आजको राशिफल
मेष राशी
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
एकैदिन २१४ जनाकाे ज्यान गयाेः झण्डै ९ हजारमा संक्रमण,सक्रिय संक्रमित १ लाख ५ हजार नाघे
काठमाडाैँ, ३० बैशाख २०७८ ।
नेपालमा एकैदिन २ सय १४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको हाे । बिहीबार नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४ हजार ४ सय ६६ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमितको मृत्यु संख्या अत्यधिक बढेको छ । बुधबार १ सय ६८ जनाको मृत्यु भएको थियो भने मंगलबार मात्रै २ सय २५ जनाकाे मृत्यु भएकाे थियाे ।
यसैगरी थप ८ हजार ९ सय ६० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । देशभरीका विभिन्न प्रयाेगशालाहरूमा १९ हजार ४ सय ७४ नमुनाकाे पीसीआर परीक्षण गरीएकाेमा ८ हजार ८ सय ४२ र ७७१ नमुनाकाे एन्टिजेन परीक्षण गरीएकाेमा थप १ सय १७ गरी कुल ८ हजा ९ सय ६० जनामा संक्रमण पुषर्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ । तीमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा र ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेकाे छ ।
शुक्रबार देखि लागुहुने गरी नेपाल टेलिकमले एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्यायाे
काठमाडौं, ३० बैशाख २०७८ ।
नेपाल टेलिकमले शुक्रबार बाट लागु हुने गरी प्रयाेगकर्ताहरूलाई एक महिने अफर दिने भएकाे छ ।
काेराेना संक्रमणका कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी भैरहेकाे अवस्थामा टेलिकमले शुक्रबार बाट लागु हुने गरी प्रयाेगकर्ताहरूलाई एक महिने अफर दिने भएकाे हाे । काेराेना संक्रमणका कारण सिर्जना भएकाे विषम परिस्थितिमा सेवाग्राहीलाई थप सुविधा दिने लक्ष्यले भाेलि अर्थात बैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको छ ।
टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको सि्पड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।
दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ ।
यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने नेपाल टेलिकमले जनाएकाे छ ।
मस्कटबाट छ सय अक्सिजन सिलिण्डर शनिबार ल्याइने
काठमाडौँ, ३० वैशाख २०७८ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट छ सय थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।
निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पु¥याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पु¥याउने प्रयासमा रहेको जनाउनुभएको छ ।
ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उहाँले बताउनुभयो । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।
निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।
दाेश्राे पटक सपथ लिएका मुख्यमन्त्री गुरूङ फेरि संकटमा, नियुक्ति असंवैधानिक भन्दै चार दलकाे बिज्ञप्ती
पाेखरा, ३० बैशाख २०७८ ।
गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् ।
संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्थाका विपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति गरिएको बताएका छन् ।
धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने १५ सदस्य भएको नेपाली कांग्रेस, १२ सदस्य (सभामुख समेत) भएको नेकपा माओवादी केन्द्र, तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा र दुई सदस्य रहेको जनता समाजवादी पार्टीको ‘लेटरहेड’मा लेखेर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरियोस् भन्ने पत्र वैशाख २९ गते ३.५५ बजे प्रदेश प्रमुखलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।
“बहुमत सदस्य भएको दलहरूको समर्थन आएपछि प्रस्तावित उम्मेदवारलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने थियो । उपधारा (२) अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन नसके उपधारा (३) कार्यान्वयन गर्नुपर्नेमा चार दलको पत्रलाई वाइपास गरेर सिधै उपधारा (३) कार्यान्वयन गर्नु असंवैधानिक छ, भत्र्सनायोग्य छ”, विज्ञप्तिमा भनिएको छ ।
प्रस्तावक दलहरूको कागजात नपुगे माग्नुपर्ने बताउँदै दलहरूले आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै प्रदेश प्रमुखले अनावश्यक फैसला गरेर संविधानको अपमान गर्नुभएको उल्लेख गरेका छन् । चार दलले दर्ता गरेको निवेदनलाई बेवास्ता गरी पूर्वनियोजित निर्णय गरेर गरिएको मुख्यमन्त्री नियुक्तिप्रति विमति भएको भन्दै विज्ञप्तिमा प्रदेश प्रमुखले सामान्य शिष्टाचारसमेत ख्याल नराखी दर्ता प्रक्रियामा शङ्कास्पद विलम्ब गर्न खोज्नु निन्दनीय भएको बताइएको छ । संविधान, कानून, विधि र प्रक्रिया मिच्ने प्रवृत्तिविरुद्ध चारै राजनीतिक दलको एकताबद्ध र निरन्तर सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बैशाख २६ गते राजिनामा दिएपछि मुखयमन्त्रीकाे लागि प्रदेशमा दाैडधुप थियाे तर पछि गण्डकी प्रदेशमा बुधबार मुख्यमन्त्री गुरूङ पुन: नियुक्त भै सपथ समेत लिइसक्नुभएकाे छ ।
सुजन प्रेमी
बागलुङ, ३० बैशाख २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा गत २२ गते राति १२ बजेदेखि २९ गतेसम्म जारी लकडाउनको अवधी थप गरिएको हो ।
बुधबार बसेको सरोकारवालाहरुको बैठकले जेठ ५ गतेसममको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
२९ गते राति १२ बजेदेखि लागू हुनेगरी अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ । सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ ।
सूचना
बिहिबार गाेरखा मनकामनाकाे दर्शनगरे भाग्याेदय हुन्छ,दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजकाे राशिफल
मेष
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।
वृष
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
मिथुन
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
कर्कट
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
सिंह
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
कन्या
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
तुला
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहर्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
मकर
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।
मीन
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
राशिफलले जेजस्ताे बताए पनि तपाइँकाे दिन शुभ बिताेस् ।
Breaking News: बागलुङमा एकैपटक २३५ जनामा काेराेना संक्रमण पुष्टि, एकजनाकाे मृत्यु
बागलुङ, २९ बैशाख २०७८ ।
बागलुङमा एकैपटक २३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिभिन्न प्रया्रगशालामा गरिएकाे परिक्षणमा बागलुङका २ सय ३५ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा १ सय २२ जना महिला र १ सय १३ जना पुरूष रहेका छन् । यस्तै पछिल्लाे समय काेराेनाका कारण बागलुङमा थप एकजनाकाे मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
९३०५ जनामा काेराेना संक्रमण पुष्टिः सक्रिय संक्रमित एक लाख नाघे, १६८ जनाकाे ज्यानगयाे
काठमाडाैँ, २९ बैशाख २०७८ ।
नेपालमा थप ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लाे २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । देशभरीका विभिन्न प्रयाेगशालामा २० हजार ३ सय ६२ नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा ९ हजार २ सय ३८ र ४ सय २४ नमुनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जना गरी कुल ९ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमितकाे कुल संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघेकाे छ । नेपालमा सक्रिय संक्रमित संख्या एक लाख नाघेकाे याे पहिलाे पटक हाे । हाल एक लाख १ हजार ६ सय ३४ जनामा काेराेना संक्रमण सक्रिय रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै पछिल्लाे २४ घण्टामा ४ हजार ४ सय ४४ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेकाे छ । संक्रमण बढ्दै गएकाले निकाेहुने दर ७४.९ प्रतिशतमा झरेकाे छ । हाल एक हजार २ सय ४१ संक्रमित सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २ सय ८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
पछिल्लाे २४ घण्टामा थप १ सय ६८ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगे नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ४ हजार २ सय ५२ पुगेकाे छ ।
काठमाडाैँ उपत्यकामा मात्रै झण्डै ४ हजारमा संक्रमणः
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९ सय २४ संक्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनामा संक्रमण पुष्टि भएकाे छ ।
काेराेनाका शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
सुर्खेत, २९ बैशाख २०७८ ।
काेराेना भाइरस कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।
पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नसाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ ।
कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।”
स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।