बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरिको टोलिद्वारा पालिका स्तरीय कक्षा ८ को परिक्षाको निरिक्षण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित पालिका स्तरीय (कक्षा ८ को ) परिक्षाको निरिक्षण गरिएको छ ।
गत शुक्रबारदेखि सुरुभएको कक्षा ८ को पालिका स्तरीय परिक्षाको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ,वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमसहितको टोलीले बिहीबार अनुगमन तथा निरिक्षण गरेको हो ।
बिहिवार अनिवार्य पेशा प्रविधि विषयको परिक्षा भएको छ । टोलीले बसन्तमुरारी नमूना मावि बौनिया, नवलपुर बालबाटीका र जगदम्बिके भगवती माद्यामिक विद्यालयमा संचाललित परीक्षाको अनुगमन तथा निरीक्षण गरेको हो ।
सो क्रममा परिक्षा मर्यादित र शान्तपूर्बक सञ्चालन भएको निरीक्षणका क्रममा पाईएको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले बताए । स्थानीय तहहरुको गठन पश्चात कक्षा ८ को परिक्षा स्थानीय तहले नै सञ्चालन गरेपछि त्यसलाई मर्यादित र व्यवस्थित बनाउन अनुगमन तथा निरिक्षण गरिएको पालिका उपाध्यक्ष गिरिले बताए ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरिद्वारा वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन (फोटोफिचर)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न ।
उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह, निर्माणाधीन पक्की पुल, वडा नम्बर ३ को रिङ्गरोड र ऐलानी जग्गाको नाप नक्सानकको बारेमा स्थलगत अनुगमन गरेका छ्न ।
स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जनाएका छ्न । उनले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताए ।
विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिए । यसैगरी उनले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै यसमा कुनै कमिकमजोरी हुन नदिने समेत बताए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा लोकेन्द्र बहादुर शाही
बर्दगोरिया । कैलालीको बर्दगोरियामा मंगलबार सम्पन भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
मंगलबार बर्दगोरिया गाउपालिकामा भएको दोस्रो अधिबेशनले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको बिद्यान बमोजिम अध्यक्ष, उपाध्यक्ष , सहित ५ जना सदस्य नेपाली काङ्ग्रेसको भाग परेपछी के आई सिंह गाउपालिका डोटिका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेस बाट जितेका खप्तड छान्ना गाउपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन । निर्प खडका, भगवती चौधरी, बिस्णु देवि नाथ, जगत सिंह ठगुन्ना र मन्जु महरा सदस्यमा निर्वाचित भएका छन ।
सचिव र सह सचिव भाग परेको नेकपा एमालेबाट जितेका गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिवमा निर्वाचित भएका छन । तुर्माखाद गाउपालिका अछामका अध्यक्ष डम्बर बहादुर बि सि सह सचिबमा निर्वाचित भएका हुन । सुदुरपशिम प्रदेशमा दोस्रो भएको नेकपा एमालेले सचिव, सह सचिव र अन्य दुई जना डोल्मा तामाङ र माधवी जोशी सदस्यमा निर्वाचित भएका हुन ।
यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन ।
माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरुमा बसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन ।
यसै गरि नागरिक उन्मुक्ति बाट जोशिपुर गाउपालिका उपाध्यक्ष रेखा देवि कठरिया सदस्यमा निर्वाचित भएकि हुन ।
निर्वाचित भएका पदाधिकारीहरुलाई गाउपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष दुर्गा दत्त ओझाले शपथ ग्रहण गराएका थिए ।
काठमाडौं । देशका केही भागमा आज वर्षा हुने सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा बिहानैबाट हल्का वर्षा भइरहेको छ ।
आज बिहान कोसी र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।
स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह
बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनताको विकास र समृद्धिका लागि तिनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार कैलालीको बर्दगोरियामा भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको हक अधिकार स्थापित गर्दै विकास र समृद्धिका लागि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारबीच आपसी सहकार्य हुनु अपरिहार्य भएको बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका कार्यसमिति अध्यक्ष दुर्गादत्त ओझाको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले स्थानीय सरकारलाई कम्जोर पार्नेगरी प्रदेश सरकारले कुनैपनि कामकारबाही र गतिविधि नगर्ने भन्दै संविधानले दिएको अधिकार् ,आफुले प्राप्त गरेको अधिकार बमोजिम स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा जेजस्तो भएपनि आफू मुख्यमन्त्री भएदेखि स्थानीय तह, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन आफू प्रतिबद्ध भएको बताउनुभयो । स्थानीय सरकारले संविधानले दिएको हक अधिकार बमोजिम काम गर्नुपर्छ ,उहाँले भन्नुभयो जनताको विकास र समृद्धिका लागि स्थानीय सरकारलाई अधिकार बिहिन बनाउन प्रदेश सरकारले कुनैपनि गतिविधि गर्दैन ।
मुख्यमन्त्री शाहले भन्नुभयो – जनताले देख्ने र मुल्यांकन गर्नेगरि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकार संगसंगै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएको हुँदा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट संचालित सबै योजनाको अनुगमन ,मुल्यांकन गरि गुणस्तरीयता अनुकुलका कामकारबाही गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
स्ववियु निर्वाचन ; घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रेम सहकारी विजयी
बसन्तमुरारी माविको २०औं बार्षिकोत्स,मुख्यमन्त्री शाहद्वारा सम्बोधन र उच्च प्रसङ्सा
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बसन्त मुरारी नमुना माद्यामिक विद्यालयको २० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवर र पुर्ब एआईजि कमल सिंह बम रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न ।मुख्यमन्त्री शाहले बसन्त मुरारी देशकै नमुना माध्यमिक विद्यालयमा पर्न सफल भएको कुरामा बधाई दिदै आगामी दिनमा बिधालयको शैक्षिक र भौतिक सुधारका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए । उनले समग्र हिसाबमा प्रदेश र यहाँका जनताको विकास ,शुसासन ,समृद्धि र उन्नतिका लागि अहोरात्र काम गर्ने बताए ।
मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
यसै गरि समारोहलाई सम्बोधन गर्दै बिशिस्ट अतिथी पालिका अध्यक्ष कर्ण कुँवरले शैक्षिक क्षेत्रको सुधारका लागि आफू लागि रहेको बताउनु भयो । साथै बिधालयको भौतिक र शैक्षिक सुधारमा पालिका बाट हुने सहयोगमा कुनै कसर बाकी नराख्ने बताए ।
समारोहमा बिधालयका प्रधानाध्यापक भुमी प्रकाश बमले आर्थिक बर्ष २०७७/०७८ को ३ करोड ८० लाख, ८० ह्जार , ८ सय ६० रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समिती सदस्य जगत साउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा ए आई जि कमल सिंह बम, बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम,जनमोर्चा नेपालकी अध्यक्ष रुपा आलेमगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बार्षिकोत्सव समारोहमा बिधालयमा संचालन भएको अतिरिक्त क्रियाकलापमा प्रथम,द्दितिय र तृतीय स्थान हासिल गर्ने छात्रा छात्र हरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । साथै बिधालय मा उत्कृष्ट नतिजा ल्याउने प्रथम द्दितिय बिद्यार्थीलाई नगदले सम्मान गरिएको थियो ।
साथै विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बिधालयमा लामो समय अध्यापन गराएका शिक्षक महेश्वर बिनाडी, कुशल अभिभावक भुपेन्द्र मल्ल , पुर्ब विद्यार्थी हाल लम्की चुहा नगरपालिका कृषि अधिकृत बिक्रम चौधरी , पुर्ब बिद्यार्थी तथा पत्रकार लोकेन्द्र सिंह ठकुरी, पुर्ब विद्यार्थी तथा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि सम्मानित भएका हुन ।
बिधालयका सहायक प्र.अ.राकेश हमाल र शिक्षक प्रभु नाथ जैशिले संचालन गरेको कार्यक्रममा बिद्यार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
बर्दगोरियामा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण : सहिद परिवारलाई गरियो सम्मान
बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन ।
यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि जनताको पार्टी बनाउने भन्ने विषयमा प्रशिक्षण गराएकी थिइन ।
यस्तै कार्यक्रममा प्रदेश सदस्य गणेश राज गिरी ( लाल्दिप), प्रदेश सदस्य रामकृष्ण डगौरा थारु (रन्जित), लगाएतका नेताहरुले सहभागी पार्टीका कार्यकर्तालाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा सहिद सप्ताह कार्यक्रम अन्तर्गत आफ्नो जिवनको बलिदान गरि देश निर्माण कार्यमा सहयोग पुर्याएकोमा उच्च सम्मान व्यक्त गर्दै सहिद परिवारका सदस्य हरुलाई टिका लगाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रदेश कमिटी सदस्य मनऋषि आचार्यको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन पार्टीका बर्दगोरिया गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष भेखु चौधरीले गरेका थिए ।
बर्दगोरियामा संचालित उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न [तस्बिरमा हेर्नुहोस ]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको १० दिने उद्घोषण तथा नेतृत्व बिकास तालिम शनिबार सम्पन्न भएको छ ।
फागुन ११ गते देखि संचालन भएको उद्घोषण तथा नेतृत्व बिकास तालिममा पत्रकार् युवराज न्यौपानेले प्रशिक्षण गरेका थिए । कार्यक्रममा गा. पा भित्रका ३० जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले आफुले १० दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले भने हामिले तपाईलाई दिएको प्रमाणपत्र पत्रको कदरका लागि पनि तपाईले आफुले सिकेका कुरालाई व्यवहारमा उतार्न आवस्यक छ ।
समाजमा हुने राम्रा नराम्रा कामको समेत निगरानी गरि जनप्रतिनिधि लाई सल्लाह सुझाव दिन आग्रह गरे । साथै उपाध्यक्ष गिरिले कार्यक्रममा सिकेका कुरालाई दैनिक रुपमा प्रयास गरे अवस्य सफल हुने बताए ।
बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क को सभापतित्त्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो ।
बर्दगोरियामा संचालित आर.एन.सि.ट्रेनिङ सेन्टर बन्द गर्न नेकपाको माग [विज्ञप्तिसहित]
बर्दगोरिया । नेपाल कम्युनिष्ट पार्टीले कैलालीको बर्दगारियामा रहेको आर. एन. सि. ट्रेडिङ्ग प्रा.लि. नामक संस्था बन्द गर्न माग गरेको छ । सरकारद्वारा प्रतिबन्धित पिरामिड शैलिको नेटवर्किङ्ग ब्यवसाय गरि सर्वसाधारणहरुलाई झुक्याईरहेको भन्दै मंगलवार पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग रहेको हो ।
संस्थाले बेरोजगार युवा युवतीहरुलाई ट्रेडिङ्गको नाममा आर्थिक शोषण गर्नुका साथै प्रतिबन्धित कार्यमा संलग्न गराएको भन्दै हाम्रो पार्टीमा जनगुनासो आएको थियो । सो विषयमा पार्टीले जानकारी लिन जाँदा संस्थाले आफ्नो काम, कर्तब्य र अधिकारको दायरामा रहेर कार्यसम्पादन नगरेको पाईएको छ विज्ञप्तिमा भनिएको छ ।
विगत देखिनै नेटवर्किङ्ग व्यवसायले कैयौं मानिसहरुको उठिबास बनाईएको हुँदा उक्त ट्रेडिङ्ग सेन्टरलाई कानुनी दायरामा ल्याई यथाशिघ्र जनता लुट्ने ब्यवसायलाई बन्द गर्न सम्बन्धित निकायलाई माग गरिएको छ । यसका साथै सयौंको संख्यामा बेरोजगार युवाहरुलाई संलग्न गराई उनिहरुको भविष्य माथि खेलाड गर्ने कार्य तत्काल नरोकिए जनताको न्यायका लागि जस्तो सुकै मुल्य चुकाउन समेत पछि नहट्ने जारी विज्ञप्तिमा भनिएको छ ।