाख २०७७ ।
कैलाली र कञ्चनपुरका गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको हाे । सेती अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका ४ र कञ्चनपुरका ३ जना कोराेना संक्रमितकाे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका–४ की ३७ वर्षीया महिला, वडानं १८ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका–६ का ४२ वर्षीय पुरुष र वडा नम्बर ११ का ७४ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय २३ नमुनाकाे परीक्षण गर्दा ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनगढी उपमहानगरपालिकाका मात्र २ सय ४० जना छन् भने कैलालीकै अन्य स्थानीय तहका ७३ जनाका साथै अन्य जिल्लाका १५ जना रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
एकैदिन ४ हजार भन्दाधेरै संक्रमित निकाेभएः८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि,५२ जनाकाे मृत्यु
काठमाडाैँ, २६ बैशाख २०७७ ।
नेपालमा एकैदिन ४ हजारभन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् ।
आइतबार मात्रै ४ हजारभन्दा धेरै काेराेना संक्रमित संक्रमण निकाेभएर घर फर्किएका हुन् । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित मध्ये ४ हजार २२ जना काेराेना संक्रमण निकाे भएर डिस्चार्रज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख २ हजार ७ सय ५७ पुगेकाे छ ।
यस्तै आठ हजार ८ सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशभरीका भिभिन्न प्रयाेगशालामा १८ हजार ७ सय ८७ नमुनाकाे पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ नमुनाकाे एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ । हाल ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन् ।
साथै पछिल्लो चौबीस घण्टामा थप ५२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पछिल्लो चौबीस घण्टामा ५२ संक्रमितकाे मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा २६ जना संक्रमितकाे मृत्यु भएकाे समेत थप गरी कुल ८८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ३ हजार ७ सय २० पुगेकाे छ ।
अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो, पृथ्वीमा ठुलाे दुर्घटना टर्याे
काठमाण्डाै, २६ बैशाख २०७८ ।
अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको हाे ।
याे संगै पृथ्वीमा ठुलाे दुर्घटना टरेकाे बीबीसीले जनाएको छ । यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीले बताएका छन् । भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो । अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ । घटनामा मानवीय क्षति भएकाे छैन ।