बर्दगोरिया १ मा जग्गाको निस्सा वितरण शुरु, लालपूर्जा बिहीनलाई मालिक बन्ने प्रक्रिया शुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा आइतबारदेखि जग्गाको निस्सा वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम यहाँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका छ्न । सो क्रममा उनले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आएको भएपनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण प्रदान गरिएको बताए । कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती विकको पनि उपस्थिति रहेको थियो ।
यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने – ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष गौतमले बताए ।
वडा अध्यक्ष गौतमले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताए। उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर निस्सा दिइएको बताए ।
‘तपाईहरुको पूर्जा छैन । त्यो नहुँदा पसल सञ्चालन गर्नसमेत नातागोताको सहारा लिनु परेको छ । बैंकले ऋणसमेत दिदैंन’, उनले भने – अब तपाईहरुको आत्मसम्मानको समय सुरु हुँदैछ । उनकाअनुसार जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुनेछ ।
वडा नम्बर १ मा आइतबारदेखि शुरु भएको निस्सा वितरणको कार्य माघ २ गतेसम्म चल्नेछ । निस्सा लिन जादा नागरिकता अनिवार्य गरिएको छ । निस्सा वितरणको काम सहज होस भन्नका लागि टोलअनुसार वितरणको कार्य थालिएको छ ।
पालिका अध्यक्ष कर्ण कुवरद्वारा बर्दगोरिया ३ मा रिङ्गरोडको शिलान्यास [फोटो फिचरसहित]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानिकुण्डा रिङ्गरोड बन्ने भएको हो ।
रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य भिम बहादुर विस्वकर्मा, वडा सदस्य बसन्ती साउद, रामबहादुर चौधरी लगाएतको उपस्थिति रहेको थियो ।
रिङ्गरोड निर्माणको लागि स्वार कन्ट्रक्सनले ठेक्का सम्झौता पाएको छ । रिङ्गरोडको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छ्न । सो क्रममा उनले गाउँको विकासका लागि सडक अति आवश्यक भएको बताए ।
बर्दगोरिया ४ मा समाज सुधारमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित [तस्बिरमा ]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिलाई सम्मान गरेका छ्न ।
शुक्रबार एक कार्यक्रमकाबिच वडा अध्यक्ष शाहीले वडाको सामाजिक ,सास्कृतिक तथा समाज सुधारको क्षेत्रमा सक्रियताका साथ योगदान पुर्याएको भन्दै आफुले गाउँपालिकावाट प्राप्त गरेको तलब ,भत्ताबाट वडाका भल्मन्सा, महिला स्वास्थ्य स्वयंसेविका ,शिक्षक, उत्कृष्ट विद्यार्थी र किशोरीलाई सम्मान गरेका हुन ।
शाहीले शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै श्री कालिका माविका प्रधानाध्यापक उदय सिंह बीसी, जगन्नाथ प्रावि का शिक्षक हरिराम डगौरा थारु,बुद्द चिल्ड्रेनका शिक्षक बुधराम चौधरी र मावि कोटातुल्सीपुरका शिक्षक भिमदत्त बिनाडीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
यसैगरी स्वास्थ्य सेवाका माध्यमबाट योगदान पुर्याउने स्वास्थ्य इकाई निमुवाबोझीकी स्वयंसेविका जुनिता चौधरी, सीता थारु, दर्शना बोहोरा, लालपरी चौधरी,सीता चौधरी र निरन्जना भुललाई कदरपत्र र रिचार्ड खर्चबापत प्रतिव्यक्ति नगद पाँचसय प्रदान गरि सम्मान गरियो ।
यसैगरी वडा नम्बर ४ मा बालविवाह न्यूनीकरणका लागि योगदान पुर्याउने किशोरी समुहबाट विन्दु परियार ,बसन्ती चौधरी ,सुर्ती डगौरा थारु,जानकी साउद,पुजा साउद,मनिशा चौधरी ,टीका भुल,सिर्जना विक, एलिशा कुवर, रामपति कुश्मी थारुलगाएत १४ जनालाई कदरपत्र, पेन र डायरी प्रदान गरि सम्मान गरे ।
कार्यक्रममा भल्मन्सा (थारु मुखिया) का क्षेत्रमा सक्रियताका समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै भल्मन्सा दयाराम डगौरा थारु, रामबहादुर चौधरी ,छिमानन्द चौधरी, चौकिदार हर्किसे बिक ,पुर्णा डगौरा र मान बहादुर चौधरीलाई प्रमाणपत्रसहित नगद ५-५ सयले सम्मान गरिएको जनाइएको छ । यस्तैगरि पालिकामै पहिलोपटक अध्यक्ष शाहीले संचालन गरेको अक्षर सुधार तालिममा प्रथम ,दोस्रो हुने कालिका माविका दुई, जगन्नाथ प्राविका २ र मावि कोटातुल्सीपुरका दुई गरी ६ जना विद्यार्थी पनि सम्मानित भएका छ्न ।
कार्यक्रममा वडा नम्बर ४ बाटै गरिब बिपन्न परिवारकी चम्फा भुललाई ५० किलो चामल, ३ किलो दाल, १ पोका तेल र १ पोका नुन पनि वडा अध्यक्ष शाहीले आफुले प्राप्त गरेको तलब सुविधाबाट सहयोग गरेका थिए ।
मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो ।
कार्यक्रममा चालू आर्थिक वर्षमा वडाभित्र संचालित र निर्माणाधीन योजनाको बारेमा जानकारी गराइनुका साथै विनियोजित वार्षिक कार्यक्रम र योजनाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,भल्मन्सा, समाजसेवी, बुद्धिजीवी ,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागिता रहेको थियोे ।
स्थानीय जनताले आफ्नो वडमा भएका र हुने गरेका विकास निर्माणका योजना र तिनको गतिविधि ,आर्थिक लागत, गुणस्तरीयता तथा वडा कार्यालयबाट प्रदान हुने सेवासुबिधा स्पष्ट रूपमा जानकारी गरून् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।
बर्दगोरिया । पछिल्लो समय अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि सशस्त्र प्रहरीले कैलालीको बर्दगोरिया गाउँपालिकामा दाउरा वितरण गर्न शुरु गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सडकपुरले बिहिवार बर्दगोरियाको बौनिया बजार स्थित मुख्य चोकमा दाउरा वितरण गरेको हो । अत्याधिक चिसोले जनजीवन प्रभावित बन्न थालेपछि विवद न्यूनीकरण र यसबाट हुनसक्ने सम्भावित जोखिम रोक्नका लागि सशस्त्र प्रहरीले दाउरा वितरण गरेको हो ।
शीतलहरका कारण चिसो बढेको छ । चिसोले स्कुले बालबालिका, जेष्ठ नागरिक र गरिव तथा विपन्न परिवार बढी प्रभावित भएका छन् । यसैगरी बजारमा किनमेल सहितको काम विशेषले आउने नागरिकको सहायताको लागि दाउरा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षा संगै विपद व्यवस्थापन तथा उद्दार कार्यमा अग्रपंक्तिमा देखिने सशस्त्र प्रहरीको यो कार्यले चिसोको कहरमा ठूलो राहत पुग्ने स्थानीयले बताएका छ्न ।
कैलाली । मौसम पुर्वानुमक्न महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
आगामी तीन दिनको मौसम पुर्वानुमान
२०७९ पुस २१ गते (बिहीबार)
दिउँसोː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ पुस २२ गते (शुक्रबार)
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
२०७९ पुस २३ गते (शनिबार)
दिउँसोː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदुर पश्चम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
बर्दगोरिया र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण समझदारी, के – कुरामा भयो सहमति ?
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी भएको छ ।
बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहितको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको हो । टोलिमा इन्जिनियर टङ्कराज ओझा ,सव इन्जिनियर शुनिल जोशी, असिस्टेन्ट अभिशेष रिमाल ,अमिन पदम भण्डारी ,रोजगार संयोजक भुमी प्रसाद शर्मा, इप्रका बौनिया प्रमुख महेश विक्रम शाही तथा स्थानीय बुद्धिजीवी ,समाजसेवी लगाएयतको सहभागिता थियो ।
पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सृजना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुको संयुक्तअनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी भएको हो । जसअनुसार अबदेखि दुबै पालिकाले आईइ र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।
सहमतिअनुसार अब बर्दगोरिया संग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैशीमार हाल्ने खोलाको मात्रै आईइ भएको क्षेत्र अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाय मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको बर्दगोरिया ३ र मोहन्याल १ अन्तर्गत पर्ने खण्डीखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।
सीमा क्षेत्र निर्धारणका लागि भने आईइ भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष कमल साउदले बताए ।
धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
दलको नेतामा आकाङ्क्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।
काँग्रेस संसदीय दलको नेतामा बहादुर सिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकाङ्क्षा राखेका थिए ।
बर्दगोरियामा पाँच गाउँजाने बाटो बन्द गरेर प्रदेश सरकारले कल्भर्ट बनायो,जनता भन्छन स्थानीय सरकार खोइ ?
बौनिया । कैलालीको बर्दगोरियामा सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा बन्न लागेको पक्की कल्भर्टका कारण पाँच गाउँ जोड्ने सडकनै बन्द भएको छ ।
पालिका वडा नम्बर ५ र ६ जोड्ने घैला नालामा पक्की पुल (कल्भर्ट) बन्दै गर्दा वडा नम्बर ५ का बैदिपुर, छराई ,कुमारी बाग, रानीवन टोल र ६ नम्बर वडाको जगतपुर जाने सडक बन्द अबस्थामा पुगेको हो ।
सडकपुर बौनिया बजारदेखि भजनी सडकखण्डमा पर्ने उक्त घैला नालामा मल्टी स्पान बक्स कल्भर्ड (पुल) निर्माणका लागि २०७७/५/११ गते दैलेखको सुर्य वयान एन.एस.जेभी संग ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार अहिले घैला नालामा पक्की पुल (कल्भर्ट ) निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत, पुर्वाधार विकास कार्यालय ,कैलालीको १ करोड ३७ लाख २० हजार लगानीमा उक्त पुल निर्माणको कार्य अन्तिम चरणमा पुग्दा बर्दगोरियाका माथि उल्लेखित गाउँ आवातजावत गर्न र सामान ओसारपसार गर्नेलाई निकै समस्या भएको स्थानीय बताउछ्न ।
निर्माणाधीन पुलको फिनिसिनिको काम सुरु हुँदा छराई, बैदिपुरलगाएतका गाउँ जोड्ने सडकको प्रवेश गर्ने मार्गनै बन्द भएपछि सवारीसाधन गुड्न र सामान ओसारपसारको काम पुर्ण रूपमा बन्द भएको स्थानीय बताउछन् ।
निर्माण कम्पनीले प्राबिधिक स्टमेटअनुसारनै काम गरेको दावी गरिरहेका बेला सिङ्गो गाउँहरु जोड्ने सडक नै अबरुद्ध भएको स्थानीयको भनाइछ । गलत प्राविधिक स्टमेटमा पुल बनाइएका कारण बाटो नै बन्द भएको उनीहरूको भनाई छ । स्थानीय भन्छन् – बिकासका लागि एकातिर पुल बनाउदै गर्दा अर्कोतिरको सडकनै अबरुद्ध गराइनु दु:खद हो । यसको निकास तत्काल खोजिनुपर्छ ।
यता स्थानीय सरकारले समेत यसको बेलाबेलामा अनुगमन नगर्दा अहिले बाटो नै बन्द हुने अबस्था आएको स्थानीयको गुनासो छ ।
श्री पथरिया सामुदायिक वनको १५ औं वार्षिक साधारणसभा तथा सार्बजनिक सुनुवाई सम्पन्न
लम्की । कैलालीको लम्कीचुहा ८ मा रहेको श्री पथरिया सामुदायिक बन उपभोक्ता समुहको १५ औं वार्षिक साधारणसभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सामुदायिक बनका अध्यक्ष भद्र विष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १० अध्यक्ष हर्क कठरिया रहनु भएको थियो ।
सामुदायिक वनका सदस्य चेतराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष बल बहादुर बिस्ट , त्रिबेणि बहुउद्देश्यीय सहकारीका अध्यक्ष जनक बिस्ट ,वडा सदस्य सेतु बि क, समाजसेवी खडक गौतम लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती कठरियाले सामुदायिक वनको बिकास र संरक्षणमा जुट्न सम्पुर्ण उपभोक्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आर्थिक बर्ष २०७८/०८९ को आय व्यय संस्थाका लेखा समिती सदस्य देबेन्द्र सोडारिले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत बर्षको २ लाख ५७ ह्जार ८ सय ८३ रुपैयाँ आम्दानी र यसबर्ष ३ लाख ५० हजार , ५ सय ९९ रुपैयाँ घाटा रहेको प्रगति विवरण सार्बजनिक गरिएको थियो ।
आम्दानी यस बर्ष २ लाख ,६३ ह्जार ५ सय ५५ रुपैयाँ थियो भने खर्च ६ लाख १४ ह्जार,१ सय ५५ रुपैया रहेको छ ।