काठमाडौँ । चालक अनुमति पत्रको परीक्षाका लागि बसौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ ।
चालक अनुमति पत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ ।
अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन् । विभागले भने अनुमति पत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ । अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क–कसको लिइने भनी प्रकाशित गरिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यालयले यति सिट खाली भनेर देखाएपछि खालीमध्येको यो म बुकिङ गर्छु भनेर अनलाइनबाटै गर्न सक्नेछन् ।” यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैँले खाली भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताउनुभयो । उहाँका अनुसार बस वा हवाईजहाजमा अनलाइन टिकट लिन जसरी नै कति सिट छ हेरेर खालीमा जान सकिन्छ त्यसैगरी आफ्नो परीक्षाको दिन बुकिङ गर्न पाइनेछ ।
सेवाग्राहीले एउटा कोडिङ नम्बर पाउने र त्यसका आधारमा कार्यालयले बोलाउने उहाँले बताउनुभयो । फारम अनलाइनबाट भरे पनि सबै कुरा अनलाइनबाट नहुने हुँदा सेवाग्राही मेडिकल जाँच, नागरिकता पुष्टि गर्न कार्यालय जानुपर्छ । उहाँले भन्नुभयो, “यी सबै गरेर उपयुक्त दिनमा परीक्षा दिन जान सक्छन् ।”
नयाँ प्रणालीमा पहिले अनलाइन राजस्व बुझाएपछि मात्रै फारम भर्ने व्यवस्था मिलाइएको छ । विगतमा फारम भरेर पास भएपछि मात्रै राजस्व तिर्ने व्यवस्था थियो । पहिले पैसा पर्दैन भनेर पनि धेरै सेवाग्राहीले भर्ने तर परीक्षामा सहभागी नभएको पाइएको छ । त्यसको नियन्त्रणका लागि पनि सुरुमा राजस्व तिर्ने व्यवस्था गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालयहरूले फारम भरेका धेरै सेवाग्राहीको परीक्षा लिन बाँकी भएकाले गत महिनाबाटै अनलाइन फारम स्थगित गरिएको छ । विगतमा फारम भरेका सबै सेवाग्राहीको जेठ १५ गतेसम्ममा परीक्षा लिइसकेर त्यसपछि मात्रै नयाँ खुलाइने तयारी विभागको छ ।
विगतमा फारम भरेको एक वर्षभन्दा बढी समयसम्म परीक्षाको पालो नआउने गरेकामा त्यो हटाएर केही दिनमा नै पालो आउने व्यवस्था मिलाइने विभागले बताउँदै आएको छ ।
विगतमा फारम भरेकामध्ये कतिपय सेवाग्राही अझै सम्पर्कमा आएका छैनन् । काठमाडौँ उपत्यका बाहिरका कार्यालयले फारम भरेका सबैको परीक्षा लिइसकिएको बताएका छन् भने उपत्यकामा अझै पनि धेरै सेवाग्राही सम्पर्कमा आइसकेका छैनन् । उहाँले भन्नुभयो, “उपत्यकाका कार्यालयमा सेवाग्राहीको चाप भएकाले छापिएको पनि वितरण बाँकी छ ।”
सफ्टवेयर अहिले एउटा प्रणालीबाट अर्कोमा जाँदा सबै विवरण पनि त्यसमा लैजानुपर्ने भएकाले नयाँ र पुरानो प्रणालीमा एकीकरण गर्न लागिएको उहाँले बताउनुभयो ।
पहिले भारतीय कम्पनीको प्रणाली रहेकामा अहिले नेपालले नै सञ्चालन गर्न ‘ट्रान्सफर’ को काम अहिले भइरहेको छ । नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमति पत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो ।
एसियाली विकास बैङ्कको सूचना र सञ्चार प्रविधि (आइसिटी)परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण(प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरू यातायात कार्यालय ठूलो भर्याङ, जगाती र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो ।
उपत्यकामा मात्रै ‘स्मार्ट’ चालक अनुमति पत्र सुरु भइरहँदा नै उपकरण र कार्ड व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले समयमै अनुमति पत्र पाएका थिएनन् भने उपत्यका बाहिर विस्तार भएपछि यो समस्या अझै बढेको थियो ।
आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघण्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण बिस्तारै छाप्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
उपकरणकै कारण ढिलाइ भएकाले विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण (मास प्रिन्टर) खरिद गरेको थियो । मदरास सेक्युरिटि प्रिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघण्टा ४५० कार्ड छाप्ने छ ।
देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भएपछि झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि सरकारले बन्दाबन्दीले गर्दा यातायातका कर्मचारीले छपाइ सकेका थिए । त्यतिबेलासम्म विभागसँग छाप्न बाँकी ९खाली० कार्ड झन्डै दुई लाख मात्र रहेकामा विसं २०७६ फागुनमा थप १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको थियो ।
अनुमति पत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समेत समय समयमा समस्या आएको पाइन्छ । लामो समय रोकिएर एकै पटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । त्यसो त गत वर्षमा कोभिडका कारण त यो वर्ष पहिले भरेकाको परीक्षा लिइसक्ने भन्दै अनलाइन फारम नियमित छैन । सेवा नियमित नहुँदा फारम भर्न चाहनेको सङ्ख्या बढ्दै छ । संविधानअनुसार तीन तहका सरकारको अधिकार क्षेत्र तोकिँदा यातायात क्षेत्र तीनै तहको साझा अधिकार क्षेत्रमा परेको छ ।
एक स्थानीय तहभित्र चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा चल्नेको प्रदेश र अन्तर प्रदेश चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ ।
प्रदेश कार्यालयले अनुमति पत्रको परीक्षा सञ्चालन, नवीकरण र वितरण गर्दै आएको छ । सङ्घीय सरकारको जिम्मेवारीमा अनुमति पत्र छपाइ र सफ्टवेयर छ । फरक सरकारबीच समन्वय नहुँदा समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । रासस
मोहन्याल १ लाई पालिकाकै नमूना बनाउने नवनिर्वाचित अध्यक्ष बुढाको प्रतिबद्धता
बौनिया । नेपाली काङ्ग्रेस मोहन्याल गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष पिरम बहादुर बुढाले वडालाई पालिकाकै नमूना बनाउने प्रतिबद्धता जनाएका छ्न । आइतबार निर्वाचित पछिको विजयी सभालाई सम्बोधन गर्दै उनले वडाको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए ।
बुढाले भने वडाबासीको अमुल्य मतदान बाट म बिजयी भएको हु, यहाँका जमताको अपार माया र साथ ममाथि छ । त्यसैले जनताको अमुल्य भोटको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउछु । उनले भने म लामो समयदेखि सामाजिक क्षेत्रमा सेवा गर्दै आएको हुदा, यहाँका जनताको सबै दुख पीडा र अभाव झेलेको देख्दै आएको छु । ती सवै जनताका साझा समस्या क्रमिक रूपमा समाधान गर्ने मेरो प्रतिबद्धता छ । उनले भने वडाबासीको भोट्लाई म त्यसै खेर जानदिने छैन, यो मेरो प्रण हो ।
नवनिर्वाचित वडा अध्यक्ष बुढाले भने यहाँका नागरिक लामोसमय देखि पिछडिएका छ्न । यहाँको शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सिचाइ ,पर्यटन पर्वदन तथा जनताको आर्थिक स्तर माथी उकास्ने गरि काम गर्नेछु । बुढाले भने म सिङ्गो वडाबासीको अध्यक्ष भएको हुँदा सबैलाई समेट्ने गरि ,जनताको सेवामा समर्पित हुने बताए ।
नवनिर्वाचित वडा अध्यक्ष बुढासहित वडा सदस्यलाई स्थानीयले फुलमाला र अविर सहित भव्य स्वागत गरेका थिए ।
कोहलपुर नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका तर्फबाट आचार्य र उपप्रमुखमा सुवेदी विजयी कोहलपुरमा नेकपा एमालेको गढ भत्कियो
कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार पूर्ण प्रसाद आचार्य अत्याधिक बहुमतले विजयी भएका छन्।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामा खसेको सबै मत गणना गर्दा आचार्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिलप्रसाद भुसाललाई १९२९ मतान्तरले हराउँदै विजयी भएका हुन्। उनले १४ हजार एकसय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १२ हजार दुईसय ५ मत प्राप्त गरे।
त्यस्तै, नगर उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार संगीता सुवेदी विजयी भएकी छन्। उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अस्मिता चौधरीलाई ५५६ मतान्तरले हराउँदै नगर उपप्रमुखमा विजयी भएकी हुन्। उनले १४०७३ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चौधरीले १३५१७ मत प्राप्त गरिन्।
कोहलपुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका आचार्य र उपप्रमुखमा विजयी भएकी सुवेदीलाई नेकपा एमालेको तर्फबाट कोहलपुर नगर प्रमुखका प्रत्यासी भुसालले बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन्।
भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ ! प्रतिस्पर्धा बाट श्रेष्ठता हासिल गर्नु वैधता मानिन्छ । बहुमतको सरकार अल्पमतको प्रतिपक्ष हुने हाम्रो संसदिय मान्यता छ । रचनात्मक सहयोग र कोहलपुरको सर्वाङ्गीण विकास अनि समाजिक रुपान्तरमा हुने सबै राम्रा अनि जनपक्षिय काममा हाम्रो सहयोग रहने र सहमति अनि सहकार्यको अपेक्षा सहित नव निर्वाचित कोहलपुर नगर प्रमुख पृय भाई पूर्ण आचार्य र उप प्रमुख संगिता सुवेदी लगाएतलाई बधाई एवं सफल कार्यकाल को शुभकामना !!”
मतगणना अपडेट: कोहलपुर-९ को वडाध्यक्षमा माओवादीका योगी विजयी, सदस्यहरू काँग्रेसको पोल्टामा
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओपेन्द्र नाथ योगी विजयी भएका छन् भने बाँकी सदस्यहरूमा नेपाली काँग्रेसले जित हासिल गरेको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-९ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा योगीले ६७४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका ठाकुर प्रसाद थारूले ५६६ मत प्राप्त गरे। विजयी महिला सदस्यमा नेपाली काँग्रेसकी सुनिता कुमारी राना विष्टले ६६९, दलित महिला सदस्यमा कानि चमारनीले ६०२, खुल्ला सदस्यमा बलिराम अहिरले ६३० र ललन अलि साईले ५९५ मत ल्याए।
वडा नं. ९ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ७५०, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ५४० र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ४२६ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ५१९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ३११ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ६३९ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १२,९१३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ९५५८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले ११,४३० मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १३,०१२, नेकपा एमालेकी अस्मिता चौधरीले १२,६०४ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४९४४ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ९ को मतगणना सकिएसँगै अन्तिममा वडा नं. ८ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
मतगणना अपडेट: कोहलपुर-७ को वडाध्यक्षमा एमालेका ठग्गा थारू विजयी
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार ठग्गा थारू विजयी भएका छन्।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-७ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा थारूले ४५६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका पतिराम चौधरीले ४४९ मत प्राप्त गरे।
वडा नं. ७ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ४८९, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई १६८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ४२७ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ४९९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १०४ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ४३० मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १२,१६३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ९०१८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले ११,००४ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १२,३७३, नेकपा एमालेकी अस्मिता चौधरीले १२,०८५ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४६३३ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ७ को मतगणना सकिएसँगै वडा नं. ९ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
मतगणना अपडेट: कोहलपुर-१० मा नेपाली काँग्रेस प्यानल सहित विजयी
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसले प्यानल सहित जित हात पारेको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१० मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार गोरा कुमारी अधिकारीले १४८५ मत ल्याएर प्यानल सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका हेमकुमार रावतले १०८२ मत प्राप्त गरे। रावत अघिल्लो कार्यकालका कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतका छोरा हुन्।
वडा नं. १० बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई १३९९, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ५१७ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ९८० मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ११२८ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १९२ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १३८६ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ११,६७४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८८५० र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले १०,५७७ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ११,९४३, नेकपा एमालेकी अस्मिता चौधरीले ११,५८६ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४५२९ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. १० को मतगणना सकिएसँगै वडा नं. ७ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
मतगणना अपडेट: कोहलपुर-६ मा नेपाली काँग्रेस प्यानल सहित विजयी
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस प्यानल सहित विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-६ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्रीकृष्ण थारूले ८२३ मत ल्याएर प्यानल सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका परदेशी थारूले ५६१ मत प्राप्त गरे।
वडा नं. ६ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ८६४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ४०४, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई ५०९ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ७०९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १५१ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ७९७ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १०,२७५, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८३३३ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ९५९७ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १०,५५८, नेकपा एमालेकी अस्मिता चौधरीले १०,४५८ र एकिकृत समाजवादीकी नारायणी वलीले ४३४० मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ६ को मतगणना सकिएसँगै वडा नं. १० को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-११ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार कल्पना शर्माले १४२३ मत ल्याएर प्यानल सहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका मनप्रसाद आचार्यले १२७५ मत प्राप्त गरे।
वडा नं. ११ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई १२२८, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई १४१६, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई १३१६ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले १३३३ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १२६७ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ को मतगणना गर्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ९४११, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ७९२९ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ९०८८ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ९७६१, नेकपा एमालेकी अस्मिता चौधरीले ९७४९ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ११ को मतगणना सकिएसँगै वडा नं. ६ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
मतगणना अपडेट: कोहलपुर-५ को वडाध्यक्ष र तीन सदस्यमा एमाले, एक सदस्यमा काँग्रेस विजयी
काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ५ को वडाध्यक्ष र तीनवटा सदस्यमा नेकपा एमाले विजयी भएको छ भने एक सदस्य काँग्रेसले लिएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-४ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र श्रेष्ठले ८६४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रमुख प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थारूले ७४३ मत प्राप्त गरे। नेकपा एमालेको तर्फबाट विजयी भएका महिला सदस्यमा किस्णकुमारी बुढाले ८१८, दलित महिला सदस्यमा दिपा कुमारी विकेले ८३८, पहिलो खुल्ला सदस्यमा जनादार थारूले ६९० मत प्राप्त गरे भने नेपाली काँग्रेसको तर्फबाट विजयी भएका दोस्रो खुल्ला सदस्य उम्मेदवार सीता कार्कीले ८२० मत प्राप्त गरेकी छन्।
वडा नं. ५ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ८०४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ७३३, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई ८१३ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ८९८, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ३०८ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ८५१ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ८१८३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ६५१३ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ७७७२ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ८४९४, नेकपा एमालेकी अस्मिता चौधरीले ८४१६ र गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी नारायणी वलीले ३२८० मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ५ को मतगणना सकिएसँगै वडा नं. ११ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
बर्दगोरियालाई शुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउने उपाध्यक्ष गिरिको प्रतिबद्धता
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ले पालिकालाई शुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएक छ्न ।
शुक्रबार पालिका उपाध्यक्षको पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले पालिकालाई शुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता सहित आफू जनताको सेवक बन्न आएको बताए । यसका लागि निर्बाचित जनप्रतिनिधीको काँधमा ठुलो जिम्मेवारीए आएको छ, उनले भने सबैको साथ र सहयोग भएमा पालिकाकालाई नमूना बनाउन सकिन्छ ।
उपाध्यक्ष गिरिले भने हामी जनताको अमुल्य मतबाट निर्वाचित हुँदै गर्दा हामीले’ जनताका आबश्यकतालाई मध्य नजर गर्दै अगाडि बढ्नुपर्छ । उनल!भने यस पालिकालाई कसरी समृद्द पार्न सकिन्छ यसका निमित्त सबै सरोकारवाला निकायका माझमा प्लानिङ गरेर अगाडि बढ्नुपर्छ । उनले पालिकालाई शुसाशन युक्त ,कृषिको व्यवसायीकता ,पर्यटन तथा पुर्वाधार सबैलाई समेटी बताए ।