काठमाडौं । एकल महिलाबाट जन्म भएका बच्चाको जन्म दर्ता आमाकै थर र स्थायी ठेगानाबाट हुने भएको छ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले आइतबार सूचना जारी गरी एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न सकिने जनाएको हो ।
विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितद्वारा जारी आठ बुँदे परिपत्रमा विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ ।
काठमाडौं । देशका केही भागमा आज वर्षा हुने भएको छ । तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
विभागले जनाएअनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
बुबाको ठेगाना पत्तो नभइ अविवाहित महिलाले जन्मदिएको बच्चाले जन्मदर्ता आमाकै आधारमा पाउने
काठमाडौं । गृहमन्त्रालयले एकल महिलाबाट जन्मिएको बच्चाको बुबाको पहिचान नभए आमाकै थर–ठेगानाबाट जन्मदर्ता बनाउन निर्देशन दिएको छ ।
निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।’
विवाह अघि बच्चा जन्माएको एकल महिलाले विवाह गरि श्रीमानसँगै बसेको तर पहिलेको बच्चा मामलीमै बसिरहेको र उनको पितृको ठेगाना नभए आमाको नाम ठेगानाकै आधारमा जन्दर्ता गर्न सरकारको निर्देशन छ ।
निर्देशनको बुँदा नम्बर २ मा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने।’
तर, बुँदा (१) र (२) अनुसार बच्चाको जन्म दर्ता भईसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिनुपर्ने निर्देशनमा जनाइएको छ ।
त्यस्तै बुँदा नम्बर १ र २ बाहेक अन्य अवस्थामा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार जन्मदर्ता गर्नुपर्नेछ ।
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।
देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू–भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना,
काठमाडौं । केही प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल देशमा स्थानीय वायुका र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको अध्यक्षमा बिकत लाल चौधरी बिजयी, अन्यमा को – को ?
कोइली भुरुवा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवामा रहेको कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको अध्यक्षमा बिकत लाल चौधरी निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका चयनक लागि शनिबार सम्पन्न भएको निर्वाचनमा चुनाव चिन्ह पँखाका उम्मेदवार बिकत लाल चौधरीले बल्ब समर्थन उम्मेदवार रबर सिह कठरियालाइ १५ मतको अन्तरले पछाडि पार्दै चाैधरी बिजयी बनेका हुन ।
अध्यक्षमा विजयि चौधरीले १ सय ५४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी कठरियाले १ सय ३९ मत प्राप्त गरेका थिए ।
यसैगरी समितिको उपाध्यक्षमा सिङ्ग बहादुर चौधरीले १ सय ५२ मत, सचीव मा हरिराम डगौराले १ सय ४७ मत , कोषाध्यक्षमा सुनारमति १ सय ४६ मत प्राप्तगरि बिययी भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा लायक राम थारु ,अतवारी कठरिया ,सुमन चौधरी ,कमला वडायक बिजयी भएका छन ।बिकत लाल चौधरी र सिङ्ग बहादुर चौधरी बाहेक सबै ब्लबका उम्मेदवार बिजयी भएक छन् ।
सस्थामा ३६७ मतदाता रहेका थिए भने जम्मा ३१५जनाले मतदान गरेका निर्वाचन अधिकृत सुरेन्द्र प्रकाश जैशीले जानकारी दिए ।
बर्दगोरिया ६ मा एकदिने निशुल्क बाली उपचार शिविर सम्पन्न, १ सय ८० किसानले सेवा लिए
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एकदिने निशुल्क बाली उपचार शिविर सम्पन्न भएको भएको छ । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बुधबार निशुल्क शिविर सम्पन्न भएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा कृषि विकास शाखा प्रमुख झङ्कर बहादुर रावत रहनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु अमर सिंह दहित, नेहा चौधरी लगाएत अथिती रहनुभएको थियो ।
अन्नबाली तथा तरकारी बालीमा भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्ने उदेश्यले संचालन गरिएको शिविरमा कृषि प्रा.स. राममिलन चौधरी ,कृषि स्नातक प्राविधिक पवनजी पन्त र ना.प्रा.स.आशिका कठरियाको टोली सहभागी थियो । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणबाट हुने क्षती न्यूनीकरण पालिकाको कृषि शाखाले पालिकाभित्रका सबै वडामा बालीमा उपचार शिविर सञ्चालन गरिरहेको छ । वडा नम्बर ६ मा संचालन गरिएको शिविरमा १८० किसानले सेवा लिएका छ्न । यसैगरि किसानले उत्पादन गरेको अन्नबाली तथा फलफुल र तरकारीमा देखिएको रोगको पहिचान गरि निशुल्क औसधि समेत प्रदान गरिएको छ ।
कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको कृषि शाखा प्रमुख झङ्कर रावतले बताउनुभयो । उहाँकाअनुसार कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । यसैगरी अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता – कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताउनुभयो ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सहकारी संस्थाहरुका लागि दिने तालिम शुरु भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको तालिमको आइतबार गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ले उद्घाटन गर्नुभएको छ ।
तालिममा सहकारी संस्थाको व्यवस्थापन ,पुजि परिचालन ,बचत तथा ऋण लगानी के कसरी गर्न सकिन्छ ? र गरिबी न्यूनीकरणमा – के कसरी फाइदा पुर्याउन सकिन्छ ? भन्ने बारेमा सहकारी संस्थाका प्रतिनिधिलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा बर्दगोरिया गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न ४२ ओटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले सहकारी संस्थाको माध्यमबाट समाजलाई आर्थिक रूपमा सबल बनाउनका लागि महत्वपूर्ण भुमिका रहने भएको हुँदा यसको व्यवस्थापन ,पुजि परिचालन र संचालनमा विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुको संचालनकोबाट आर्थिक समृद्धिलाई गतिशील बनाउने भएकाले गरिबी घटाउन र समाजमै स्वरोजगारको बाताबरण सृजना गर्ने सफल माध्यम भएको हुँदा दिगो व्यवस्थापनमा जोड दिनुभयो ।
सो क्रममा उहाँले सहकारीको माध्यमबाट बचत तथा ऋण परिचालन, व्यावसायिक खेती, बजार व्यवस्था जस्ता विकास क्रियाकलापबाट आय आर्जन र रोजगारी सिर्जनागर्न सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी शाखा प्रमुख झपी ओझाले स्वागत मन्तव्य राख्नु भएको थियो । तालिमका सहभागिलाई प्रशिक्षक कृष्ण प्रसाद न्यौपाने प्रशिक्षण दिनेछ्न ।
बर्दगोरिया गाउँपालिका अध्यक्षद्वारा विकासे योजनाको अनुगमन ,वडा नम्बर ३ मा बर्थिङ सेन्टर छिटो संचालनमा ल्याउने प्रतिबद्धता
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न ।
उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले आइतबार वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न ।
स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह,खानेपानी, रिङरोड, गौशाला तथा भूमि नापी नक्शाको अनुगमन गरेका छ्न ।
स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जनाएका छ्न । उनले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताए । यसैगरी उनले प्रसुती सेन्टरलाई छिटो संचालनमा ल्याउने प्रतिबद्धता जनाए ।
बर्दगोरिया ६ मा रहेको जनजागरण युवा क्लवद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो विमोचन
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री जनजागरण युवा क्लबले नयाँ बर्ष २०८० सालको सु- अवसरमा भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार पृथ्वीपुर सामुदायिक भवनमा श्री जनजागरण युवा क्लबका अध्यक्ष कृष्ण डगौराको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिकाको उपध्यक्ष गणेशराज गिरी रहेका थिए । यस्तै कार्यक्रमको विशिस्ट अथितिका बर्दगोरिया गाउँ पालिकाका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए ।
सो अवसरमा बोल्ने वक्ताहरुले श्री जनजागरण युवा क्लबले गरेका समसामयिक हरेक कार्यहरू सराहनिय रहेको भन्दै संस्थाको प्रसंशा गरेका थिए । कार्यक्रममा श्री जनजागरण युवा क्लबलेनयाँ बर्ष २०८० सालको सु- अवसरमा प्रकाशित गरेको भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन गर्दै कार्यक्रमका प्रमुख अथिती गिरीले सामाजिक रुपान्तरणमा श्री जनजागरण युवा क्लबले गर्दै आएको कामहरू अग्रस्थानमा भएको भन्दै अझै यसलाई थप प्रभावकारी तथा सशक्त बनायर लैजान सुझाव दिए ।
यस्तै कार्यक्रमको विशिस्ट अथितिमा बर्दगोरिया गाउँ पालिका ६ नम्बर वडाका अध्यक्ष राम कृष्ण डगौरा अथितिमा बर्दगोरिया गाउँपालिका ६न वडा सदस्य अमर सिह दहित ,नेहा चौधरी , धनसरा बिक, पृथ्वीपुर गाउँसामाजका भल्मान्सा लहानु डगौरा, पृथ्वीपुर गाउँसामाज का सल्लाहकार मोतीराम डगौरा, काेटातुल्सिपुर ग्रामिण विद्युत सस्थाका अध्यक्ष प्यारेलाल डगौरा रहेका थिए ।
कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी फत्तेराम डगौरा, काेटातुल्सिपुर ग्रामिण विद्युतकाअध्यक्ष प्यारेलाल डगौरा, श्री लक्ष्मी आधारभुत विद्यलयका अध्यक्ष बिरेन्द्र कठरिया , भल्मन्सा लहानु डगौरा ,काेटातुल्सिपुर हुलाक सञ्चार कार्मी (बहिदार) बाल बहादुर चौधरी ,बर्दगोरिया गाउँपालिका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु, ६ न वडाका सदस्य अमर दहित, नेहा चौधरी, धनशारा सुनार लगाएतले शुभकामना राखेका थिए ।
श्री जनजागरण युवा क्लबका कार्यकारी अध्यक्ष कृष्ण डगौराले स्वागत मन्तव्य राखेका थिए भने पृथ्वीपुर गाउँ समाजका बदघर (भल्मन्सा)आस्थापाठ बाचन गरेका थिए । कार्यक्रम संचालन श्री जनजागरण युवा क्लबका सचिव सागर चौधरीले गरेका थिए ।